. शासकीय मामिला क्षेत्र

शासकीय मामिला क्षेत्र अन्तर्गत मन्त्रिपरिषद् बैठक तथा संबैधानिक निकाय महाशाखा, प्रशासन महाशाखा, सुशासन तथा राष्ट्रिय सुरक्षा समन्वय महाशाखा र डिजिटल शासन तथा सूचना प्रविधि महाशाखा गरी ४ वटा महाशाखाहरु रहेका छन्।शासकीय मामिला क्षेत्र र अन्तर्गतका महाशाखा र शाखाहरुको कार्यविवरण देहायबमोजिम रहेको छ।

शासकीय मामिला क्षेत्रबाट सम्पादन हुने कार्यहरू

  • मन्त्रिपरिषद् सम्बन्धी;
  • नेपाल सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली तर्जुमा र कार्यान्वयन;
  • नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन;
  • नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन;
  • नेपाल सरकारका शासकीय मामिला क्षेत्रका मन्त्रालयहरूको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय;
  • प्रचलित कानून बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखतसम्बन्धी कार्य गर्ने;
  • मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक अवस्था, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय;
  • शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र शासकीय सुधारसम्बन्धी नीति, योजना र समन्वय
  • सङ्घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य;
  • प्रधानमन्त्रीको सम्पर्क र सञ्चार;
  • प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
  • भ्रष्टाचार नियन्त्रण तथा सदाचार सम्बन्धी नीति, रणनीति र कानून कार्यान्वयन;
  • सङ्घीय संसदको अधिवेशन आह्वान र अन्त्य;
  • प्रदेश प्रमुखसम्बन्धी;
  • परराष्ट्र तथा सुरक्षा मामिला;
  • राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी;
  • संवैधानिक परिषद्;
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग;
  • लोक सेवा आयोग;
  • राष्ट्रिय अनुसन्धान विभाग;
  • राष्ट्रिय सतर्कता केन्द्र;
  • सार्वजनिक खरिद अनुगमन कार्यालय;
  • विषय विज्ञ समूह;
  • प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्चालन;
  • सूचना प्रविधि तथा विद्युतीय शासन सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन तथा नियमन;
  • सूचना प्रविधिको प्रवर्द्धन;
  • सूचना प्रविधिसम्बन्धी संस्थाहरू;
  • साइबर सुरक्षा, डाटा सुरक्षा, डाटा गभर्नेन्स;
  • कृत्रिम बुद्धिमत्ता (एआई);
  • सूचना प्रविधि तथा विद्युतीय डिजिटल शासन;
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धीत सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्ड, केन्द्र, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
  • नेपाल न्याय सेवाको सरकारी वकील समूहको सेवा सञ्चालन;
  • प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड;
  • सार्वजनिक खरिद सम्बन्धी नीति, कानून र मापदण्ड;
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू;
  • अवशिष्ट अधिकारको प्रयोग ।

.. मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखा

  • मन्त्रिपरिषद्मा पेस हुने प्रस्ताव तथा बैठकको कार्यसूची तयारी, बैठकको निर्णय लेखन, सोको अभिलेखन तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
  • मन्त्रिपरिषद् समितिमा पेस हुन आउने प्रस्ताव, बैठकको कार्यसूची निर्णय तयारीसम्बन्धी कार्य गर्ने।
  • मन्त्रिपरिषद्बाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको अनुगमन प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
  • संवैधानिक परिषद्को बैठक व्यवस्थापन, बैठकको निर्णय अभिलेख व्यवस्थापन, सञ्चार, संसदीय सुनुवाइ, नियुक्ति तथा अवकाशसम्बन्धी कार्य गर्ने।
  • संवैधानिक निकायहरूसँग सम्बन्धीत कार्यहरूमा समन्वय एवं सहजीकरण गर्ने।
  • संवैधानिक निकायहरूले पेस गर्ने प्रतिवेदन सङ्कलन, अभिलेख व्यवस्थापन तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
  • संवैधानिक निकायमा नियुक्ति हुन सक्ने सम्भाव्य उम्मेदवारको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • राजदूत गैरआवासीय राजदूत नियुक्ति, सिफारिस सहमतिसम्बन्धी कार्यमा सहयोग गर्ने।
  • मन्त्रिपरिषद्बाट हुने राजनैतिक नियुक्तिसम्बन्धी कार्यमा सहयोग गर्ने।
  • राष्ट्रपति, उपराष्ट्रपति संवैधानिक निकायसँग सम्बद्ध कार्य गर्ने।
  • मन्त्रीको शपथग्रहण, राजीनामा, पदमुक्ति कार्यभारसम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयहरूको गठन, विघटन तथा सङ्गठन संरचना हेरफेरसम्बन्धी कार्य गर्ने।
  • सङ्घीय संसदको अधिवेशन आह्वान अन्त्यसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्ने।
  • प्रमाणीकरण गरिएका सरकारी कागजात अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • मन्त्रिपरिषद् यसका समितिहरूको बैठक व्यवस्थापनसम्बन्धी आवश्यक कार्यहरू गर्ने।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।

