⇒ १.ऐतिहासिक पृष्ठभूमि २.नेपाल सरकार (मन्त्रिपरिषद्) को स्वरूप तथा कार्यप्रणाली ३.कार्यक्षेत्र ४.सङ्गठन संरचना र कार्यविवरण
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१. ऐतिहासिक पृष्ठभूमि (Historical Background)
नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापालाई मानिदै आएको छ । भीमसेन थापा वि. सं. १८६३ मा प्रधानमन्त्री भएकोले यस कार्यालयको स्थापना र सञ्चालन वि. सं. १८६३ देखि नै भएको हो। स्थापनाकालदेखि नै यो कार्यालय मुलुकी प्रशासनको सर्वोच्च निकाय (Apex Body) को रूपमा रहँदै आएको छ । यो कार्यालय एकातिर देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको कार्यालय भएकोले प्रधानमन्त्रीलाई सचिवालयको सेवा प्रदान गर्दै आएको छ भने अर्कातिर मुलुकको उच्च प्रशासनिक पदाधिकारी मुख्यसचिवज्यूको कार्यालय पनि भएकोले मन्त्रिपरिषद्को कार्यसम्पादनमा प्रशासनिक एवम् प्राविधिक सहयोग पुर्याउँदै आएको छ । राजनीतिक र प्रशासनिक दुबै दृष्टिकोणले उच्च निर्णय लिने, निर्देशन दिने र समन्वय एवम् नियन्त्रण गर्ने कार्यालय भएको हुँदा यो मुलुकी प्रशासनको केन्द्रविन्दुको रुपमा रहेको छ । सबै मन्त्रालयहऱूको कार्यको रेखदेख, नियन्त्रण, निरीक्षण, परीक्षण, समन्वय, अनुगमन तथा मूल्यांकनसम्बन्धी कार्यहरू यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने भएकोले पनि यसको सक्रियता र प्रभावकारिताले अन्य मन्त्रालयहरुको कार्यसम्पादन स्तरलाई प्रभावकारी बनाउन सघाउ पुग्दछ ।
प्रशासनिक क्षेत्रको सर्वोच्च निकायको रुपमा यस कार्यालयले सबै मन्त्रालयहरूका कामकारबाहीमा समन्वय कायम गर्ने, नीति निर्माण गर्ने र तिनको अनुगमन तथा मूल्यांकन गर्ने जस्ता अत्यन्त महत्वपूर्ण कार्यभारका साथ क्रियाशील रही नेपालको प्रशासनिक इतिहासमा गरिमामय र उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । बदलिंदो समय र परिवेशअनुरुप आफूलाई परिमार्जन र समाहित गर्दै मुलुकमा सुशासन कायम गरी राष्ट्रको समग्र आर्थिक एवम् सामाजिक विकासको गतिलाई तीव्रता दिन यस कार्यालयले नेतृत्वदायी र अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
कुनै पनि संगठनलाई जीवन्तता प्रदान गर्न तथा यसको सान्दर्भिकता र प्रभावकारिता अभिवृद्धि गर्न यसको संरचना, जनशक्ति र कार्यपद्धतिमा क्रमिक रूपले सुधार गर्दै जानु अपरिहार्य मानिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि यसबाट अलग रहन सक्तैन । यसै अनुरुप समय समयमा संगठन संरचना र कार्यपद्धतिमा सुधार गरिदैं आएको छ । सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तारसँगै यसको संरचना र कार्यपद्धतिमा परिमार्जन गर्न नसकिएमा यसको कार्यसम्पादन प्रभावकारी हुन नसक्ने र क्रमिकरूपले यसको विश्वसनीयता घट्न सक्ने तथ्यलाई आत्मसात गर्दै यस कार्यालयको समग्र प्रणालीलाई समय समयमा पुनरावलोकन गरिँदै आएको छ ।
दुईसय वर्षभन्दा लामो इतिहास बोकेको यो कार्यालय विभाजित हुने र एकीकरण हुने प्रक्रिया निरन्तर चलिरह्यो । यसै क्रममा वि.सं. २०२३ साल बैशाख २ गतेदेखि यो कार्यालय मन्त्रिपरिषद् सचिवालयको रूपमा स्थापित भयो र पुनः २०५० साल असोज १ गतेदेखि प्रधानमन्त्री कार्यालयको रूपमा स्थापना भई २०५४ साल पुस २८ गतेदेखि मन्त्रालयस्तरको संगठनको रूपमा सञ्चालनमा आएपछि नेपाल सरकारको संगठन संरचनाअन्तर्गत प्रधानमन्त्रीको कार्यालय र मन्त्रिपरिषद् सचिवालय गरी दुई छुट्टाछुट्टै निकायहरू अस्तित्वमा रहे । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निजी सचिवालयको रूपमा कार्यसम्पादन गर्दथ्यो भने मन्त्रिपरिषद् सचिवालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने, मन्त्रिपरिषद्द्बारा भएका निर्णय तथा निर्देशनहरू सम्बन्धित मन्त्रालयमा कार्यान्वयनका लागि पठाउने तथा मन्त्रिपरिषद् र मन्त्रालयहरूबीच समन्वय गर्ने जस्ता कार्यहरू गर्दथ्यो । प्रधानमन्त्रीले नेतृत्त्व गर्दै आएका यी दुई कार्यालयहरुको काम एक आपसमा ज्यादै अन्तरसम्बन्धित भएको, एउटै प्रकृतिको काम पनि कहिले प्रधानमन्त्रीको कार्यालयबाट र कहिले मन्त्रिपरिषद् सचिवालयबाट हुँदा काममा दोहोरोपना देखिएको, दुई कार्यालय छुट्टाछुट्टै रूपमा रहँदा स्वभावतः प्रशासनिक खर्च पनि अनावश्यक रूपमा बढ्दैगएकाले २०६० साल असोज २ मा साबिकको प्रधानमन्त्रीको कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई एकआपसमा गाभेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रूपमा एउटै संगठन बनाइयो ।
ऐतिहासिक जनआन्दोलन २०६२ र २०६३ को सफलतापछि मुलुकमा लोकतन्त्र स्थापना भएपश्चात मुलुकको राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा अग्रगामी सुधार गर्ने क्रममा स्थायी सरकारको रूपमा चिनिने निजामती प्रशासनलाई मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा बढी योगदान दिनसक्ने गरी सुधार र सुदृढीकरण गर्नु आवश्यक ठानियो। परिवर्तन र विकासको मुख्य संवाहकको रूपमा रहेको प्रशासनिक संयन्त्रलाई बढी दक्ष, गतिशील उत्तरदायी एवम् प्रभावकारी बनाउन सकेमा मात्र मुलुकमा परिवर्तनलाई संस्थागत गर्न सकिने यथार्थलाई आत्मसात गर्दै नेपाल सरकारको केन्द्रीय सचिवालयको रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिका, उत्तरदायित्व र दैनिक प्रशासकीय जिम्मेवारीमा पनि थप दक्षता र प्रभावकारिताको आवश्यकता महसुस गरी २०६३ माघ १ गतेदेखि पुनःसंरचना गरी Desk Model अन्तर्गत सञ्चालन गरियो । मुलुकी शासन सञ्चालनमा सर्वोच्च कार्यकारिणीको भूमिका निर्वाह गर्ने यस कार्यालयको Desk Model अनुसारको संगठन संरचना अप़ेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेकोले यस संगठनलाई अझ बढी कार्यकुशल, सक्षम र प्रभावकारी तुल्याउन जरुरी ठानी यस कार्यालयको विद्यमान संगठन संरचना, कार्यविवरण र दरबन्दीलगायतका विषयमा अध्ययन गरी यस कार्यालयको कार्य प्रकृति र कार्यबोझ अनुरूपको उपयुक्त संगठनात्मक संरचनाका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४/१२/१४ को निर्णयानुसार यस कार्यालयको पछिल्लोपटक पुनःसंरचना गरिएको छ ।
२. नेपाल सरकार (मन्त्रिपरिषद्) को स्वरूप तथा कार्यप्रणाली (Cabinet System of Nepal)
प्रधानमन्त्री स्वयं नै मन्त्रिपरिषद्को प्रमुख हुने र मन्त्रिपरिषद्लाई नेतृत्व प्रदान गर्ने भएकाले प्रचलित मन्त्रिपरिषद् प्रणाली बारेमा जानकारी हुनु आवश्यक छ । नेपालले पनि बेलायतमा प्रचलित West Minister Model को Cabinet system लाई अबलम्वन गर्दै आएको छ । नेपालको संविधानको भाग ७ धारा ७५ (१) मा “नेपालको कार्यकारिणी अधिकार यो संविधान र अन्य कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित हुनेछ” भन्ने उल्लेख छ । यसैगरी सोही धाराको उपधारा (२) मा “यो संविधान र अन्य कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषद् उपर हुनेछ” भन्ने उल्लेख छ । संविधानको धारा ७६ बमोजिम गठित मन्त्रिपरिषद्ले उल्लिखित कार्यहरू गर्दै आएको छ । नेपाल सरकारका नाममा हुने सबै महत्वपूर्ण निर्णयहरू मन्त्रिपरिषद्बाटै हुने गर्दछन् ।
नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ मा उल्लेख भएका कुनै पनि विषयमा कुनै मन्त्रालय/आयोग/केन्द्रीयस्तरको निकायले निर्णय लिनुपर्दा मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने नीतिगत व्यवस्था अवलम्बन गरिएको छ । यसरी पेश भएका नीतिगत विषयहरुमध्ये नयाँ ऐन तर्जुमा वा विद्यमान ऐनमा संशोधन गर्ने जस्ता विषयहरु मन्त्रिपरिषद्बाट निर्णय भएपछि विधेयकको रुपमा व्यवस्थापिका समक्ष पेश गर्ने गरिन्छ भने अन्य प्रशासनिक निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय/आयोगमा पठाइन्छ ।
मन्त्रिपरिषद्मा पेश भएका मुख्यतया नीतिगत प्रस्तावहरूको आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिकोणले विस्तृत रुपमा छलफल एवम् विश्लेषण गरी आवश्यकताअनुसार परिमार्जन समेत गर्नुपर्ने हुन्छ।यस्ता कार्यहरु गर्नका लागि मन्त्रिपरिषद्मा विषयगत समितिहरू गठन गरिएका हुन्छन् ।
साधारणतया मन्त्रिपरिषद् समितिहरु स्थायी (Standing) र तदर्थ (Ad hoc) गरी दुई किसिमबाट गठन हुने गरेको पाइन्छ । नेपालमा तदर्थ (Ad hoc) किसिमको अर्थात् नवगठित मन्त्रिपरिषद्को आवश्यकता अनुसार मन्त्रिपरिषद् समितिहरु गठन हुने गरेको पाइन्छ । सामूहिक उत्तरदायित्व नै Cabinet System को महत्त्वपूर्ण विशेषता भएकोले यस्ता समितिहरु सम्बन्धित मन्त्रालयहरुलाई समेट्ने गरी बनाइएका छन् ।
वर्तमान नेपाल सरकार (मन्त्रिपरिषद्) का कामकारबाहीलाई सुव्यवस्थित र प्रभावकारी बनाउन देहायअनुसारका ५ वटा मन्त्रिपरिषद् समितिहरूको व्यवस्था भएको छ । १) मन्त्रिपरिषद् राजनीतिक समिति २) मन्त्रिपरिषद् प्रशासन समिति ३) मन्त्रिपरिषद् सामाजिक समिति ४) मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समिति ५) मन्त्रिपरिषद् विधेयक समिति यी समितिहरूको अध्यक्षता मन्त्रीबाट हुने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू यी समितिहरूको सचिव रहने व्यवस्था छ । |
नेपाल सरकार (मन्त्रिपरिषद्) को कार्यक्षेत्रलाई विभिन्न मन्त्रालयहरूबीच बाँडफाँड गर्न र सरकारका कामकारबाहीलाई व्यवस्थित बनाई कार्यसम्पादनमा विशिष्टता हासिल गर्ने उद्देश्यले नेपाल सरकार (कार्यविभाजन) नियमावलीको व्यवस्था गरिएको छ । नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ को व्यवस्था अनुसार यस कार्यालयबाट सम्पादन हुने कार्यहरू देहायवमोजिम तोकिएका छन्:
- मन्त्रिपरिषद् सम्बन्धी;
- नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन;
- नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन;
- नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन;
- नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय;
- नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
- प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत;
- सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी;
- मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय;
- शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र प्रशासनिक सुधार;
- द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन;
- सङ्घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य;
- प्रधानमन्त्रीको सम्पर्क र सञ्चार;
- प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
- मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समन्वय र प्रतिवेदन;
- भ्रष्टाचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन;
- राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी;
- संवैधानिक परिषद्;
- सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य;
- प्रदेश प्रमुखसम्बन्धी;
- परराष्ट्र तथा सुरक्षा मामिला;
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग;
- लोक सेवा आयोग;
- राष्ट्रिय मानव अधिकार आयोग;
- महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय;
- राष्ट्रिय योजना आयोग;
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण;
- लगानी बोर्ड;
- राष्ट्रिय सतर्कता केन्द्र;
- सार्वजनिक खरिद अनुगमन कार्यालय;
- नेपाल ट्रष्टको कार्यालय;
- गरिबी निवारण कोष;
- राष्ट्रिय अनुसन्धान विभाग;
- सम्पत्ति शुद्धीकरण विभाग;
- राजस्व अनुसन्धान विभाग;
- विषय विज्ञ समूह;
- राष्ट्रिय तथा अन्तर प्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन;
- प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड;
- गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड;
- भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनर्निर्माणसम्बन्धी निकायहरू र सोसम्बन्धी नीति, कानून र मापदण्ड;
- विपद् व्यवस्थापनसम्बन्धी समन्वय;
- प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्चालन;
- अदालतको फैसला कार्यान्वयन तथा अनुगमन;
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन;
- नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन;
- प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू;
- अवशिष्ट अधिकारको प्रयोग ।
कार्यविभाजन नियमावलीमा उल्लेख भए बमोजिमका कार्यहरू सम्पादन गर्न यस कार्यालयको पछिल्लो पुनःसंरचनाले देहायको सङ्गठन संरचनाको व्यवस्था गरेको छ ।
साङ्गठनिक संरचनालाई कुनै पनि संगठनको अस्थिपञ्जर मानिन्छ । संगठन आफैं पूर्ण वा जीवन्त हुन सक्दैन । यसलाई पूर्णता र जीवन्तता प्रदान गर्न सांगठनिक संरचनाले ठोस आधार र आकार प्रदान गर्दछ । यसैअनुरुप कार्यसम्पादन गर्न सबल र प्रभावकारी हुने तथा संगठनात्मक संरचना र कार्यप्रवाहबीच समन्वय कायम गर्न सक्षम रहने किसिमले यसको संगठनात्मक ढाँचा तय गरिएको छ। हालको संगठन संरचनामा ११ वटा महाशाखा र मुख्यसचिवज्यूको सचिवालयसहित २७ वटा शाखाहरु कायम गरिएको छ । यस कार्यालयको संगठनात्मक ढांचा अनुसूची –१ मा दिइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वर्तमान संगठन संरचनाअर्न्तगत महाशाखा र शाखाहरूको विवरण देहायवमोजिम रहेको छः
४.१. मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखा
क. मन्त्रिपरिषद् बैठक शाखा (केन्द्रीय)
ख. मन्त्रिपरिषद् समिति तथा संवैधानिक निकाय शाखा
ग. मन्त्रिपरिषद् निर्णय कार्यान्वयन अनुगमन शाखा
४.२. प्रशासन महाशाखा
क. प्रशासन शाखा
ख. आर्थिक प्रशासन शाखा
ग. प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास बालुवाटार)
४.३. सामाजिक विकास तथा रुपान्तरण महाशाखा
क. महिला, बालबालिका, जेष्ठ नागरिक, श्रम तथा सामाजिक सुरक्षा शाखा
ख. शिक्षा, स्वास्थ, युवा तथा खेलकुद शाखा
४.४. प्रादेशिक समन्वय तथा योजना महाशाखा
क. प्रादेशिक समन्वय शाखा
ख. योजना, अनुगमन तथा विपद् समन्वय शाखा
४.५. राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा
क. सूचना समन्वय शाखा
ख. सूचना सञ्चार तथा वैदेशिक समन्वय शाखा
४.६. शासकीय सुधार महाशाखा
क. सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा
ख. सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान शाखा
ग. हेलो सरकार शाखा
४.७. नतिजा व्यवस्थापन महाशाखा
क. तत्काल समस्या समाधान केन्द्र
ख. नतिजा विश्लेषण तथा व्यवस्थापन शाखा
ग. तथ्याङ्क शाखा
घ. सूचना प्रविधि शाखा
४.८. लगानी, उत्पादन तथा रोजगार प्रवर्द्धन महाशाखा
क. कृषि, वन तथा वातावरण शाखा
ख. अर्थ, उद्योग, वाणिज्य तथा पर्यटन शाखा
४.९. पूर्वाधार विकास महाशाखा
क. भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा शाखा
ख. खानेपानी, सहरी विकास तथा सञ्चार शाखा
४.१०. कानुन तथा फैसला कार्यान्वयन महाशाखा
क. कानुन शाखा
ख. फैसला कार्यान्वयन शाखा
४.११. मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा
क. मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा
ख. अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौता शाखा
यस कार्यालयको वर्तमान संगठन संरचनाअर्न्तगत महाशाखा र शाखाहरुको कार्यविवरण देहाय वमोजिम रहेको छः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विद्यमान संगठन संरचना अनुसारको महाशाखा/शाखाहरुको कार्यविवरण:
१. मन्त्रिपरिषद्, संवैधानिक निकाय तथा प्रशासन
१.१. प्रधानमन्त्रीको निजी सचिवालय
- प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने ।
- सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार गर्ने ।
- प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय गर्ने ।
- प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृष्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय गर्ने ।
- प्रधानमन्त्री समक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने।
- प्रधानमन्त्री समक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापनपत्र, फाइल लगायतका कागजातहरू पेस गर्ने र सोको अभिलेख राख्ने ।
- प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनको लागि सम्बन्धित महाशाखामार्फत मन्त्रालयहरूमा पठाउने ।
- प्रधानमन्त्रीको तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्न बैठकको समन्वय र सहजीकरण गर्ने ।
- नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।
- प्रधानमन्त्रीको निजी सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने।
- मुख्य सचिवको अध्यक्षतामा हुने सचिव बैठकलगायत अन्य बैठकको व्यवस्थापन, समन्वय र सहजीकरण गर्ने ।
- मुख्य सचिवसँग स्वदेशी एवं विदेशी निकायका पदाधिकारी तथा प्रतिनिधिहरूसँग भेटघाट र जनसम्पर्कको व्यवस्था मिलाउने तथा भेटघाटमा भएका विषयहरूको टिपोट र अभिलेख व्यवस्थापन गर्ने ।
- सचिवालयमा सञ्चार सम्पर्क र समन्वयको व्यवस्थापन गर्ने ।
- मुख्य सचिवको भ्रमण व्यवस्थापन, प्रतिवेदन तथा अभिलेखन र सोको कार्यान्वयनको लागि सम्बन्धित निकायमा पठाउने एवं अनुगमन गर्ने ।
- नेपाल सरकारका सचिव र सहसचिवहरूको अर्धवार्षिक र वार्षिक कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने।
- मुख्य सचिवसमक्ष प्राप्त हुन आएका निवेदन, गुनासा र ज्ञापनपत्र लगायतका पत्रहरू मुख्य सचिवको निर्देशानुसार सम्बन्धित सचिव, महाशाखा तथा निकायमा पठाउने।
- मुख्य सचिवलाई कार्य सम्पादनको सिलसिलामा आवश्यक पर्ने विभिन्न प्रकारका सूचना उपलब्ध गराउने ।
- नेपाल सरकारका सचिवहरूको स्वदेश र विदेश भ्रमणको अभिलेख राख्ने र सो कार्यमा सहजीकरण गर्ने ।
- सचिवहरूको हाजिरी र परिचयपत्र व्यवस्था मिलाउने।
- मुख्य सचिवबाट दिइने वक्तव्य, शुभकामना तथा सन्देशको मस्यौदा तयार गर्ने ।
- सचिवालयबाट सम्पादन हुने कार्यहरूको प्रगति प्रतिवेदन तयार गर्ने ।
- मुख्य सचिवको सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने ।
१.३. मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखा
- मन्त्रिपरिषद्मा पेस हुने प्रस्ताव तथा बैठकको कार्यसूची तयारी, बैठकको निर्णय लेखन, सोको अभिलेख तथा सञ्चार सम्बन्धी कार्य गर्ने ।
- मन्त्रिपरिषद् समितिमा पेस हुन आउने प्रस्ताव, बैठकको कार्यसूची र निर्णय तयारीसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद्बाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको अनुगमन र प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- संवैधानिक परिषद्को बैठक व्यवस्थापन, बैठकको निर्णय अभिलेख तथा सञ्चार, संसदीय सुनुवाई तथा नियुक्ति र अवकाशसम्बन्धी कार्य गर्ने ।
- संवैधानिक निकायहरूले पेस गर्ने प्रतिवेदन संकलन, अभिलेखन तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायमा नियुक्ति हुने सम्भाव्य उम्मेदवारको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- राजदूत र गैरआवासीय राजदूत नियुक्ति, सिफारिस र सहमतिसम्बन्धी कार्यमा सहयोग गर्ने ।
- मन्त्रिपरिषद् र प्रधानमन्त्रीबाट हुने राजनैतिक नियुक्तिसम्बन्धी कार्यमा सहयोग गर्ने।
- राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायसँग सम्बद्ध कार्य गर्ने।
- मन्त्रीको शपथग्रहण, राजीनामा, पदमुक्ति र कार्यभारसम्बन्धी कार्य गर्ने ।
- मन्त्रालयहरूको गठन, विघटन तथा संगठन संरचना हेरफेरसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्ने ।
