नेपाल सरकार (मन्त्रिपरिषद्) को कार्यक्षेत्रलाई विभिन्न मन्त्रालयहरूबीच बाँडफाँड गर्न र सरकारका कामकारबाहीलाई व्यवस्थित बनाई कार्यसम्पादनमा विशिष्टता हासिल गर्ने उद्देश्यले नेपाल सरकार (कार्यविभाजन) नियमावलीको व्यवस्था गरिएको छ । नेपाल सरकार (कार्यविभाजन)नियमावली, २०७४ को व्यवस्था अनुसार यस कार्यालयबाट सम्पादन हुने कार्यहरू देहायवमोजिम तोकिएका छन्:

  • मन्त्रिपरिषद् सम्बन्धी;
  • नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन;
  • नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन;
  • नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन;
  • नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय;
  • नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
  • प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत;
  • सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी;
  • मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय;
  • शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र प्रशासनिक सुधार;
  • द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन;
  • सङ्घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य;
  • प्रधानमन्त्रीको सम्पर्क र सञ्चार;
  • प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
  • मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समन्वय र प्रतिवेदन;
  • भ्रष्टाचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन;
  • राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी;
  • संवैधानिक परिषद्;
  • सङ्घीयसंसद्को अधिवेशन आह्वान र अन्त्य;
  • प्रदेश प्रमुखसम्बन्धी;
  • परराष्ट्र तथा सुरक्षा मामिला;
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग;
  • लोक सेवा आयोग;
  • राष्ट्रिय मानव अधिकार आयोग;
  • महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय;
  • राष्ट्रिय योजना आयोग;
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण;
  • लगानी बोर्ड;
  • राष्ट्रिय सतर्कता केन्द्र;
  • सार्वजनिक खरिद अनुगमन कार्यालय;
  • नेपाल ट्रष्टको कार्यालय;
  • गरिबी निवारण कोष;
  • राष्ट्रिय अनुसन्धान विभाग;
  • सम्पत्ति शुद्धीकरण विभाग;
  • राजस्व अनुसन्धान विभाग;
  • विषय विज्ञ समूह;
  • राष्ट्रिय तथा अन्तर प्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन;
  • प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड;
  • गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड;
  • भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनर्निर्माणसम्बन्धी निकायहरू र सोसम्बन्धी नीति, कानून र मापदण्ड;
  • विपद् व्यवस्थापनसम्बन्धी समन्वय;
  • प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्चालन;
  • अदालतको फैसला कार्यान्वयन तथा अनुगमन;
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन;
  • नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन;
  • प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू;
  • अवशिष्ट अधिकारको प्रयोग