1.विकास व्यवस्थापन क्षेत्र
- नेपाल सरकारका विकास मामिला र सामाजिक क्षेत्रसम्बन्धी मन्त्रालयका कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय;
- नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन, नीति प्रयोगशाला सम्बन्धी,
- मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार सम्बद्ध गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ती, निर्देशन र समन्वय;
- विकास सम्बद्ध मन्त्रालय र आयोजनाहरूसँग प्रधानमन्त्रीको सम्पर्क र सञ्चार;
- विकास व्यवस्थापन सम्बन्धी प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
- राष्ट्रिय योजना आयोग;
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण;
- लगानी बोर्ड;
- नेपाल ट्रष्टको कार्यालय;
- गरिबी निवारण कोष;
- राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन;
- गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड;
- नेपाल ट्रष्ट, लगानी बोर्ड, गरिवी निवारण कोष र राष्ट्रिय पुनर्निर्माण सम्बन्धी नीति कानून र मापदण्ड;
- विपद् व्यवस्थापनसम्बन्धी समन्वय;
- केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिसम्बन्धी कार्य;
- प्रत्यक्ष सम्वाद कक्ष (Action Room) बाट तत्काल समस्या समाधान सम्बन्धी कार्य;
- प्रचलित कानुनले तोकेका अन्य कार्यहरू ।
1.1 नतिजा व्यवस्थापन महाशाखा
- नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तयारी, बजेट कार्यान्वयनको कार्यसम्पादन सूचक तयारी, नतिजा व्यवस्थापन र विश्लेषणसम्बन्धी कार्य एवं सो सम्बन्धी सहजीकरण र अनुगमन गर्ने।
- नेपाल सरकारले सञ्चालन गरेका र एकभन्दा बढी प्रदेशमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको कार्यान्वयनमा सहजीकरण एवम् अनुगमन गर्ने।
- विकास आयोजना र कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी भएका निकायले प्रभावकारी रूपमा अनुगमन गरे नगरेको विषयमा निगरानी गर्ने।
- कार्यक्रम तथा आयोजनाको कार्यान्वयनमा आइपरेका जटिल प्रकारका समस्याहरू तत्कालै प्रधानमन्त्रीलाई प्रतिवेदन गरी समाधान गर्ने व्यवस्था मिलाउने।
- केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालयको काममा सहयोग र समन्वय गर्ने।
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सचिवालय सम्बन्धी काम गर्ने।
- कार्यालय र अन्तर्गत निकायको दीर्घकालीन एवम् आवधिक योजना, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, समीक्षा, कार्यान्वयनमा सहजीकरणका साथै कार्यसम्पादन सूचक तयार गरी सोको आधारमा प्रगति प्रतिवेदन लिने र अनुगमन गर्ने।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा विपद्सँग सम्बन्धित अन्य निकायहरूसँग समन्वय गर्ने र विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- दिगो विकासको लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरू हासिल भए नभएको सम्बन्धमा नतिजा सूचकका आधारमा प्रतिवेदन गर्ने।
- विकास आयोजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी भएका निकायले प्रभावकारी रूपमा अनुगमन गरे नगरेको विषयमा निगरानी गर्ने।
- सङ्घीय संसदका समितिहरूबाट प्राप्त दिगो विकास लक्ष्यसँग सम्बन्धित निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा अन्य आवश्यक कार्य गर्ने गराउने।
- नतिजा व्यवस्थापन, विपद् व्यवस्थापन तथा योजना अनुगमनसम्बन्धी तोकिएबमोजिमको अन्य आवश्यक कार्य गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
1.१.१ नतिजा व्यवस्थापन तथा विश्लेषण शाखा
- नेपाल सरकारका वार्षिक नीति कार्यक्रम र बजेटको कार्यान्वयन कार्ययोजना तथा कार्यसम्पादन सूचकसम्बन्धी कार्यविधि तथा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने गराउने।
- नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन कार्ययोजना तयारीमा सहजीकरण गर्ने र सोको कार्यान्वयन अवस्थाको अनुगमन तथा विश्लेषण सम्बन्धी कार्य गर्ने।
- विषयगत मन्त्रालय तथा निकायबाट सम्पादन हुनेगरी तोकिएका कार्यहरूको कार्यसम्पादन सूचक तयार गरी आवधिक रूपमा प्रगतिको मूल्याङ्कन गर्ने।
- नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, कार्यसम्पादन नतिजा सूचक र आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कनका लागि एकीकृत अनुगमन प्रणालीको विकास गरी प्रयोग गर्ने गराउने।
- नेपाल सरकारले सञ्चालन गरेका र एकभन्दा बढी प्रदेशमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको कार्यान्वयनमा सहजीकरण गर्ने एवम् अनुगमन गर्ने गराउने ।
- दिगो विकासको लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरू हासिल भए नभएको सम्बन्धमा नतिजा सूचकका आधारमा प्रतिवेदन गर्ने।
- विकास आयोजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी भएका निकायले प्रभावकारी रूपमा अनुगमन गरे नगरेको विषयमा निगरानी गर्ने।
- नतिजा विश्लेषण तथा व्यवस्थापन सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने।
1.१.२ तत्काल समस्या समाधान तथा विपद् समन्वय शाखा
- शासकीय व्यवस्था, विकास र सेवाप्रवाहमा रहेका समस्याको पहिचान, प्राथमिकीकरण, विश्लेषण र समाधानका विकल्पहरू तयार गर्ने।
- वृहत् आयोजनाहरू एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको सञ्चालनका क्रममा आएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीबाट भएका निर्देशन कार्यान्वयन गर्न सम्बन्धित निकायमा पठाउने र सो को प्रगति विवरण लिने।
- सूचना प्रविधि महाशाखासँग समन्वय गरी प्रत्यक्ष सम्वाद कक्ष (Action Room)को सञ्चालन र व्यवस्थापन गर्ने। सो कक्षबाट आयोजनाको अनुगमन गरी प्राप्त हुने निर्देशनको तत्काल कार्यान्वयनको व्यवस्था मिलाउने र सो को प्रतिवेदन लिने।
- विकास आयोजना र कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरूलाई सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग समन्वय गरी तत्काल समाधान गर्ने गराउने।
- सम्मानीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरूबीच कार्य सम्पादन करार गराउने र सो को पालनाको अनुगमन र प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवहरूबीच हुने कार्यसम्पादन करारको सूचक तयारी तथा सो पालनाको अनुगमन र प्रतिवेदन सम्बन्धी कार्य गर्ने।
- केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालयको काममा सहयोग र समन्वय गर्ने।
- तत्काल समस्या समाधान उच्चस्तरीय समिति र तत्काल समस्या समाधान समितिको सचिवालयको रूपमा कार्य गर्ने।
- विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा विपद्सँग सम्बन्धित अन्य निकायहरूसँग समन्वय गर्ने ।
- तत्काल समस्या समाधान र विपद् समन्वयसम्बन्धी तोकिएका अन्य कार्य गर्ने।
1.१.३ योजना तथा अनुगमन शाखा
- नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने कार्यमा सहयोग गर्ने।
- कार्यालय र अन्तर्गत निकायको दीर्घकालीन एवम् आवधिक योजना तर्जुमामा सहजीकरण गर्ने।
- कार्यालय र अन्तर्गत निकायको आवधिक र वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने ।
- कार्यालय र अन्तर्गत निकायको वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनमा सहजीकरण गरी आवधिक रूपमा समीक्षा गर्ने ।
- कार्यालय र अन्तर्गत निकायको कार्यसम्पादन सूचक तयार गरी सोको आधारमा प्रगति प्रतिवेदन लिने र अनुगमन गर्ने।
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सचिवालयको रूपमा काम गर्ने।