- प्रमाणीकरण गरिएका सरकारी कागजात र अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- मन्त्रिपरिषद्, यसका समितिहरु र संवैधानिक परिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
१.३.१. मन्त्रिपरिषद् बैठक शाखा (केन्द्रीय)
- मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको दर्ता, बैठकको कार्यसूची तयारी, बैठकको निर्णय लेखन, सोको अभिलेखसम्बन्धी कार्य गर्ने ।
- नेपाल सरकार (कार्यसम्पादन) नियमावली बमोजिम प्रस्ताव तयार गर्न मन्त्रालयहरूलाई सहजीकरण गर्ने ।
- मन्त्रिपरिषद्को बैठक पश्चात् सदस्यहरूबाट फिर्ता हुने बैठकको एजेण्डा लगायतका कागजातको अभिलेख र धुल्याउनेसम्बन्धी कार्य गर्ने ।
- मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति र मन्त्रिपरिषद्का सदस्यहरूलाई जानकारी गराउने कार्यमा सहजीकरण गर्ने ।
- मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयका सचिवलाई पठाउने ।
- मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा अद्यावधिक गर्ने ।
- मन्त्रिपरिषद्को तर्फबाट जारी गर्नुपर्ने प्रेस सूचना, विज्ञप्ति, समाचार आदि प्रकाशन र सम्प्रेषणसम्बन्धी कार्य गर्ने ।
- राजदूत र गैरआवासीय राजदूत नियुक्ति, सिफारिस र सहमति तथा संसदीय सुनुवाईसम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
- मन्त्रीको शपथग्रहण, राजीनामा, पदमुक्ति र विभागीय मन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीलाई कार्यभार तोक्नेसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्ने ।
- प्रमाणीकरण गरिएका सरकारी कागजात र अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- मन्त्रिपरिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
१.३.२. मन्त्रिपरिषद् समिति तथा संवैधानिक निकाय शाखा
- राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
- मन्त्रिपरिषद् समितिमा पेस हुने प्रस्ताव तथा कार्यसूचीको तयारी, बैठकको निर्णय लेखन, निकासा र सोको अभिलेखसम्बन्धी कार्य गर्ने ।
- संवैधानिक परिषद्को बैठक व्यवस्थापन, बैठकको निर्णय अभिलेख तथा सञ्चार, संसदीय सुनुवाई तथा नियुक्ति र अवकाशसम्बन्धी कार्य गर्ने ।
- संवैधानिक निकायहरूले पेस गर्ने प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायमा नियुक्ति हुने सम्भाव्य उम्मेदवारको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायका पदाधिकारीहरूबाट प्राप्त सम्पत्ति विवरण अभिलेख व्यवस्थापनका लागि सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखामा पठाउने ।
- संवैधानिक निकायका पदाधिकारीहरूको राजीनामा र अवकाशसम्बन्धी कार्यमा समन्वय गर्ने ।
- संवैधानिक निकायहरूको प्रतिवेदन सङ्घीय संसद्मा पठाउनेसम्बन्धी कार्य गर्ने ।
- मन्त्रिपरिषद् समिति र संवैधानिक परिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
१.३.३. मन्त्रिपरिषद् निर्णय कार्यान्वयन अनुगमन शाखा
- मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनको कार्ययोजना तथा अनुगमनसम्बन्धी सूचक तयार गर्ने।
- मन्त्रिपरिषद्बाट भएका निर्णयहरूको कार्यान्वयन अवस्था र प्रगतिको अनुगमन गर्ने।
- मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको प्रगति प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- निर्णय कार्यान्वयनको क्रममा आइपरेका समस्याहरुको पहिचान, समाधानका उपायहरुको खोजी र सहजीकरण गर्ने ।
- मन्त्रिपरिषद्ले गरेका राजनैतिक नियुक्तिको अभिलेख तथा विवरण अद्यावधिकसम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्रीबाट नियुक्ति हुने विभिन्न पदहरूको लागि उपयुक्त उम्मेदवारको विवरण तयार गर्नेसम्बन्धी कार्य गर्ने ।
- मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
- कर्मचारी प्रशासन, आन्तरिक व्यवस्थापन, सूचना तथा सञ्चार, सरसफाइ तथा सुरक्षा सम्बन्धी कार्य गर्ने, गराउने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय, निजी सचिवालय र प्रधानमन्त्री निवास बालुवाटारमा रहेको सचिवालयको काममा सहजीकरण र समन्वय गर्ने ।
- कार्यालयको वार्षिक कार्यक्रम र बजेट कार्यान्वयनमा समन्वय, सहजीकरण र अनुगमन गर्ने ।
- कार्यालयको वित्तीय अनुशासन, दैनिक आर्थिक प्रशासन सञ्चालन र जिन्सी व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- कार्यालयको कार्यसञ्चालनको सिलसिलामा आवश्यक विभिन्न विज्ञ सेवाको आपूर्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीहरूको आन्तरिक भ्रमण स्वीकृत सम्बन्धी कार्य गर्ने ।
- सार्वजनिक खरिद, जिन्सी व्यवस्थापन तथा अनुगमनसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- कार्यालय र अन्तर्गतका निकायहरूको वार्षिक कार्यक्रम तथा बजेट अनुमान तयारीमा प्रादेशिक समन्वय तथा योजना महाशाखासँग समन्वय गर्ने ।
- कार्यालयको सामान्य प्रशासन सञ्चालनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
- कर्मचारी प्रशासन, आन्तरिक व्यवस्थापन, सूचना तथा सञ्चार, सरसफाइ तथा सुरक्षा सम्बन्धी कार्य गर्ने ।
- कार्यालयको कार्यसञ्चालनको सिलसिलामा आवश्यक विभिन्न विज्ञ सेवाको आपूर्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- कार्यालयको लागि आवश्यक पर्ने वस्तु तथा सेवाको खरिद योजनाको तयारी, सार्वजनिक खरिद, मौज्दातबाट खर्चगर्ने अनुमति, जिन्सी अभिलेख अद्यावधिक एवं निरिक्षण र सोको प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- पुराना सामग्रीहरुको मर्मत संभार तथा लिलामी र मिनाहासम्बन्धी कार्य गर्ने ।
- सरकारी कागज धुल्याउनेसम्बन्धी कार्य गर्ने ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रको सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।
- कार्यालयको संगठन संरचना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- कर्मचारीको नियुक्ति, सरुवा, काज, कार्यसम्पादन मूल्याङ्कन, हाजिरी, बिदा, बढुवा, पुरस्कार, विभागीय कारवाही, निवृत्तिभरण, अवकाश र उपदानसँग सम्बन्धित कार्यहरू गर्ने ।
- स्वदेशी तथा वैदेशिक तालिम, छात्रवृति र भ्रमण मनोनयन एवं सोको अभिलेखसम्बन्धी कार्य गर्ने।
- निजामती सेवा पुरस्कार लगायत अन्य पुरस्कार र पदकको सिफारिससम्बन्धी कार्य गर्ने।
- कार्यालयका विभिन्न पदाधिकारी र कर्मचारीहरूको कार्यविवरण र जिम्मेवारी तोक्नेसम्बन्धी कार्य गर्ने ।
- कर्मचारीहरुको हाजिरी तथा सोको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- विषयगत विज्ञहरूको व्यक्तिगत विवरण तयारी, माग र आवश्यकताका आधारमा विज्ञहरुको नियुक्ति तथा उनिहरुको पारिश्रमिक र सुविधाको मापदण्ड लगायत विज्ञ व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने ।
- विषय विज्ञबाट प्राप्त अध्ययन, अनुसन्धानसम्बन्धी प्रतिवेदन तथा अन्य दस्तावेजको अभिलेख राख्ने ।
- प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजना हुने विभिन्न समारोह तथा कार्यक्रमको व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- कार्यालयका लागि आवश्यक पुस्तक तथा पत्रपत्रिका खरिद तथा सोको अभिलेख लगायत पुस्तकालय व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने ।
- पदाधिकारीहरूलाई पुस्तक तथा पत्रपत्रिकाहरू उपलब्ध गराउने ।
- प्रधानमन्त्री निवास र प्रधानमन्त्रीको स्वकीय सचिवालय, बालुवाटारको भौतिक व्यवस्थापनमा सहजीकरण गर्ने ।
- कार्यालय तथा कार्यालय परिसरको मर्मत सम्भार, रङ्गरोगन, सरसफाइ, हरियाली प्रवर्द्धन, बगैंचा व्यवस्थापन तथा आन्तरिक सजावटसम्बन्धी कार्य गर्ने ।
- सिंहदरबारभित्रका पूर्वाधार निर्माण तथा सरसफार्इ व्यवस्थापनको अनुगमनसम्बन्धी कार्य गर्ने।
- टेलिफोन, धारा, विद्युत आपूर्ति र खानेपानीसम्बन्धी कार्य र अन्य आवश्यक वस्तु तथा सेवा खरिद व्यवस्थापन र भण्डारणसम्बन्धी कार्यहरू गर्ने ।
- सवारीसाधन व्यवस्था तथा मर्मत सम्भार र इन्धन व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने ।
- कार्यालयको सम्पत्तिको संरक्षण र मर्मत सम्भारसम्बन्धी कार्यहरू गर्ने ।
- आर्थिक कार्यविधि ऐन तथा नियमावलीअनुसार भौतिक सामग्रीको अभिलेख, जिन्सी निरीक्षण तथा लिलाम विक्रिसम्बन्धी कार्य गर्ने।
- कार्यालयको सुरक्षा, सवारी साधन पार्किङ्ग, कार्यालय लेआउट र चमेनागृह व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- कम्प्युटर, फोटोकपी मेसिन, फ्याक्सलगायतका मेसिनरी औजारको मर्मत सम्भारसम्बन्धी कार्य गर्ने ।
- विभिन्न निकायहरूबाट कार्यालयमा प्राप्त हुन आएका चिठीपत्रहरू स्वचालित प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित महाशाखा तथा शाखामा पठाउने ।
- अन्य शाखाको कार्य विवरणमा नपरेका प्रशासनिक कार्यहरू लगायत प्रशासन तथा आन्तरिक व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने।
- कार्यालयका कर्मचारीहरूको तलवभत्ता, सञ्चयकोष, नागरिक लगानी कोष, बिमालगायत अन्य कोषसम्बन्धी कार्य गर्ने ।
- प्रधानमन्त्री, सङ्घीय मन्त्रिपरिषद्का मन्त्री, सल्लाहकार सचिवालय र स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक र सेवा सुविधा भुक्तानीसम्बन्धी कार्य गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायहरूको वार्षिक कार्यक्रम तथा बजेट अनुमान तयारीमा योजना, अनुगमन तथा विपद् समन्वय शाखासँग समन्वय र सहजीकरण गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायको वार्षिक कार्यक्रम र बजेट कार्यान्वयनमा समन्वय, सहजीकरण र अनुगमन गर्ने ।
- कार्यालयको वित्तीय अनुशासन र दैनिक आर्थिक प्रशासन सञ्चालनसम्बन्धी कार्य गर्ने ।
- आर्थिक विषयमा राय परामर्श उपलब्ध गराउने।
- प्रधानमन्त्री राहत कोष, प्रधानमन्त्री सहायता कोष र राष्ट्रिय विपद् व्यवस्थापन कोषको सञ्चालन तथा लेखा व्यवस्थापन गर्ने ।
