‘आदिबासी जनजाति दिवस सरकारले आयोजना गर्नेछ’–प्रधानमन्त्री

‘आदिबासी जनजाति दिवस सरकारले आयोजना गर्नेछ’–प्रधानमन्त्री

श्रावण २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षदेखि विश्व आदिबासी जनजाति दिवस कार्यक्रम नेपाल सरकारले नै आयोजना गर्ने बताउनुभएको छ ।
२२ औं विश्व आदिबासी जनजाति दिवसको सन्दर्भमा नेपाल आदिबासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त क्रा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालले संयुक्त राष्ट्र संघमा हस्ताक्षर गरिसकेको छ, यो कार्यक्रम सरकारले नै आयोजना गर्नुपथ्र्यो । अर्को वर्षदेखि यो कार्यक्रम महासंघसँग समन्वय गरी सरकारले आयोजना गर्नेछ ।’
कार्यक्रममा प्रधानमन्त्रीले संविधानलाई संशोधनमार्फत् अधिकतम् स्वीकार्य बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानमा सम्पूर्ण उत्पीडित जाति, जनजातिहरुको अपनत्व महशुस गरी कार्यान्वयन गर्नेछौं । त्यसका लागि सरकारले राष्ट्रिय सहमति कायम गर्ने प्रयत्न गरिरहेको छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका आदिबासी जनजाति नेताहरुले सम्बोधन गर्नुभएको थियो ।