१.१.१ मन्त्रिपरिषद् बैठक शाखा

  • मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको दर्ता, बैठकको कार्यसूची तयारी, बैठकको निर्णय लेखन, सोको अभिलेखसम्बन्धी कार्य गर्ने।
  • नेपाल सरकार (कार्यसम्पादन) नियमावली बमोजिम प्रस्ताव तयार गर्न मन्त्रालयहरूलाई सहजीकरण गर्ने।
  • मन्त्रिपरिषद्बैठकको एजेण्डा लगायतका कागजातको अभिलेख राख्ने धुल्याउनेसम्बन्धी कार्य गर्ने।
  • मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरूलाई जानकारी गराउने कार्यमा सहजीकरण गर्ने।
  • मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालयका सचिवलाई पठाउने।
  • मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा अद्यावधिक गर्ने।
  • मन्त्रिपरिषद्को तर्फबाट जारी गर्नुपर्ने प्रेस विज्ञप्ति, सूचना, समाचार आदि तयारीसम्बन्धी कार्य गर्ने।
  • राजदूत गैरआवासीय राजदूत नियुक्ति, सिफारिस सहमति तथा संसदीय सुनुवाइसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
  • मन्त्रीको शपथग्रहण, राजीनामा, पदमुक्ति विभागीय मन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीलाई कार्यभार तोक्नेसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
  • सङ्घीय संसदको अधिवेशन आह्वान अन्त्यसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्ने।
  • प्रमाणीकरण गरिएका सरकारी कागजात अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • मन्त्रिपरिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।

१.१.२ मन्त्रिपरिषद् समिति, संवैधानिक निकाय तथा निर्णय कार्यान्वयन शाखा

  • मन्त्रिपरिषद्समितिमा पेस हुने प्रस्ताव तथा कार्यसूचीको तयारी, बैठकको निर्णय लेखन, निकासा सोको अभिलेखसम्बन्धी कार्य गर्ने।
  • संवैधानिक परिषद्को बैठक व्यवस्थापन, बैठकको निर्णय अभिलेखन तथा सञ्चार, संसदीय सुनुवाइ तथा नियुक्ति अवकाशसम्बन्धी कार्य गर्ने।
  • संवैधानिक निकायमा नियुक्ति हुने सम्भाव्य उम्मेदवारको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • संवैधानिक निकायका पदाधिकारीहरूबाट प्राप्त सम्पत्ति विवरण अभिलेख व्यवस्थापनका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखामा पठाउने।
  • संवैधानिक निकायका पदाधिकारीहरूको राजीनामा अवकाशसम्बन्धी कार्यमा समन्वय गर्ने।
  • संवैधानिक निकायहरूको प्रतिवेदन सङ्घीय संसद्मा पठाउनेसम्बन्धी कार्य गर्ने।
  • मन्त्रिपरिषद् समिति संवैधानिक परिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने।
  • मन्त्रिपरिषद्बाट भएको निर्णय कार्यान्वयनसम्बन्धी कार्ययोजना तयार गर्ने।
  • मन्त्रिपरिषद्बाट भएका निर्णयको कार्यान्वयन अवस्था प्रगतिको अनुगमन गरी प्रतिवेदन तयार गर्ने।
  • निर्णय कार्यान्वयनको क्रममा आइपरेका समस्याहरूको पहिचान, समाधानका उपायहरूको खोजी सहजीकरण गर्ने।
  • मन्त्रिपरिषद्ले गरेका राजनैतिक नियुक्तिको अभिलेख तथा विवरण अद्यावधिक गर्ने।
  • मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।