- कार्यालयको आम्दानी तथा खर्चको लेखा राख्ने र आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउनेसम्बन्धी कार्य गर्ने ।
- कार्यालयको नाममा रहेको बेरुजु फर्छ्यौट र सम्परीक्षणसम्बन्धी कार्य गर्ने ।
- आर्थिक कारोबारको मासिक, चौमासिक, आवधिक र वार्षिक प्रतिवेदन तयार गर्ने ।
- आर्थिक प्रशासन र लेखा व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
१.४.३. प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास बालुवाटार)
- प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका जनशक्तिको व्यवस्थापन गर्ने ।
- प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठक व्यवस्थापन गर्ने ।
- प्रधानमन्त्री निवास बालुवाटारको आन्तरिक सजावट, पानी, विद्युत, टेलिफोनलगायतका भौतिक सुविधाहरू र सरसफाइसम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने ।
- प्रधानमन्त्री निवास बालुवाटारको मर्मत सम्भार कार्यमा समन्वय र सहजीकरण गर्ने ।
- प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक सवारी साधन र इन्धनको व्यवस्थापन गर्ने ।
- प्रधानमन्त्री निवासको सुरक्षासम्बन्धी कार्यमा समन्वय गर्ने ।
- प्रधानमन्त्री निवासको आन्तरिक व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य गर्ने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा सचिवालय व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
२. सामाजिक विकास तथा प्रादेशिक समन्वय
२.१. सामाजिक विकास तथा रूपान्तरण महाशाखा
- सामाजिक विकास र रूपान्तरणसम्बन्धी नीति, कानुन, मापदण्डका विषयमा समन्वय, सहजीकरण र अनुगमन गर्ने ।
- सामाजिक विकास र रूपान्तरणसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरूको कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने।
- सामाजिक विकास र रूपान्तरणसम्बन्धी नीति तथा रणनीतिहरूको अभिलेख व्यवस्थापन र विश्लेषण गर्ने ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयहरूको कार्यको सम्पर्क, समन्वय र अनुगमनसम्बन्धी कार्य गर्ने ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयहरूबाट मन्त्रिपरिषद्मा निर्णयको लागि पेस हुने नीति निर्माणलगायतका विषयमा आवश्यकता अनुसार राय परामर्श दिने ।
- देशको सामाजिक विकास तथा सांस्कृतिक गतिविधिको अद्यावधिक जानकारी र विश्लेषण गरी प्रतिवेदन तयार गर्ने ।
- सामाजिक विकृति र विसङ्गति अन्त्य गरी सामाजिक रूपान्तरणका लागि नीतिगत सुधारसम्बन्धी कार्य गर्ने ।
- सामाजिक न्याय तथा सुरक्षाको प्रवर्द्धनका लागि सबै सामाजिक समूह, लिङ्ग, वर्ग र क्षेत्रका विषयहरूको सम्बोधनसम्बन्धी योजना तथा अनुगमन कार्यहरू गर्ने ।
- गैरसरकारी संस्थाको नियमन र मापदण्डसम्बन्धी कार्यहरू गर्ने, गराउने ।
- संघीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने ।
- नेपाल ट्रष्टसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा सामाजिक विकास तथा रुपान्तरणसम्बन्धी अन्य आश्यक कार्य गर्ने ।
२.१.१. महिला, बालबालिका, जेष्ठ नागरिक, श्रम तथा सामाजिक सुरक्षा शाखा
- महिला, बालबालिका, जेष्ठ नागरिक, श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी नीति, कानुन र मापदण्डका विषयमा समन्वय, सहजीकरण, अनुगमन र विश्लेषण गर्ने ।
- महिला, बालबालिका, जेष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयहरूको कार्यको सम्पर्क, समन्वय र अनुगमनसम्बन्धी कार्य गर्ने ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयहरूबाट मन्त्रिपरिषद्मा निर्णयको लागि पेस हुने नीति निर्माणलगायतका विषयमा आवश्यकता अनुसार राय परामर्श दिने।
- सामाजिक रुपान्तरणका लागि समाजमा विद्यमान जातीय भेदभाव, छुवाछुत, अपाङ्ग भएका व्यक्तिहरूमा भएको विभेदलगायतका विकृति, विसङ्गतिको अन्त्य गर्न क्षेत्रगत मन्त्रालय/निकायसँग समन्वय र सहकार्य गर्ने ।
- सामाजिक न्याय तथा सामाजिक सुरक्षाका नीति तथा योजनाको अध्ययन विश्लेषण र प्रतिवेदन गर्ने ।
- बालबालिका, युवा, ज्येष्ठ नागरिक, महिला, अपाङ्ग, दलितलगायतका अन्य विषयहरू एवं योजना तथा अनुगमनसम्बन्धी विविध कार्यहरू गर्ने ।
- गैरसरकारी संस्थाको नियमन र मापदण्डसम्बन्धी कार्यहरू गर्ने, गराउने ।
- सरकारी, गैरसरकारी संस्थासँग समन्वय, सहकार्य र पहलमा महिला, बालबालिका, जेष्ठ नागरिक, श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी नवीन नीति र सुधारका लागि सहजीकरणको कार्य गर्ने ।
- नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धित मौलिक हक, अधिकार, नीति र कर्तब्य अनुरूप सम्बद्ध निकायले गरेको कार्यको अनुगमन गर्ने ।
- संघीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने गराउने ।
- शाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- महिला, बालबालिका, जेष्ठ नागरिक, श्रम तथा सामाजिक सुरक्षासँग सम्बन्धित तोकिए बमोजिमका अन्य कार्य गर्ने।
२.१.२. शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखा
- शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्यासम्बन्धी नीति, कानुन र मापदण्डका विषयमा समन्वय, सहजीकरण, अनुगमन र विश्लेषण गर्ने ।
- शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यको सम्पर्क, समन्वय र अनुगमनसम्बन्धी कार्य गर्ने ।
- शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मन्त्रिपरिषद्मा निर्णयको लागि पेस हुने नीति निर्माणलगायतका विषयमा आवश्यकता अनुसार राय परामर्श दिने।
- शिक्षा, स्वास्थ्य, खेलकुद तथा जनसंख्यासम्बन्धी गतिविधिहरूको अद्यावधिक जानकारी लिई प्रतिवेदन गर्ने ।
- सामाजिक क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका विभिन्न मन्त्रालय, समिति, परिषद्, कार्यदलद्धारा तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी सुझाव पेस गर्ने ।
- नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धित मौलिक हक, अधिकार, नीति र कर्तब्य अनुरूप सम्बद्ध निकायले गरेको कार्यको अनुगमन गर्ने ।
- नेपाल ट्रष्टको कार्यालयसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने गराउने ।
- शाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुदसँग सम्बन्धित तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
२.२. प्रादेशिक समन्वय तथा योजना महाशाखा
- संघ र प्रदेश तथा प्रदेश-प्रदेशबीच समन्वयका लागि आवश्यक आधार तथा मापदण्ड तयार गर्ने।
- अन्तर प्रदेश परिषद्को सचिवालय र बैठक व्यवस्थापन, निर्णय कार्यान्वयनमा सहयोग¸ समन्वय र सहजीकरण गर्ने ।
- अन्तरप्रदेश समन्वयका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने निर्णयसम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
- प्रदेश प्रमुख तथा निजको कार्यलय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क, समन्वय एवं सहजीकरण गर्ने ।
- प्रादेशिक तथा स्थानीय तहबीचका विवाद समाधानसम्बन्धी कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने ।
- प्रदेशका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारण गर्ने ।
- प्रदेश र स्थानीय तहमा सम्पत्ति, दायित्व तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने ।
- संघ र प्रदेशबीच अन्तरसरकारी सहयोग र समन्वयसम्बन्धी कार्य गर्ने ।
- संघ, प्रदेश र स्थानीय तहबीच बहुआयामिक अन्तरसम्बन्ध कायम गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने।
- नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने कार्यमा सहयोग गर्ने ।
- कार्यालय र अन्तर्गत निकायको दीर्घकालीन तथा आवधिक योजना, तर्जुमा, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयनमा सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन सूचक तयार गर्ने, प्रगति प्रतिवेदन लिने र अनुगमन गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायहरूको वार्षिक कार्यक्रमको आवधिक समीक्षासम्बन्धी कार्य गर्ने।
- विपद् व्यवस्थापनसम्बन्धी कार्यको समन्वय, सहजीकरण एवं तत् सम्बन्धी कोष परिचालनको कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा प्रादेशिक समन्वय तथा योजनासम्बन्धी तोकिएबमोजिम अन्य कार्य गर्ने ।
- संघ र प्रदेश तथा प्रदेश-प्रदेशबीच समन्वयका लागि आवश्यक आधार तथा मापदण्ड तयार गर्ने।
- अन्तरप्रदेश परिषद्को सचिवालय र बैठक व्यवस्थापन, निर्णय कार्यान्वयनमा सहयोग¸ समन्वय र सहजीकरण गर्ने ।
- अन्तरप्रदेश समन्वयका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने निर्णयसम्बन्धी कार्य
गर्ने । - प्रदेश प्रमुख तथा निजको कार्यलय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क, समन्वय एवं सहजीकरण गर्ने ।
- प्रादेशिक तथा स्थानीय तह बीचका विवाद समाधानसम्बन्धी कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने ।
- प्रदेशका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारणसम्बन्धी कार्य गर्ने ।
- प्रदेश र स्थानीय तहमा सम्पत्ति, दायित्व तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने ।
- संघ, प्रदेश र स्थानीय तह बीच बहुआयामिक अन्तरसम्बन्ध कायम गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने।
- प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरूको सचिवालय व्यवस्थापन र सहजीकरणका लागि सम्पर्क शाखाको रूपमा कार्य गर्ने ।
- संघ र प्रदेशबीच अन्तरसरकारी सहयोग र समन्वयसम्बन्धी कार्य गर्ने ।
- शाखासम्बन्धी वार्षिक कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- प्रादेशिक समन्वयसँग सम्बन्धित तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
