काठमाडौं, भदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०७२ सालको भुकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताउनुभएको छ ।
बारपाकका भुकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्छ, भुकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन मेरो तर्फबाट पुरै सहयोग र साथ रहनेछ ।’
जिल्लाका सांसदसहित आएको टोलीले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिंदै ज्ञापनपत्र समेत पेश गरेको थियो ।