१.२ प्रशासन महाशाखा

प्रशासन महाशाखा अन्तर्गत प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, प्रधानमन्त्री सचिवालय व्यवस्थापन (प्र म निवास) शाखा तथा सूचना, प्रेस तथा संसद समन्वय शाखा गरी ४ वटा शाखाहरु रहने छन् । प्रशासन महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण देहायबमोजिम रहनेछ।

  • कार्यालय मातहतका विभागको संगठन संरचना जनशक्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • कार्यालय अन्तर्गतका निकायहरूको संगठन संरचना जनशक्ति व्यवस्थापन एवं आर्थिक तथा प्रशासनिक कार्यमा समन्वय सहजीकरण गर्ने
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय, निजी सचिवालय प्रधानमन्त्री निवासमा रहेको सचिवालयको काममा सहजीकरण समन्वय गर्ने।
  • कार्यालयको वार्षिक बजेट तर्जुमा गर्ने, आम्दानी खर्च धरौटीको हिसाब राख्ने, फाँटवारी तथा आर्थिक विवरण तयार गरी सम्बन्धीत निकायमा पेश गर्ने, सोधभर्ना सम्बन्धी कार्य गर्ने, बेरूजुको लगत राख्ने, बेरूजु फर्छ्यौट गर्ने केन्द्रीय लेखा तयार गर्ने
  • कार्यालयमा वित्तीय अनुशासन कायम गर्ने, सार्वजनिक खरिद, दैनिक आर्थिक प्रशासन सञ्चालन जिन्सी व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने।
  • सिंहदरबारभित्रको सरसफार्इ व्यवस्थापनको अनुगमनसम्बन्धी कार्य गर्ने।
  • कार्यालयको कार्यसञ्चालनको सिलसिलामा आवश्यक विभिन्न विज्ञ सेवाहरू आपूर्तिसम्बन्धी कार्य गर्ने।
  • कार्यालय व्यवस्थापन दैनिक सामान्य प्रशासन सञ्चालनसम्बन्धी आवश्यक कार्य गर्ने।
  • कार्यालयको सूचना तथा सञ्चार सम्बन्धी कार्य गर्ने।
  • कार्यालयको सूचना समयबद्ध प्रकाशन तथा प्रसारण गर्ने, गराउने।
  • सूचनामा नागरिकको पहुँच सरल सहज बनाउन नेपाल सरकारका अन्य निकायहरूसँग समेत समन्वय गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने।
  • प्रधानमन्त्रीको मन्तव्य, शुभकामना लगायतका सामग्री तयारीमा संयोजन समन्वय गर्ने एवं सङ्घीय संसदमा उठेका सरोकारहरूको जवाफ तयारीसम्बन्धी कार्य गर्ने।
  • लोक सेवा आयोग, महालेखापरीक्षकको कार्यालय, राष्ट्रिय सूचना आयोग, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुमगन कार्यालय तथा सङ्घीय संसद सचिवालयसँगको सम्पर्क निकायको रुपमा कार्य गर्ने।
  • नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन गर्ने।
  • सरकारी कागजात धुल्याउनेसम्बन्धी कार्य गर्ने
  • सङ्घीय संसदको सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
  • अन्य महाशाखाको कार्यविवरणमा नपरेका कार्यालयसम्बन्धी कार्यहरू गर्ने