- योजना, अनुगमन सम्बन्धी तोकिएबमोजिमको अन्य आवश्यक कार्य गर्ने।
1.२ सामाजिक तथा भौतिक पूर्वाधार विकास महाशाखा
- सामाजिक विकास र भौतिक पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयहरू तथा निकायहरूको नीति, कानुन, मापदण्ड र कार्यको विषयमा समन्वय, सहजीकरण, अनुगमन र विश्लेषण गर्ने।
- सामाजिक तथा भौतिक पूर्वाधार विकाससँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने ।
- सामाजिक तथा भौतिक पूर्वाधार विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहायता परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने ।
- मुलुकको सन्तुलित सामाजिक एवं भौतिक पूर्वाधार विकास, त्यसको गुणस्तरीयता र समन्यायिक उपभोगको अनुगमन गर्ने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूबाट सङ्कलित तथा प्रकाशित मुलुकका सामाजिक तथा भौतिक पूर्वाधार विकाससँग सम्बन्धित सूचना, तथ्याङ्क तथा प्रमुख सूचकहरूको अभिलेखन तथा विश्लेषण गर्ने ।
- सामाजिक तथा भौतिक पूर्वाधार विकाससँग सम्बद्ध मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी आवश्यकता अनुसार राय सुझाव पेश गर्ने।
- सामाजिक तथा भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका विभिन्न मन्त्रालय, समिति, परिषद्, कार्यदलबाट तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी आवश्यकता अनुसार राय सुझाव पेश गर्ने।
- सामाजिक विकास तथा भौतिक पूर्वाधारसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरूको कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने।
- सामाजिक न्याय तथा सामाजिक सुरक्षाका नीति तथा योजनाको अध्ययन, विश्लेषण र प्रतिवेदन गर्ने।
- सामाजिक रुपान्तरणका लागि समाजमा विद्यमान जातीय भेदभाव, छुवाछुत, अपाङ्ग भएका व्यक्तिहरूमा भएको विभेदलगायतका विकृति, विसङ्गतिको अन्त्य गर्न क्षेत्रगत मन्त्रालय/निकायसँग समन्वय र सहकार्य गर्ने।
- सामाजिक न्याय तथा सुरक्षाको प्रवर्द्धनका लागि सबै सामाजिक समूह, लिङ्ग, वर्ग र क्षेत्रका विषयहरूको सम्बोधनसम्बन्धी कार्यको अनुगमन गर्ने।
- गैरसरकारी संस्थाको नियमन र मापदण्डसम्बन्धी कार्यहरूको अनुगमन, समन्वय र सहजीकरण गर्ने।
- सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय, सहकार्य र पहलमा महिला, बालबालिका, जेष्ठ नागरिक, श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी नवीन नीति र सुधारका लागि सहजीकरणको कार्य गर्ने।
- नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धित मौलिक हक, अधिकार, नीति र कर्तब्य अनुरूप सम्बद्ध निकायले गरेको कार्यको अनुगमन गर्ने।
- शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा लगायत सामाजिक विकाससम्बन्धी मन्त्रालयहरूका कार्यमा समन्वय, अनुगमन तथा सहजीकरण गर्ने।
- भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, सहरी विकास, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी मन्त्रालयहरूका कार्यमा समन्वय, अनुगमन तथा सहजीकरण गर्ने।
- राष्ट्रिय गौरवलगायत प्राथमिकताप्राप्त विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनमा देखापरेका समस्याको बारेमा नियमित प्रतिवेदन लिने। त्यस्ता आयोजनाहरूको आवश्यकता अनुसार उच्च पदाधिकारीहरू समेतबाट स्थलगत अनुगमन गरी गराई देखिएका समस्याको समाधानका लागि आवश्यक कार्य गर्ने गराउने।
- लगानी बोर्ड र नेपाल ट्रष्टसम्बन्धी कार्य गर्ने।
- सङ्घीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
1.२.१ सामाजिक विकास शाखा
