चैत २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताउनु भएको छ ।
आज दिउसो बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले तोकिएकै मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरीहार्य भएको बताउनु भयो । उहाँले चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।
प्रधानमन्त्रीले चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताउनु भयो ।
प्रधानमन्त्रीले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सिघ्र निर्माण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइने वताउनु भयो ।