१.२.१ प्रशासन शाखा

  • कार्यालयको संगठन संरचना सम्बन्धी कार्य गर्ने।
  • कार्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • कर्मचारीको नियुक्ति, सरुवा, काज, कार्यसम्पादन मूल्याङ्कन, हाजिरी, बिदा, बढुवा, पुरस्कार, विभागीय कारवाही, निवृत्तिभरण, अवकाश उपदानलगायत जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने।
  • कार्यालयका विभिन्न पदाधिकारी कर्मचारीहरूको कार्यविवरण जिम्मेवारी तोक्नेसम्बन्धी कार्य गर्ने।
  • कर्मचारीहरूको हाजिरी तथा सोको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • कार्यालय अन्तर्गतका निकायहरूको जनशक्ति व्यवस्थापन एवं प्रशासनिक कार्यहरूमा समन्वय सहजीकरण गर्ने
  • कार्यालय अन्तर्गतका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई स्वदेशी तथा वैदेशिक तालिम, छात्रवृति भ्रमणमा मनोनयन एवं सोको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • निजामती सेवा पुरस्कार लगायत अन्य पुरस्कार पदकको सिफारिससम्बन्धी कार्य गर्ने।
  • कार्यालय कार्यालय परिसर सरसफाइ तथा सुरक्षा सम्बन्धी कार्य गर्ने।
  • कार्यालयको लागि आवश्यक पर्ने वस्तु तथा सेवाको खरिद योजनाको तयारी, सार्वजनिक खरिद, मौज्दातबाट खर्च गर्ने अनुमति, जिन्सी अभिलेख अद्यावधिक एवं निरीक्षण सोको प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
  • सरकारी कागज धुल्याउनेसम्बन्धी कार्य गर्ने।
  • विषयगत विज्ञहरूको व्यक्तिगत विवरण तयारी, माग आवश्यकताका आधारमा विज्ञहरूको नियुक्ति तथा उनीहरूको पारिश्रमिक सुविधाको मापदण्ड लगायत विज्ञ व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने।
  • विषय विज्ञबाट प्राप्त अध्ययन, अनुसन्धानसम्बन्धी प्रतिवेदन तथा अन्य दस्तावेजको अभिलेख राख्ने।
  • कार्यालयको पुस्तकालय व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजना हुने विभिन्न समारोह तथा कार्यक्रमको व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • प्रधानमन्त्रीको निजी सचिवालय प्रधानमन्त्रीको सरकारी निवासको भौतिक व्यवस्थापनमा सहजीकरण गर्ने।
  • कार्यालय तथा कार्यालय परिसरको मर्मत सम्भार, रङ्गरोगन, सरसफाइ, हरियाली प्रवर्द्धन, बगैंचा व्यवस्थापन तथा आन्तरिक सजावटसम्बन्धी कार्य गर्ने।
  • सिंहदरबारभित्रको सरसफार्इ व्यवस्थापनको अनुगमनसम्बन्धी कार्य गर्ने।
  • टेलिफोन, धारा, विद्युत आपूर्ति खानेपानीसम्बन्धी कार्य अन्य आवश्यक वस्तु तथा सेवा खरिद व्यवस्थापन भण्डारणसम्बन्धी कार्य गर्ने।
  • सवारी साधन व्यवस्थापन, मर्मत सम्भार एवं इन्धन व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने।
  • कार्यालयको सम्पत्तिको संरक्षण मर्मत सम्भारसम्बन्धी कार्यहरू गर्ने।
  • कार्यालयका जिन्सी सामग्रीको अभिलेख, जिन्सी निरीक्षण, मर्मत संभार, लिलामी तथा मिन्हा सम्बन्धी कार्य गर्ने।
  • कार्यालयको सवारी साधन पार्किङ्ग, कार्यालय लेआउट चमेनागृह व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • कार्यालयमा प्रयोग हुने विभिन्न उपकरण र मेसिनरी औजारको मर्मत सम्भारसम्बन्धी कार्य गर्ने।
  • कार्यालयका चिठीपत्रहरूको दर्ता चलानी व्यवस्थापन र GIOMS सम्बन्धी कार्य व्यवस्थापन गर्ने
  • लोक सेवा आयोग, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सार्वजनिक खरिद अनुगमन कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
  • नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालनको व्यवस्थापन गर्ने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी कार्यहरू गर्ने।
  • अन्य शाखाको कार्य विवरणमा नपरेका कार्यालयसम्बद्ध कार्यहरू गर्ने।

१.२.२ सूचना, प्रेस तथा संसद समन्वय शाखा

  • कार्यालयको सूचना तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
  • कार्यालयको सहायक प्रवक्ता एवं सूचना अधिकारीको रुपमा कार्य गर्ने।
  • कार्यालयको तर्फबाट आयोजना हुने प्रेस मिटको संयोजन सम्बन्धी कार्य गर्ने।
  • संसदमा सहभागी हुने, टिपोट गर्ने, संसदमा उठेका सरकार तथा कार्यालयसँग सम्बन्धीत विषयको जवाफ तयार गर्ने सम्बन्धी कार्य गर्ने।
  • प्रधानमन्त्रीले संसदमा व्यक्त गर्ने मन्तव्य, शुभकामना, प्रश्नोत्तर, लगायतका सामग्री तयारीसम्बन्धी कार्य गर्ने।
  • सूचना वर्गीकरण समितिको कार्यमा समन्वय सहजीकरण गर्ने एवम् कार्यालयको सूचना समयबद्ध प्रकाशन गर्ने।
  • सूचनामा नागरिकको पहुँच सरल सहज बनाउन नेपाल सरकारका अन्य निकायहरूसँग समेत समन्वय एवं सहजीकरण गर्ने।
  • सूचनाको हकसँग सम्बन्धीत कार्यालयबाट प्रकाशित हुने मासिक, आवधिक वार्षिक प्रतिवेदन प्रकाशन व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • कार्यालयबाट हुने पत्रकार भेटघाटसम्बन्धी कार्यको समन्वय सहजीकरण गर्ने
  • मिडिया सेन्टरको व्यवस्थापनसम्बन्धी कार्य गर्ने
  • राष्ट्रिय सूचना आयोग सङ्घीय संसद सचिवालयको सम्पर्क शाखाको रुपमा काम गर्ने।
  • प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा सूचना तथा सञ्चारसम्बन्धी विज्ञको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।