- सामाजिक विकास क्षेत्र (महिला, बालबालिका, तथा जेष्ठ नागरिक ; श्रम, रोजगार तथा सामाजिक सुरक्षा ; शिक्षा विज्ञान तथा प्रविद्यि ; स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद) सम्बन्धी नीति, कानुन र मापदण्डका विषयमा समन्वय, सहजीकरण, अनुगमन र विश्लेषण गर्ने।
- सामाजिक विकास क्षेत्रसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको सम्पर्क शाखाको रुपमा कार्य एवं समन्वय र अनुगमनसम्बन्धी कार्य गर्ने।
- सामाजिक विकास क्षेत्रका मन्त्रालयहरूबाट मन्त्रिपरिषद्मा निर्णयको लागि पेस हुने नीतिगत विषयमा आवश्यकता अनुसार राय परामर्श दिने।
- सामाजिक रुपान्तरणका लागि समाजमा विद्यमान जातीय भेदभाव, छुवाछुत, अपाङ्गता भएका व्यक्तिहरूमा भएको विभेदलगायतका विकृति, विसङ्गतिको अन्त्य गर्न क्षेत्रगत मन्त्रालय/निकायसँग समन्वय र सहकार्य गर्ने।
- सामाजिक न्याय तथा सामाजिक सुरक्षासम्बन्धी नीति तथा योजनाको अध्ययन, विश्लेषण र प्रतिवेदन गर्ने।
- गैरसरकारी संस्थाको नियमन र मापदण्डसम्बन्धी कार्यहरू गर्ने, गराउने।
- सरकारी, गैरसरकारी संस्थासँग समन्वय, सहकार्य र पहलमा यस क्षेत्रसँग सम्वन्धित नवीन नीति र सुधारका लागि सहजीकरणको कार्य गर्ने।
- नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धित मौलिक हक, अधिकार, नीति र कर्तब्य अनुरूप सम्बद्ध निकायले गरेको कार्यको अनुगमन गर्ने।
- सामाजिक क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका विभिन्न मन्त्रालय, समिति, परिषद्, कार्यदलद्वारा तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी सुझाव पेस गर्ने।
- सङ्घीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने गराउने।
- सामाजिक विकास क्षेत्रसँग सम्बन्धित तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने।
1.२.२ भौतिक पूर्वाधार विकास शाखा
- भौतिक पूर्वाधार (भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, खानेपानी, सहरी विकास तथा सञ्चार) क्षेत्रमा राज्यले अवलम्बन गरेका राष्ट्रिय नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने।
- भौतिक पूर्वाधार क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क तथा प्रकाशित प्रतिवेदनहरूको सङ्कलन, अध्ययन र विश्लेषण गर्ने।
- भौतिक पूर्वाधार क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने।
- भौतिक पूर्वाधार क्षेत्रसम्बन्धी राष्ट्रिय नीतिहरूको अन्तर-सम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने।
- भौतिक पूर्वाधार क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने।
- भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धित सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी कार्यको अनुगमन गर्ने।
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र लगानी बोर्डको कार्यमा सहजीकरण गर्ने।
- भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
- भौतिक पूर्वाधार क्षेत्रको विकाससम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।
1.३. आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा
- आर्थिक विकास क्षेत्र (अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण) का मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने ।
- राज्यले अवलम्बन गरेका आर्थिक मामिलासँग सम्बन्धित नीतिहरूको अध्ययन, विश्लेषण गरी तिनको कार्यान्वयनको स्थिति र समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने तथा आवश्यकता अनुसार परिमार्जन गर्न राय दिने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूबाट मुलुकका समष्टिगत आर्थिक क्षेत्रहरूसम्बन्धी सङ्कलित तथा प्रकाशित सूचना, तथ्याङ्क तथा प्रमुख सूचकहरूको अभिलेखन तथा विश्लेषण गर्ने।