२.२.२. योजना, अनुगमन तथा विपद् समन्वय शाखा
- नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने कार्यमा सहयोग गर्ने ।
- कार्यालय र अन्तर्गत निकायको दीर्घकालीन तथा आवधिक योजना, तर्जुमा, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयनमा सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन सूचक तयार गर्ने, प्रगति प्रतिवेदन लिने र अनुगमन गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायहरूको वार्षिक कार्यक्रमको आवधिक समीक्षासम्बन्धी कार्य गर्ने।
- विपद् व्यवस्थापनसम्बन्धी कार्यको समन्वय, सहजीकरण एवं तत् सम्बन्धी कोष परिचालनको कार्य गर्ने ।
- योजना, अनुगमन तथा विपद् समन्वयसम्बन्धी तोकिएबमोजिमको अन्य आवश्यक कार्य गर्ने ।
३. राष्ट्रिय सुरक्षा, सुशासन तथा नतिजा व्यवस्थापन
३.१. राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा
- राष्ट्रिय तथा आन्तरिक सुरक्षा र राष्ट्रिय हितसम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण, रेखदेख र नियन्त्रणसम्बन्धी नीति, मापदण्ड र योजना तथा नियमन कार्यको समन्वय र सहजीकरण गर्ने ।
- राष्ट्रिय सुरक्षा स्थितिको सूचना सङ्कलन, विश्लेषण र समग्र मूल्याङ्कन गरी सूचनाको सम्बेदनशीलता तथा गाम्भीर्यता हेरी तहगत रूपमा प्रतिवेदन गर्ने ।
- शान्ति सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमको विश्लेषण, समीक्षा गरी परिमार्जन तथा सुधारको लागि सुझाव पेस गर्ने ।
- शान्ति र द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यहरूको समन्वय गर्ने ।
- राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी कार्य गर्ने ।
- अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा, अन्तर सीमा अपराध, सीमा अतिक्रमण, सीमावर्ति क्षेत्रको भौतिक, सामरिक स्थितिसम्बन्धी सूचना सङ्कलन र विश्लेषणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।
- महत्त्वपूर्ण व्यक्ति, स्थल, लोकमार्ग, भवन र संरचनाहरूको सुरक्षा, सूचना सङ्कलन र विश्लेषणमा सहजीकरण गर्ने ।
- कार्यालयको तर्फबाट विदेशी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क तथा समन्वय गर्ने ।
- नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकहरूको राजदूतले पेस गर्ने ओहदाको प्रमाणपत्र प्राप्तिसम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
- प्रधानमन्त्री संलग्न रहने विभिन्न वैदेशिक भ्रमण कार्यक्रम व्यवस्थापनको समन्वय गर्ने ।
- प्रधानमन्त्रीको निमन्त्रणामा हुने सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमणको समन्वय गर्ने ।
- सूचना वर्गीकरण समितिको कार्यमा समन्वय र सहजीकरण गर्ने एवम् कार्यालयको सूचना समयवद्ध प्रकाशन तथा प्रसारण गर्ने, गराउने।
- सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन नेपाल सरकारका अन्य निकायहरूसँग समेत समन्वय गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने ।
- कार्यालयबाट प्रकाशित हुने मासिक, आवधिक र वार्षिक प्रतिवेदन प्रकाशन र व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- परराष्ट्र तथा सुरक्षा सल्लाहकारसँगको समन्वयमा राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वयसम्बन्धी आवश्यक कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा आवश्यक कार्य गर्ने ।
- राष्ट्रिय सुरक्षा तथा कुटनीतिसम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
- राष्ट्रिय सुरक्षा र हितसम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण, रेखदेख र नियन्त्रणसम्बन्धी नीति, मापदण्ड र योजना तथा नियमन कार्यको समन्वय र सहजीकरण गर्ने ।
- राष्ट्रिय सुरक्षा स्थितिको सूचना सङ्कलन, विश्लेषण र समग्र मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने ।
- अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा, अन्तर सीमा अपराध, सीमा अतिक्रमण, सीमावर्ति क्षेत्रको भौतिक, सामरिक स्थितिसम्बन्धी सूचना सङ्कलन र विश्लेषणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।
- राष्ट्रिय सुरक्षा परिषद्को काममा समन्वय र सहजीकरण गर्ने ।
- शान्ति सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमको विश्लेषण, समीक्षा गरी परिमार्जन तथा सुधारको लागि सुझाव पेस गर्ने ।
- शान्ति र द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यहरूको समन्वय गर्ने ।
- राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी कार्यको रेखदेख, निरिक्षण, नियन्त्रण तथा समन्वयसम्बन्धी कार्य गर्ने ।
- महत्त्वपूर्ण व्यक्ति, स्थल, लोकमार्ग, भवन र संरचनाहरूको सुरक्षा सूचना सङ्कलन र विश्लेषणमा सहजीकरण गर्ने ।
- राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय हितसम्बन्धी तोकिए बमोजिम अन्य आवश्यक कार्य गर्ने ।
३.१.२. सूचना सञ्चार तथा वैदेशिक समन्वय शाखा
- सूचना वर्गीकरण समितिको कार्यमा समन्वय र सहजीकरण गर्ने ।
- सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन नेपाल सरकारका अन्य निकायहरूसँग समेत समन्वय गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने ।
- कार्यालयबाट प्रकाशित हुने मासिक, आवधिक र वार्षिक प्रतिवेदन प्रकाशन र व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसारका सूचना सूचीकृत गरी प्रकाशन गर्ने ।
- सूचना अधिकारीसम्बन्धी कार्य गर्ने ।
- सरोकारवाला व्यक्ति र संस्थाबाट माग भएका सूचना उपलब्ध गराउने ।
- द्विपक्षीय तथा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयनको सहजीकरण समन्वय र अनुगमन गर्ने ।
- नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, आलेख तथा अन्य महत्त्वपूर्ण कागजातहरू, प्रतिबद्धताहरू, निर्देशन, परिपत्रको सुरक्षित व्यवस्थापन गर्ने र कागजातको औचित्य हेरी अभिलेखको लागि राष्ट्रिय अभिलेखालयमा पठाउने ।
- नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकहरूको राजदूतले पेस गर्ने ओहदाको प्रमाणपत्र सम्बन्धी कार्यहरूको सहजीकरण गर्ने ।
- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने प्रतिनिधिमण्डललगायत सम्माननीय प्रधानमन्त्री संलग्न रहने विभिन्न वैदेशिक भ्रमणको कार्यहरूको समन्वय गर्ने ।
- प्रधानमन्त्रीको निमन्त्रणामा हुने सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमणको समन्वय गर्ने ।
- सूचना, सञ्चार तथा वैदेशिक समन्वयसम्बन्धी तोकिए बमोजिम अन्य आवश्यक कार्य गर्ने।
- शासकीय सुधारसम्बन्धी नीति, कानुन, मापदण्ड निर्धारण गर्न सहयोग, समन्वय तथा सहजीकरण गर्ने ।
- सार्वजनिक सेवालाई गुणस्तरीय, छिटो, छरितो र चुस्त बनाई सुशासनको प्रत्याभूतिसम्बन्धी कार्य गर्ने।
- मुलुकको सार्वजनिक व्यवस्थापनको सुदृढीकरणका लागि अध्ययन, अनुसन्धान र सुधारका क्षेत्रहरूको पहिचान एवम् सुधार सम्बन्धी कार्य गर्ने ।
- सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी गर्न आवश्यक नीति तथा रणनीति तर्जुमा, परिमार्जन र विश्लेषण गरी कार्यान्वयन गर्ने, गराउने।
- राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको काममा समन्वय र सहजीकरण गर्ने।
- सम्पत्ति शुद्धीकरण निवारण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनसम्बन्धी कार्य गर्ने ।
- वित्तीय कारबाही कार्यदल (Finanacial Action Taskforce) र राष्ट्रिय समन्वय समितिको कार्यमा समन्वय र सहजीकरणसम्बन्धी कार्य गर्ने ।
- कसूरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
- राजस्व चुहावटको अनुसन्धान र नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड तर्जुमा तथा नियमनसम्बन्धी कार्य गर्ने ।
- विदेशी विनिमयको अवैध ओसार पसार र अपचलन नियन्त्रणसम्बन्धी कार्यमा सहजीकरण र अनुगमन गर्ने ।
- नेपालको संविधानको धारा ५३ बमोजिम सम्माननीय राष्ट्रपतिमार्फत संघीय संसदमा प्रस्तुत हुने प्रतिवेदनको विवरण सङ्कलन तथा तयारीसम्बन्धी कार्यहरू गर्ने, गराउने ।
- हेलो सरकारको विद्युतीय नेटवर्क तयारी गर्ने, प्राप्त वस्तुनिष्ठ गुनासाहरू छानबिन गर्ने र गुनासोको गाम्भीर्यताअनुसार वर्गीकरण गरी द्रुत व्यवस्थापन गर्ने तथा सोको नियमित अनुगमन गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकको कार्यालय र लोकसेवा आयोगका वार्षिक प्रतिवेदनमा औंल्याइएका सुझावहरू कार्यान्वयन गर्ने, गराउने ।
- भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनमा समन्वय तथा समकक्षी मूल्याङ्कन प्रक्रियासम्बन्धी कार्य गर्ने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा शासकीय सुधारसम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
३.२.१. सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा
- सार्वजनिक प्रशासन सुधारसम्बन्धी नीति तथा कार्यक्रमको विश्लेषण एवं समीक्षा गरी परिमार्जन तथा सुधारको लागि सुझाव पेस गर्ने ।
- सार्वजनिक सेवालाई गुणस्तरीय, छिटो, छरितो र चुस्त बनाई सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वय गर्ने।
- सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी गर्न आवश्यक नीति तथा रणनीति तर्जुमा, परिमार्जन र विश्लेषण गरी कार्यान्वयन गर्ने, गराउने।
- सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र राष्ट्रिय सतर्कता केन्द्रको सम्पर्क शाखाको रूपमा आवश्यक कार्यहरू गर्ने ।
- नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुशासन प्रतिवेदन तयारी गर्ने ।
- नेतृत्व मूल्याङ्कन समिति व्यवस्थापनको लागि सचिवालय शाखाको रूपमा आवश्यक कार्यहरू गर्ने।