१.२.३. आर्थिक प्रशासन शाखा

  • कार्यालयका कर्मचारीहरूको तलवभत्ता, सञ्चयकोष, नागरिक लगानी कोष, बिमालगायत अन्य कोषसम्बन्धी कार्य गर्ने।
  • प्रधानमन्त्री, सल्लाहकार, निजी सचिवालयका कर्मचारीहरूको पारिश्रमिक सेवा सुविधा भुक्तानीसम्बन्धी कार्य गर्ने।
  • कार्यालय अन्तर्गतका निकायहरूको वार्षिक बजेट तयारी गर्ने/गराउने एवम् बजेट कार्यान्वयनमा सम्बन्धीत शाखासँग समन्वय सहजीकरण गर्ने।
  • कार्यालयको दैनिक आर्थिक प्रशासन सञ्चालनसम्बन्धी कार्य गर्ने।
  • आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई वित्तीय अनुशासन कायम गर्ने
  • आर्थिक विषयमा राय परामर्श उपलब्ध गराउने।
  • प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष, प्रधानमन्त्री दैवी प्रकोप राहत कोष लगायतका कोषहरूको सञ्चालन तथा लेखा राख्ने।
  • कार्यालयको आम्दानी, खर्च धरौटीको हिसाब राख्ने, फाँटवारी तथा आर्थिक विवरण तयार गरी सम्बन्धीत निकायमा पेश गर्ने, सोधभर्नासम्बन्धी कार्य गर्ने, बेरूजुको लगत राख्ने, बेरूजु फर्छ्यौट तथा सम्परीक्षण गर्ने, केन्द्रीय लेखा तयार गर्ने आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउनेसम्बन्धी कार्य गर्ने।
  • महालेखापरीक्षकको कार्यालय महालेखा नियन्त्रकको कार्यालयको सम्पर्क शाखाको रूपमा कार्य गर्ने।
  • आर्थिक कारोबारको मासिक, चौमासिक, आवधिक वार्षिक प्रतिवेदन तयार गर्ने।
  • आर्थिक प्रशासन लेखा व्यवस्थापनसम्बन्धी आवश्यक अन्य कार्य गर्ने।

१.२.४. प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्रधानमन्त्री सरकारी निवास)

  • प्रधानमन्त्रीको सरकारी निवासमा खटिएका जनशक्तिको व्यवस्थापन गर्ने।
  • प्रधानमन्त्रीको सरकारी निवासमा हुने बैठक व्यवस्थापन गर्ने।
  • प्रधानमन्त्रीको सरकारी निवासको आन्तरिक सजावट, पानी, विद्युत, टेलिफोनलगायतका भौतिक सुविधाहरू सरसफाइसम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने।
  • प्रधानमन्त्रीको सरकारी निवासको मर्मत सम्भार कार्यमा सम्बन्धीत मन्त्रालयसँग समन्वय सहजीकरण गर्ने।
  • प्रधानमन्त्रीको सरकारी निवासमा आवश्यक सवारी साधन इन्धनको व्यवस्थापनमा समन्वय गर्ने।
  • प्रधानमन्त्रीको सरकारी निवासको सुरक्षासम्बन्धी कार्यमा समन्वय गर्ने।
  • प्रधानमन्त्रीको सरकारी निवासको आन्तरिक व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा सचिवालय व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने।