- आर्थिक विकास क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्कको सङ्कलन र विश्लेषण गर्ने, गराउने।
- उद्यमशिलता तथा रोजगार प्रवर्द्धनसँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यतासम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- आर्थिक विकास क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने ।
- मुलुकको समग्र औद्योगिक विकास र रोजगारी प्रवर्द्धनका लागि स्वदेशी तथा वैदेशिक लगानी र सहयोग रकम परिचालनका रणनीतिहरू तर्जुमा तथा कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्ने।
- मुलुकको आन्तरिक तथा बाह्य व्यापारको स्थिति र त्यसलाई व्यवस्थित र सन्तुलित गराउने सम्बन्धमा भए गरेका कार्यहरूको नियमित अनुगमन गरी व्यापार प्रवर्द्धनका लागि समन्वय तथा सहजीकरण गर्ने ।
- अर्थतन्त्रका आधारहरूबीचको अन्तरसम्बन्धलाई विश्लेषण गरी समन्वय कायम गर्ने, गराउने।
- अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय; नीति अनुसन्धान प्रतिष्ठान र गरिबी निवारण कोषको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने एवं समन्वय, अनुगमन तथा सहजीकरण गर्ने।
- अर्थतन्त्रको सुधारका लागि सरकारी, निजी एवं सहकारी क्षेत्र, विकास साझेदारहरू, बैङ्क तथा वित्तीय क्षेत्र लगायतका सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यकता अनुसार सहजीकरण गर्ने।
- वित्त तथा मौद्रिक नीति तर्जुमा, कार्यान्वयन तथा अनुगमन मुल्याङ्कनसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने।
- राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालय र नीति अनुसन्धान प्रतिष्ठानसँग समन्वय गरी नीति कार्यान्वयन पक्षको परीक्षण (Policy Auditing) तथा नीति कार्यान्वयनको प्रभावकारिता अध्ययन गर्ने।
- सार्वजनिक नीतिको तर्जुमा, विश्लेषण, कार्यान्वयन तथा अनुगमन एवं मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउन नीति प्रयोगशालाको स्थापना तथा व्यवस्थापन गर्ने।
- नेपाल सरकारका विद्यमान नीतिहरू सङ्कलन तथा वर्गीकरण गरी अभिलेख राख्ने।
- महत्त्वपूर्ण आर्थिक एवं सामाजिक गतिविधिहरूको तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि तथ्याङ्क बैंक (Data Bank) अद्यावधिक गर्ने। राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको समन्वयमा एकीकृत राष्ट्रिय तथ्याङ्क प्रणाली सुदृढ बनाउने।
- राष्ट्रिय तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, उत्पादन, प्रबोधीकरण तथा प्रयोगसम्बन्धी नीतिगत, संस्थागत एवं अन्य आवश्यक कार्यमा समन्वय एवं सहजीकरण गर्ने गराउने।
- कार्यालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने।
- सङ्घीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
1.३.१ आर्थिक मामिला शाखा
- आर्थिक मामिला क्षेत्र ( अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण र गरिबी निवारण कोष) सँग सम्बन्धित राज्यका नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने, गराउने।
- आर्थिक मामिला क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क तथा प्रकाशित प्रतिवेदनहरूको सङ्कलन, अध्ययन अनुसन्धान एवं विश्लेषण गर्ने, गराउने।
- आर्थिक मामिला क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग सहकार्य तथा सहजीकरण गर्ने।
- आर्थिक मामिला क्षेत्रसँग सम्बन्धित सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्थाको अनुगमन गर्ने।
- आर्थिक मामिला क्षेत्रसम्बद्ध मन्त्रालयहरूको सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।
- आर्थिक विकास, औद्योगिक विकास, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धनसँग सम्बन्धित राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने।