- संघीय संसदको सुशासन र राज्य व्यवस्था समितिबाट भएका निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- भ्रष्टाचारजन्य तथा अनियमिततासम्बन्धी प्राप्त उजुरी व्यवस्थापन गर्ने, गराउने ।
- सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी नेपाल सरकारको वार्षिक, मध्यकालीन र दीर्घकालीन नीति तथा रणनीति तर्जुमा, परिमार्जन र विश्लेषण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गर्ने, गराउने ।
- भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको प्रावधान अनुरूप सिर्जित दायित्व पूरा गर्न तथा महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय सहजीकरण गर्न सहयोग गर्ने ।
- सार्वजनिक क्षेत्रमा कार्यान्वयनमा रहेका मौजुदा आचारसंहिता र आचरणसम्बन्धी मापदण्डहरूलाई सङ्घीय ढाँचा अनुरूप परिमार्जन गरी कार्यान्वयनमा ल्याउने ।
- सङ्घीय मन्त्रिपरिषद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रपतिबाट मनोनित तथा नियुक्त पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरू र राष्ट्रिय योजना आयोगका सदस्यहरूको सम्पत्ति विवरण सङ्कलन तथा अभिलेख व्यवस्थापन गर्ने गराउने।
- सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानीसम्बन्धी तोकिए बमोजिम अन्य आवश्यक कार्य गर्ने ।
३.२.२. सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान शाखा
- सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनसम्बन्धी कार्य गर्ने ।
- सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, योजना र रणनीतिको तर्जुमा अनुगमन र नियमनसम्बन्धी कार्य गर्ने ।
- राजस्व चुहावटको अनुसन्धान र नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनसम्बन्धी कार्य गर्ने ।
- विदेशी विनिमयको अवैध ओसार पसार र अपचलन नियन्त्रणसम्बन्धी कार्यमा सहजीकरण र अनुगमन गर्ने ।
- वित्तीय कारबाही कार्यदल (Finanacial Action Taskforce) सम्बन्धी कार्य र राष्ट्रिय समन्वय समितिसम्बन्धी कार्य गर्ने ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग राजस्व अनुसन्धान विभागसम्बन्धी कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वयसम्बन्धी कार्य गर्ने ।
- कसूरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी सहजीकरणको कार्य गर्ने ।
- सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धानसम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
- टेलिफोन, सामाजिक सञ्जाल, पत्र, फ्याक्स र ईमेललगायत माध्यमहरूबाट प्राप्त व्यक्ति तथा संस्थाका गुनासा, सुझाव एवं उजुरीहरू सङ्कलन गर्ने र अभिलेख राख्ने ।
- सङ्कलित गुनासा र सुझावहरू अध्ययन गरी प्राथमिकता निर्धारण गरी निर्देशनसहित कार्यार्थ सम्बन्धित निकायमा पठाउने ।
- प्रधानमन्त्री एवं मुख्यसचिवलाई सम्बोधन गरी प्राप्त भएका गुनासा, सुझाव एवं उजुरीहरू सम्बन्धित तहमा पेस गरी निर्देशन बमोजिम कार्यार्थ सम्बन्धित निकायमा पठाउने ।
- अख्तियार दुरुपयोगसँग सम्बन्धित उजुरीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा राष्ट्रिय सतर्कता केन्द्रमा अनुसन्धान एवं कारबाहीको लागि पठाउने ।
- सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएका गुनासा एवं उजुरीउपर भएको कारवाहीको प्रगतिको अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने ।
- केन्द्रीय हेलो सरकार कार्यक्रमका कार्यहरूको व्यवस्थापन गर्ने र हेलो सरकारमा आएका सम्पूर्ण गुनासा तथा सुझावहरूको तथ्याङ्क भण्डार सुरक्षित राख्ने ।
- गुनासो समाधानको लागि थप कार्य गर्नुपर्ने भएमा कार्ययोजना बनार्इ पेस गर्ने, स्वीकृत कार्ययोजनाको सम्पर्क विन्दु (Focal Point) को रूपमा काम गर्ने ।
- हेलो सरकार कार्यक्रमको कुशल विद्युतीय नेटवर्क (सञ्जाल) स्थापना गर्ने ।
- हेलो सरकारलाई सामाजिक सञ्जालमा प्रभावकारी रूपमा उपस्थित गराउने ।
- संघीय संरचना अनुरुप हेलो सरकारका कार्यक्रमलार्इ प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्न समन्वय र सहजीकरण गर्ने ।
- प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र प्रेस सल्लाहकारसँगको समन्वयमा गुनासो व्यवस्थापन तथा जनसम्पर्कसम्बन्धी तोकिए बमोजिम अन्य आवश्यक कार्य गर्ने ।
- नेपाल सरकारको वार्षिक, मध्यकालीन र दीर्घकालीन नीतिलगायत अन्य विभिन्न नीतिहरूको कार्यान्वयनको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गर्ने ।
- नेपाल सरकारका आवधिक योजना, वार्षिक कार्यक्रम तथा बजेटको विषयगत क्षेत्रको कार्ययोजना कार्यान्वयनको कार्यसम्पादन सूचक तयारी तथा विकास नतिजा व्यवस्थापन र विश्लेषणसम्बन्धी कार्य गर्ने ।
- संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका विकास कार्यक्रम, आयोजना र विभिन्न निकायहरूले प्रवाह गरेको सेवाको अनुगमनको अनुगमन (Monitoring of Monitoring) गर्ने।
- केन्द्रीय तथ्याङ्क विभाग तथा अन्य निकायबाट भएका गणना, सर्वेक्षण र विभिन्न सरकारी निकायहरूले व्यवस्थापन सूचना प्रणालीमार्फत सङ्कलन गरेका प्रमुख सूचनाहरूको एकीकृत भण्डारण विश्लेषण र वर्गीकरण गरी आवधिक रूपमा प्रकाशन गर्ने।
- राष्ट्रिय गौरबलगायत प्राथमिकताप्राप्त विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनमा देखापरेका समस्याहरूका बारेमा नियमित प्रतिवेदन लिने । ती आयोजनाहरूको आवश्यकताअनुसार उच्च पदाधिकारीहरू समेतबाट स्थलगत अनुगमन तथा समस्या समाधानको व्यवस्था गर्ने ।
- प्रदेश र स्थानीय तहबाट सञ्चालित योजना, कार्यक्रम तथा बजेटको विषयगत क्षेत्रको कार्ययोजना कार्यान्वयनको कार्यसम्पादन सूचकका आधारमा नतिजाको अनुगमन गर्ने।
- कार्यक्रम तथा आयोजनाको कार्यान्वयनमा आइपरेका समस्या वा सेवाप्रवाहमा देखिएका समस्या वा जनगुनासोका आधारमा प्राप्त समस्याहरू तत्काल समाधान गर्ने व्यवस्था मिलाउने ।
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार केन्द्रीय अनुगमन समितिको सचिवालयको काममा सहयोग र समन्वय गर्ने ।
- दिगो विकासको लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरू हासिल भए नभएको सम्बन्धमा नतिजा सूचकका आधारमा प्रतिवेदन गर्ने, गराउने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा अन्य आवश्यक कार्य गर्ने ।
३.३.१ तत्काल समस्या समाधान केन्द्र (Immediate Problem Resolve Centre)
- विभिन्न अनुगमन प्रतिवेदनहरू, हेलो सरकारलगायत जनगुनासोबाट प्राप्त जानकारीअनुसार कुनै कार्यक्रम वा आयोजना वा सेवाप्रवाहमा समस्या रहेको देखिएमा त्यसको पहिचान, प्राथमिकीकरण, विश्लेषण र समाधानका विकल्पहरू तयार गर्ने।
- विकास निर्माण र सेवाप्रवाह सम्बन्धमा आएका समस्याहरूलाई सम्बन्धित मन्त्रालय निकायहरूसँग समन्वय गरी तत्काल समाधान गर्न पद्धतिबद्ध तरिकाले पहल गर्ने।
- विकास आयोजना तथा कार्यक्रमहरूको कार्यान्वयनका क्रममा आएका बाधा अवरोधहरूलाई हटाउन आवश्यक नीतिगत समायोजनकारी र सहजकर्ताको कार्यहरू गर्ने, गराउने।
- बृहत् आयोजनाहरू/राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको सञ्चालनका क्रममा आएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीबाट भएका निर्देशनहरूलाई सम्बन्धित निकायमा पठाउने र त्यसको प्रगति विवरण लिने।
- विकास आयोजनाहरूमा तत्काल देखिएका समस्या समाधान गर्ने।
- सेवाप्रवाहमा देखिएका समस्या जनगुनासाका आधारमा तत्काल समाधान गर्नुपर्ने कामको पहिचान गरी समस्या समाधानको लागि पहल गर्ने।
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार केन्द्रीय अनुगमन समितिको सचिवालयको काममा सहयोग र समन्वय गर्ने
- तत्काल समस्या समाधान केन्द्रको (Immediate Problem Resolve Centre) कक्ष व्यवस्थापन र सञ्चालन सम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।
३.३.२. नतिजा विश्लेषण तथा व्यवस्थापन शाखा
- नेपाल सरकारको वार्षिक, मध्यकालीन र दीर्घकालीनलगायत अन्य विभिन्न नीतिहरूको कार्यान्वयनको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गर्ने ।
- नेपाल सरकारका नीति कार्यक्रमहरूको सूचकाङ्क (Indicators) र स्तरीय सञ्चालन कार्यविधी (Standard Operating Procedure) तयार गरी कार्यान्वयन गर्ने, गराउने ।
- विषयगत मन्त्रालय तथा निकायबाट सम्पादन हुने गरी तोकिएका कार्यहरुको कार्यसम्पादन सूचकांक तयार गरी आवधिक रुपमा प्रगतिको मूल्याङ्कन गर्ने, गराउने ।
- नेपाल सरकारको मन्त्रालय, निकाय तथा कार्यालयहरूबाट सम्पादित कार्यहरू तथा प्रदान भइरहेको सेवाहरूको अनुगमन तथा मूल्याङ्कन गरी विद्यमान कमी कमजोरी र गरिनुपर्ने सुधारसमेत खुलाई प्रतिवेदन पेस गर्ने ।
- संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका विकास कार्यक्रम, आयोजना र विभिन्न निकायहरूले प्रवाह गरेको सेवाको अनुगमनको अनुगमन (Monitoring of Monitoring) गर्ने।
- राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नीति कार्यान्वयन पक्षको नीति परीक्षण (Policy Auditing) तथा नीति कार्यान्वयनको प्रभावकारिता अध्ययन गर्ने ।
- नेपाल सरकारको आवधिक तथा वार्षिक योजना कार्यक्रम परियोजनाहरूको अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन पेस गर्ने ।
- नेपाल सरकारका विद्यमान नीतिहरू सङ्कलन तथा वर्गीकृत गरी अभिलेख राख्ने ।
- संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका विकास कार्यक्रम, आयोजना र विभिन्न निकायहरूले प्रवाह गरेको सेवाको अनुगमनका प्रतिवेदनहरू सङ्कलन गर्ने । ती प्रतिवेदनहरूले दिएका सुझावहरू कार्यान्वयन भए, नभएको सम्बन्धमा अनुगमन गर्ने ।
- दिगो विकासको लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरू हासिल भए नभएको सम्बन्धमा नतिजा सूचकका आधारमा प्रतिवेदन गर्ने, गराउने।
