प्रधानमन्त्रीलाई चितवनबासीको सम्मान

प्रधानमन्त्रीलाई चितवनबासीको सम्मान

भदौ २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज चितवनवासीले सम्मान गरेका छन् ।
चितवन स्थायी घर भएका तथा चितवनमै हुर्के पढेका व्यक्ति देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्री भएकोमा गर्व लागेको भन्दै आज विहान सर्वपक्षीय टोलीले प्रधानमन्त्रीलाई सम्मान प्रकट गरेको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसद, संघ संस्थाका प्रतिनिधिसहितको टोलीले प्रधानमन्त्रीलाई सम्मानपत्रका साथै चितवनको विकास निर्माणवारे ज्ञापनपत्र समेत बुझाएको थियो ।
प्रधानमन्त्रीले यसपटक आफूले चितवनको विकास निर्माण र जनताका काममा बढी ध्यान दिने सोचेको भन्दै चितवनका लागि पार्टी र सरकारवाट गर्न सकिने काम गरिने वताउनु भयो ।