- अर्थतन्त्रको सुधारका लागि सरकारी, निजी र सहकारी क्षेत्र एवं विकास साझेदारहरू, बैङ्क तथा वित्तीय क्षेत्र लगायतका सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यकता अनुसार सहजीकरण गर्ने।
- वित्त तथा मौद्रिक नीति तर्जुमा, कार्यान्वयन तथा अनुमगन मुल्याङ्कन सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने, गराउने।
- आर्थिक मामिला क्षेत्रमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
1.३.२ नीति विश्लेषण तथा समन्वय शाखा
- आर्थिक, सामाजिक, भौतिक पूर्वाधारलगायत विविध क्षेत्रमा नेपाल सरकारले लिने नीतिहरूका सम्बन्धमा अध्ययन/विश्लेषण र समन्वय गर्ने गराउने सम्बन्धी कार्य गर्ने।
- नेपाल सरकारले जारी गरेका विद्यमान नीतिहरूको अध्ययन, विश्लेषण गरी आवश्यक परिमार्जनको लागि राय पेश गर्ने।
- सार्वजनिक नीतिका सम्बन्धमा सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय गर्ने।
- राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नीति कार्यान्वयन पक्षको परीक्षण (Policy Auditing) तथा नीति कार्यान्वयनको प्रभावकारिता अध्ययन गर्ने।
- नेपाल सरकारका विद्यमान नीतिहरू सङ्कलन तथा वर्गीकरण गरी अभिलेख राख्ने।
- राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
- नेपाल सरकारको वार्षिक, मध्यकालीन र दीर्घकालीन नीतिलगायत अन्य विभिन्न नीतिहरूको कार्यान्वयनको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने।
- राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यताको पहिचान गर्ने तथा मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन एवं विश्लेषण गरी आवश्यकता अनुसार राय दिने।
- सार्वजनिक नीतिको तर्जुमा विश्लेषण कार्यान्वयन तथा अनुगमन एवं मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउन नीति प्रयोगशाला (Policy Lab)को स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्ने।
- नीति विश्लेषणका क्षेत्रमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
1.३.३ तथ्याङ्क तथा अभिलेख व्यवस्थापन शाखा
- राष्ट्रिय तथ्याङ्क कार्यालय तथा अन्य निकायबाट भएका गणना, सर्वेक्षण र विभिन्न सरकारी निकायहरूले व्यवस्थापन सूचना प्रणालीमार्फत सङ्कलन गरेका प्रमुख सूचनाहरूको एकीकृत भण्डारण गरी अध्ययन तथा विश्लेषण गर्ने।
- सरकारको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, योजना, बजेट तथा कार्यक्रमहरूको आवधिक प्रगति सङ्ग्रह गरी अभिलेख राख्ने ।
- क्षेत्रगत र नीतिगत विकासका पक्षहरू, आर्थिक एवं सामाजिक रूपान्तरणलगायत राष्ट्रमा उत्पादन भएका तथ्याङ्कको सङ्ग्रह एवं विश्लेषण गर्न तथ्याङ्क बैङ्कको व्यवस्थापन गर्ने।
- राष्ट्रिय तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, उत्पादन, प्रबोधीकरण तथा प्रयोगको क्षमता विकाससम्बन्धी कार्य गर्ने गराउने।
- राष्ट्रिय तथ्याङ्क कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
- सङ्कलित तथ्याङ्क तथा सूचनालाई तथ्यपरक नीति निर्माण तथा अन्य प्रयोजनमा उपयोग बढाउन सम्बन्धित शाखा/महाशाखालाई उपलब्ध गराउने।
- नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, आलेख तथा अन्य महत्त्वपूर्ण कागजातहरू, प्रतिबद्धताहरू, निर्देशन, परिपत्रको सुरक्षित व्यवस्थापन गर्ने र कागजातको औचित्य हेरी अभिलेखको लागि राष्ट्रिय अभिलेखालयमा पठाउने।
- यस कार्यालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने तथ्याङ्क सम्बन्धी नीति तथा दीर्घकालिन योजनाहरूको अध्ययन एवं विश्लेषण गरी आवश्यकता अनुसार राय दिने।
- तथ्याङ्क संकलन, उपयोग सार्वजनिकरणसम्बन्धी तोकिएबमोजिम अन्य आवश्यक कार्य गर्ने।