१.३ सुशासन तथा राष्ट्रिय सुरक्षा समन्वय महाशाखा

सुशासन तथा राष्ट्रिय सुरक्षा समन्वय महाशाखा अन्तर्गत राष्ट्रिय सुरक्षा तथा प्रदेश समन्वय शाखा, सुशासन प्रवर्द्धन शाखा र हेलो सरकार शाखा गरी ३ वटा शाखाहरु रहने छन् । सुशासन तथा राष्ट्रिय सुरक्षा समन्वय महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण देहायबमोजिम रहनेछ।

  • शासकीय सुधारसम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, सहजीकरण तथा नियमनसम्बन्धी कार्य गर्ने
  • सार्वजनिक सेवालाई गुणस्तरीय, छिटो, छरितो चुस्त बनाई सुशासनको प्रत्याभूति दिनेसम्बन्धी कार्यको समन्वय, सहजीकरण अनुगमन गर्ने।
  • मुलुकको सार्वजनिक व्यवस्थापनको सुदृढीकरणका लागि अध्ययन, अनुसन्धान सुधारका क्षेत्रहरूको पहिचान एवम् सुधारसम्बन्धी कार्य गर्ने।
  • सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी गर्न आवश्यक नीति तथा रणनीति तर्जुमा, परिमार्जन विश्लेषण गरी कार्यान्वयन गर्ने, गराउने।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय सुरक्षा परिषद् राष्ट्रिय अनुसन्धान विभागको कार्यमा समन्वय, सहजीकरण अनुगमन गर्ने।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय लोकसेवा आयोगका वार्षिक प्रतिवेदनमाऔंल्याइएका सुझावहरू कार्यान्वयन गर्ने गराउने।
  • सदाचारिता प्रवर्द्धन भ्रष्टाचार नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीतिहरूको कार्यान्वयन, अनुगमन अन्तरतह समन्वय।
  • भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्‌घीय महासन्धिको कार्यान्वयनमा समन्वय तथा समकक्षी मूल्याङ्‌कन प्रक्रियासम्बन्धी कार्य गर्ने।
  • शासकीय सुधारसँग सम्बद्ध मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने।
  • नेपालको संविधानको धारा ५३ बमोजिम सम्माननीय राष्ट्रपतिमार्फत सङ्घीय संसदमा प्रस्तुत हुने प्रतिवेदनको विवरण सङ्कलन तथा तयारीसम्बन्धी कार्य गर्ने।
  • तहगत सरकारबीच अधिकार कार्यजिम्मेवारीको बाँडफाँटसम्बन्धी कार्य गर्ने गराउने।
  • संघ प्रदेश तथा प्रदेश-प्रदेशबीच समन्वयका लागि आवश्यक आधार तथा मापदण्ड तयार गर्ने।
  • अन्तरप्रदेश परिषद्को सचिवालय बैठक व्यवस्थापन, निर्णय कार्यान्वयनमा सहयोग¸ समन्वय सहजीकरण गर्ने।
  • अन्तरप्रदेश समन्वयका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने निर्णयसम्बन्धी कार्य
    गर्ने।
  • प्रदेश प्रमुख तथा प्रदेश प्रमुखको कार्यालय प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पर्क महाशाखाको रूपमा कार्य गर्ने एवं आवश्यक समन्वय सहजीकरण गर्ने।
  • प्रदेश तथा स्थानीय तह बीचका विवाद समाधानसम्बन्धी कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने।
  • प्रदेशका पदाधिकारी कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारणसम्बन्धी कार्य गर्ने।
  • प्रदेश स्थानीय तहमा सम्पत्ति, दायित्व तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा सहयोग, समन्वय सहजीकरण गर्ने।
  • संघ, प्रदेश स्थानीय तह बीच बहुआयामिक अन्तरसम्बन्ध कायम गर्ने सम्बन्धमा आवश्यक कार्य एवं संघ प्रदेशबीच अन्तरसरकारी सहयोग समन्वयसम्बन्धी कार्य गर्ने।
  • कार्यालयको तर्फबाट मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क तथा समन्वय गर्ने।
  • नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकका राजदूतले पेस गर्ने ओहदाको प्रमाणपत्र प्राप्तिसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
  • प्रधानमन्त्री संलग्न रहने विभिन्न वैदेशिक भ्रमण कार्यक्रम प्रधानमन्त्रीको निमन्त्रणामा हुने विदेशी मुलुकका सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमण कार्यक्रम व्यवस्थापनको समन्वय गर्ने।
  • सार्वजनिक सेवामा रहेका बहालवाला निवृत्त राष्ट्रसेवक कर्मचारीको गुनासो व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • राष्ट्रिय तथा आन्तरिक सुरक्षा राष्ट्रिय हितसम्बन्धी नीति, मापदण्ड योजना तथा नियमनसम्बन्धी कार्य एवं यससम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण, रेखदेख नियन्त्रण मूल्याङ्कन तथा तहगत प्रतिवेदन सम्बन्धी कार्यको समन्वय सहजीकरण गर्ने।
  • शान्ति द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यहरूको समन्वय सहजीकरण गर्ने।
  • शासकीय सुधारसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका सम्बद्ध मन्त्रालय, समिति, परिषद्, कार्यदलद्वारा तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी सुझाव पेस गर्ने।
  • संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रपतिबाट मनोनित तथा नियुक्त पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरू राष्ट्रिय योजना आयोगका सदस्यहरूको सम्पत्ति विवरण सङ्कलन तथा अभिलेख व्यवस्थापन गर्ने।
  • हेलो सरकारको संयन्त्र व्यवस्थापन, सञ्चालन विभिन्न माध्यमबाट प्राप्त गुनासो, सुझाव एवं उजुरीहरूको व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • सम्बन्धीत निकायमा कारबाहीका लागि पठाइएका गुनासा एवं उजुरीउपर भएको कारबाहीको प्रगतिको अनुगमन गर्ने प्रतिवेदन तयार गर्ने।
  • हेलो सरकार कार्यक्रमका कार्यहरूको व्यवस्थापन गर्ने हेलो सरकारमा आएका सम्पूर्ण गुनासा तथा सुझावहरूको तथ्याङ् भण्डार सुरक्षित राख्ने।
  • हेलो सरकार कार्यक्रमको कुशल विद्युतीय सञ्जाल स्थापना र सञ्चालन गर्ने, गराउने।
  • सङ्घीय संसदको सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।