- नेपाल सरकारका पदाधिकारीहरूबीच हुने कार्य सम्पादन सूचकहरू तयार गरी कार्यसम्पादन करार पालनाको अनुगमन गर्ने ।
- आवधिक योजनाले तोकेका परिमाणात्मक लक्ष्यका आधारमा नतिजा विश्लेषण गर्ने ।
- वार्षिक कार्यक्रम तथा वजेटमा उल्लिखित नतिजा सूचकहरूको कार्यान्वयन प्रगति र सोका आधारमा विश्लेषण गर्ने, गराउने ।
- नतिजा विश्लेषण तथा व्यवस्थापन सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने ।
- केन्द्रीय तथ्याङ्क विभाग तथा अन्य निकायबाट भएका गणना, सर्वेक्षण र विभिन्न सरकारी निकायहरूले व्यवस्थापन सूचना प्रणालीमार्फत सङ्कलन गरेका प्रमुख सूचनाहरूको एकीकृत भण्डारण, विश्लेषण र वर्गीकरण गरी आवधिक रूपमा प्रकाशन गर्ने।
- सरकारको वार्षिक मध्यकालीन र अल्पकालीन नीति, योजना, बजेट तथा कार्यक्रमहरूको आवधिक प्रगति सङ्ग्रह गरी अभिलेख राख्ने।
- क्षेत्रगत, नीतिगत, विकासका पक्षहरू आर्थिक सामाजिक रूपान्तरणलगायत राष्ट्रमा उत्पादन भएका तथ्याङ्कको सङ्ग्रह, Data Bank को व्यवस्थापन र विश्लेषण गर्ने ।
- राष्ट्रिय तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, उत्पादन, प्रबोधीकरण तथा प्रयोगसम्बन्धी कार्य गर्ने।
- सङ्कलित तथ्याङ्क तथा सूचनालाई तथ्यपरक नीति निर्माण तथा अन्य प्रयोजनमा प्रयोग बढाउन सम्बन्धित शाखा/महाशाखालाई उपलब्ध गराउने ।
- तथ्याङ्क संकलन, उपयोग र सार्वजनिकीकरणसम्बन्धी तोकिएबमोजिम अन्य आवश्यक कार्य गर्ने।
- विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचना प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान, नीति, कानुन, मापदण्डसम्बन्धी कार्यको व्यवस्थापन, सहजीकरण र नियमनसम्बन्धी कार्य गर्ने।
- विद्युतीय सुशासन (E-governance), स्वचालित कार्यालय प्रणाली (Office Automation System) र केन्द्रीय ईमेल प्रणाली (Centralized Email System) सम्बन्धी नीति, कानुन र मापदण्डसम्बन्धी कार्यान्वयन, सहजीकरण र नियमन गर्ने ।
- सबै मन्त्रालय र केन्द्रीय निकाय समेटिने गरी कम्प्युटराइज्ड सूचना प्रणाली स्थापना गरी सबै निकायहरुलार्इ सूचना सञ्जालमा आवद्ध गर्ने ।
- महत्त्वपूर्ण आर्थिक एवं सामाजिक गतिविधिहरूको तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि तथ्याङ्क बैंक (Data Bank) अद्यावधिक गर्ने।
- Website व्यवस्थापन र कार्यालयको महत्त्वपूर्ण गतिविधि तथा सूचनाहरू website मा upload गर्ने।
- कार्यालयको विभिन्न महाशाखा र शाखाहरूलाई आवश्यक पर्ने कम्प्युटर Software को व्यवस्थापन गर्ने ।
- E-Governance प्रणालीको प्रवर्द्धन र प्रयोगका लागि आवश्यक Software को विकास/व्यवस्थापन तथा तत् सम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने ।
- कार्यालयमा सूचना प्रविधि (Information Technology) सम्बन्धी उपकरणहरूको सञ्चालन तथा मर्मत सम्भार गर्ने ।
- कार्यालयमा प्रयोग भएका Hardware र Software को सुरक्षा र गुणस्तर व्यवस्थापन र नियमनसम्बन्धी कार्य गर्ने ।
- व्यवस्थापन सूचना प्रणाली (MIS) को विकाससम्बन्धी कार्य गर्ने ।
- सूचना प्रविधि सम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
४. आर्थिक तथा पूर्वाधार विकास
४.१ लगानी, उत्पादन तथा रोजगार प्रवर्द्धन महाशाखा
- आर्थिक विकाससँग सम्बद्ध मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने ।
- राज्यले अवलम्बन गरेका लगानी, उत्पादन तथा रोजगार प्रवर्द्धनसँग सम्बन्धित नीतिहरूको अध्ययन, विश्लेषण गरी तिनको कार्यान्वयनको स्थिति र समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूबाट मुलुकका समष्टिगत आर्थिक क्षेत्रहरूसम्बन्धी सङ्कलित तथा प्रकाशित सूचना, तथ्याङ्क तथा प्रमुख सूचकहरूको अभिलेखन तथा विश्लेषण गर्ने ।
- कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्कको सङ्कलन र विश्लेषण गर्ने ।
- रोजगारसँग सम्बन्धित सूचना तथा तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने तथा रोजगार प्रवर्द्धनसँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यतासम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- औद्योगिक विकास र रोजगारी प्रवर्द्धनका लागि स्वदेशी तथा वैदेशिक लगानी र सहयोग रकम परिचालनका रणनीतिहरू तर्जुमा तथा कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने।
- मुलुकमा उत्पादित वस्तु तथा सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी कार्यको अनुगमन गर्ने ।
- मुलुकको आन्तरिक तथा बाह्य व्यापारको स्थिति र त्यसलाई व्यवस्थित र सन्तुलित गराउने सम्बन्धमा भए गरेका कार्यहरूको नियमित अनुगमन गरी व्यापार प्रवर्द्धनका लागि समन्वय तथा सहजीकरण गर्ने ।
- अर्थतन्त्रका आधारहरूबीचको अन्तरसम्बन्धलाई विश्लेषण गरी समन्वय कायम गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूको निर्देशन कार्यान्वयन गर्ने ।
- राष्ट्रिय योजना आयोग र गरिबी निवारण कोषका कार्यहरूको सहजीकरण गर्ने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा लगानी, उत्पादन तथा रोजगार प्रवर्द्धनसम्बन्धी अन्य कार्य गर्ने ।
४.१.१. कृषि, वन तथा वातावरण शाखा
- राज्यले अवलम्बन गरेका कृषि, वन तथा वातावरणसँग सम्बन्धित नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्नगएको असरको लेखाजोखा गर्ने ।
- कृषि, वन तथा वातावरण क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क तथा प्रकाशित प्रतिवेदनहरुको सङ्कलन, अध्ययन र विश्लेषण गर्ने ।
- कृषि, वन तथा वातावरणका क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- कृषि क्षेत्रको विकास र वन तथा वातावरण संरक्षणसम्बन्धी राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यतासम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
- कृषि, वन तथा वातावरणसँग सम्बन्धित मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी आवश्यकता अनुसार राय दिने ।
- कृषि, वन तथा वातावरण क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने ।
- कृषि उत्पादन, वन-उत्पादन र सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी कार्यको अनुगमन गर्ने ।
- कृषि, वन तथा वातावरणसम्बन्धमा राष्ट्रिय योजना आयोगका कार्यहरूको सहजीकरण गर्ने।
- कृषि, वन तथा वातावरण व्यवस्थापन सम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
४.१.२. अर्थ, उद्योग, वाणिज्य तथा पर्यटन शाखा
- अर्थ, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन क्षेत्रमा राज्यले अवलम्बन गरेका राष्ट्रिय नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने ।
- अर्थ, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क तथा प्रकाशित प्रतिवेदनहरुको सङ्कलन, अध्ययन र विश्लेषण गर्ने ।
- अर्थ, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- आर्थिक विकास, औद्योगिक विकास, पर्यटन उद्योग र व्यापार प्रवर्द्धनसँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने।
- अर्थ, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन क्षेत्रसँग सम्बन्धित मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने ।
- अर्थ, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने ।
- अर्थ, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन क्षेत्रका सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी कार्यको अनुगमन गर्ने ।
- गरीबी निवारण कोषका कार्यमा सहजीकरण गर्ने ।
- अर्थ, उद्योग, वाणिज्य तथा पर्यटनसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।
- विभिन्न मन्त्रालयहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने पूर्वाधार विकाससँग सम्बन्धित नीतिहरूको अध्ययन¸ विश्लेषण गरी राय दिने ।
- पूर्वाधार विकाससँग सम्बन्धित राज्यले अवलम्बन गरेका नीतिहरूको अध्ययन र विश्लेषण गरी तिनको कार्यान्वयनको स्थिति र समग्र पूर्वाधार विकासमा पर्न गएको असरको लेखाजोखा गर्ने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूबाट मुलुकका पूर्वाधार क्षेत्रसम्बन्धी सङ्कलित तथा प्रकाशित सूचना, तथ्याङ्क तथा प्रमुख सूचकहरूको अभिलेखन तथा विश्लेषण गर्ने ।
- भौतिक पूर्वाधार¸ यातायात, जलस्रोत, सिंचार्इ तथा ऊर्जा विकास, खानेपानी, सहरी विकास तथा सञ्चारलगायतका पूर्वाधार विकासका क्षेत्रमा भएको लगानीसम्बन्धी तथ्याङ्कको सङ्कलन र विश्लेषण गर्ने ।
- राष्ट्रिय गौरबका आयोजनालगायत अन्य राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार विकास आयोजनाहरूको अनुगमन गर्ने तथा कार्यान्वयनमा देखिएका समस्याहरूको समाधानका लागि अन्तरनिकायगत सहजीकरण गर्ने।
- भौतिक पूर्वाधार¸ यातायात, जलस्रोत, सिंचार्इ तथा ऊर्जा विकास, खानेपानी, सहरी विकास तथा सञ्चार क्षेत्रको विकासमा गरिनुपर्ने अध्ययन अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- पूर्वाधार विकाससँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने ।
- पूर्वाधार विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहायतको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने ।
- मुलुकको सन्तुलित पूर्वाधार विकास, त्यसको गुणस्तरीयता र समन्यायिक उपभोगको व्यवस्था तथा सोसम्बन्धी अनुगमन कार्यको अनुगमन गर्ने ।
- मुलुकको समृद्धि र पूर्वाधार विकासबीचको अन्तरसम्बन्धलार्इ विश्लेषण गरी समन्वय कायम गर्ने।
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र लगानी बोर्डसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूको निर्देशन कार्यान्वयन गर्ने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा पूर्वाधार विकाससम्बन्धी अन्य कार्य गर्ने ।
४.२.१. भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा शाखा
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा क्षेत्रमा राज्यले अवलम्बन गरेका राष्ट्रिय नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने ।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क तथा प्रकाशित प्रतिवेदनहरुको सङ्कलन, अध्ययन र विश्लेषण गर्ने ।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जासम्बन्धी राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने ।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जासँग सम्बन्धित मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने ।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जासँग सम्बन्धित सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी कार्यको अनुगमन गर्ने ।
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र लगानी बोर्डको कार्यमा सहजीकरण गर्ने ।
- भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा क्षेत्रको विकाससम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
४.२.२. खानेपानी, सहरी विकास तथा सञ्चार शाखा
- खानेपानी, सहरी विकास तथा सञ्चार क्षेत्रमा राज्यले अवलम्बन गरेका राष्ट्रिय नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने ।
- खानेपानी, सहरी विकास तथा सञ्चार क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क तथा प्रकाशित प्रतिवेदनहरुको सङ्कलन, अध्ययन र विश्लेषण गर्ने ।
- खानेपानी, सहरी विकास तथा सञ्चार क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- खानेपानी, सहरी विकास तथा सञ्चारसम्बन्धी राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने ।
- खानेपानी, सहरी विकास तथा सञ्चारसँग सम्बन्धित मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने ।
- खानेपानी, सहरी विकास तथा सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने ।
- खानेपानी, सहरी विकास तथा सञ्चारसँग सम्बन्धित सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी अनुगमन कार्यको अनुगमन गर्ने।
- खानेपानी, सहरी विकास तथा सञ्चारक्षेत्रको विकाससम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
५. कानुन तथा मानवअधिकार
५.१ कानुन तथा फैसला कार्यान्वयन महाशाखा
- कार्यालयको तर्फबाट अदालतसमक्ष पेस गर्नुपर्ने लिखित जवाफ, प्रतिउत्तरपत्र र पुनरावेदनपत्रसम्बन्धी कार्य गर्ने ।
- अदालतको आदेश तथा फैसला कार्यान्वयन र सोको प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- कानूनी राय तथा परामर्श प्रदान गर्ने ।
- संघीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधि लगायतका कानुन तर्जुमासम्बन्धी कार्य गर्ने ।
- नेपाल राजपत्रमा सूचना प्रकाशनसम्बन्धी कार्य गर्ने ।
- नेपाल सरकार, मन्त्रिपरिषद्मा पुनरावेदन लाग्ने विषयमा पुनरावेदन सचिवालयको रुपमा काम गर्ने ।
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी कार्य गर्ने ।
- महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिलको कार्यालयको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने ।
- प्रचलित कानुन बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखतसम्बन्धी कार्य गर्ने ।
- कानुनहरुको अभिलेख व्यवस्थापन गर्ने, गराउने ।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- लिखित जवाफ, प्रतिउत्तरपत्र र पुनरावेदनपत्रसम्बन्धी कार्य गर्ने ।
- कानूनी राय तथा परामर्श प्रदान गर्ने ।
- संघीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधि लगायतका कानुन तर्जुमासम्बन्धी कार्य गर्ने ।
- नेपाल राजपत्रमा सूचना प्रकाशनसम्बन्धी कार्य गर्ने ।
- नेपाल सरकार, मन्त्रिपरिषद्मा पुनरावेदन लाग्ने विषयमा पुनरावेदन सचिवालयको रुपमा काम गर्ने।
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी कार्य गर्ने ।
- महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिलको कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।
- प्रचलित कानुन बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखतसम्बन्धी कार्य गर्ने ।
- कानुनहरुको अभिलेख राख्ने।
- शाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- कानुनसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
- अदालतको आदेश तथा फैसला कार्यान्वयनसम्बन्धी कार्य गर्ने ।
- फैसला कार्यान्वयनको अनुगमन तथा प्रतिवेदन तयार गर्ने ।
- अदालतको आदेश बमोजिम प्रतिवेदन तयार गरी पठाउने ।
- नेपाल सरकार, मन्त्रिपरिषद्मा पुनरावेदन लाग्ने विषयमा पुनरावेदन सचिवालयको रुपमा काम गर्ने ।
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी कार्य गर्ने ।
- महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिलको कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।
- शाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- अदालतको फैसला कार्यान्वयनको अनुगमन समितिको सचिवालयको रुपमा काम गर्ने ।
- फैसला कार्यान्वयनको क्रममा आइपरेका समस्याको समाधानका उपायहरुको खोजी र सहजीकरण गर्ने ।
- फैसला कार्यान्वयनसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
५.२ मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा
- मानव अधिकारसम्बन्धी विद्यमान सरकारी नीति तथा योजनाहरूको समीक्षा तथा मूल्याङ्कन गर्ने।
- मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्ने ।
- मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग परराष्ट्र मन्त्रालयमार्फत सहयोग आदान प्रदान गर्ने ।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा पक्ष बन्ने सम्बन्धमा राय परामर्श उपलब्ध गराउने ।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूको कार्यान्वयनको अवस्थाको आवधिक प्रतिवेदन तथा पूरक प्रतिवेदनको तयारी तथा सोको सम्बन्धित सन्धिजनित निकायमा प्रतिरक्षा गर्नेसम्बन्धी कार्य गर्ने ।
- मानव अधिकारको विश्वव्यापी आवधिक प्रतिवेदनको कार्यान्वयनको लागि समन्वय गर्ने तथा तत् सम्बन्धी संयुक्त राष्ट्रसंघसमक्ष पेस गर्नु पर्ने प्रतिवेदन तयार गर्ने।
- मानव अधिकारको संरक्षण र प्रवर्द्धनका विषयमा नेपाल सरकारको सम्पर्क तथा समन्वय विन्दु, राष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न सरकारी निकायहरूमा रहेका मानव अधिकार इकाइहरूबीच समन्वय तथा सम्पर्क इकाइको रूपमा कार्य गर्ने ।
- द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन गर्ने ।
- प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासँगको सन्धि, सम्झौता, सम्पर्क र समन्वय गर्ने ।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- संघीय संसदका सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता सम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
- मानव अधिकारसम्बन्धी विद्यमान सरकारी नीति तथा योजनाहरूको समीक्षा तथा मूल्याङ्कन गर्ने।
- मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्ने ।
- मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग परराष्ट्र मन्त्रालयमार्फत सहयोग आदान प्रदान गर्ने ।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा पक्ष बन्ने सम्बन्धमा राय परामर्श उपलब्ध गराउने ।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूको कार्यान्वयनको अवस्थाको आवधिक प्रतिवेदन तथा पूरक प्रतिवेदनको तयारी तथा सोको सम्बन्धित सन्धिजनित निकायमा प्रतिरक्षा गर्नेसम्बन्धी कार्य गर्ने ।
- मानव अधिकारको विश्वव्यापी आवधिक प्रतिवेदनको कार्यान्वयनको लागि समन्वय गर्ने तथा तत् सम्बन्धी संयुक्त राष्ट्रसंघसमक्ष पेस गर्नु पर्ने प्रतिवेदन तयार गर्ने।
- मानव अधिकारको संरक्षण र प्रवर्द्धनका विषयमा नेपाल सरकारको सम्पर्क तथा समन्वय विन्दु, राष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न सरकारी निकायहरूमा रहेका मानव अधिकार इकाइहरूबीच समन्वय तथा सम्पर्क इकाइको रूपमा कार्य गर्ने ।
- शाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- मानव अधिकार प्रवर्द्धनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालनमा समन्वय गर्ने ।
- राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयनमा सहयोग पुर्याउने।
- मानव अधिकारको विश्वव्यापी आवधिक प्रतिवेदनको कार्यान्वयनको लागि समन्वय गर्ने र प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसंघसमक्ष पेस गर्ने ।
- मानव अधिकारसम्बन्धी विभिन्न विषयका प्रतिवेदनहरू वा विज्ञ समितिको भ्रमणका क्रममा वा प्रश्नावलीमार्फत उठाइएका प्रश्नहरूको जवाफ तयार पार्ने ।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नेपाल पक्ष भएपछि सिर्जना हुने दायित्व कार्यान्वयनमा सघाउ पुर्याउने ।
- नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी सन्धि, सम्झौता, प्रतिबद्धतालगायतका कागजपत्र एकीकृत र सुरक्षित राख्ने/राख्न लगाउने ।
- मानव अधिकारसम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने ।
५.२.२. अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौता शाखा
- द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन गर्ने।
- नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, प्रतिवद्धतालगायतका कागजपत्र एकीकृत र सुरक्षित राख्ने तथा राख्न लगाउने ।
- शाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने ।
- अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौतासम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।