१.३.१ राष्ट्रिय सुरक्षा तथा प्रदेश समन्वय शाखा

  • संघ प्रदेश तथा प्रदेश-प्रदेशबीच समन्वयका लागि आवश्यक आधार तथा मापदण्ड तयार तथा परिमार्जनसम्बन्धी कार्य गर्ने।
  • तहगत सरकारबीच अधिकार कार्यजिम्मेवारीको बाँडफाँटसम्बन्धी कार्य गर्ने।
  • अन्तरप्रदेश परिषद्को सचिवालय तथा राष्ट्रिय समन्वय परिषद्को सचिवालयको बैठक व्यवस्थापन, निर्णय कार्यान्वयनमा सहयोग¸ समन्वय सहजीकरण गर्ने।
  • अन्तरप्रदेश समन्वयका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने निर्णयसम्बन्धी कार्य
    गर्ने।
  • प्रदेश प्रमुख तथा प्रदेश प्रमुखको कार्यालय प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क, समन्वय एवं सहजीकरण गर्ने।
  • प्रदेश तथा स्थानीय तह बीचका विवाद समाधानसम्बन्धी कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने।
  • प्रदेशका पदाधिकारी कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारणसम्बन्धी कार्य गर्ने।
  • प्रदेश स्थानीय तहमा सम्पत्ति, दायित्व तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा सहयोग, समन्वय सहजीकरण गर्ने।
  • संघ, प्रदेश स्थानीय तह बीच बहुआयामिक अन्तरसम्बन्ध कायम गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने।
  • संघ प्रदेशबीच अन्तरसरकारी सहयोग समन्वयसम्बन्धी कार्य गर्ने।
  • कार्यालयको तर्फबाट मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क तथा समन्वय गर्ने।
  • नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकका राजदूतले पेस गर्ने ओहदाको प्रमाणपत्र प्राप्तिसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
  • प्रधानमन्त्री संलग्न रहने विभिन्न वैदेशिक भ्रमण कार्यक्रम व्यवस्थापनको समन्वय गर्ने।
  • प्रधानमन्त्रीको निमन्त्रणामा हुने सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमणको समन्वय गर्ने।
  • राष्ट्रिय तथा आन्तरिक सुरक्षा राष्ट्रिय हितसम्बन्धी नीति, मापदण्ड योजना तथा नियमनसम्बन्धी कार्य एवं यससम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण, रेखदेख नियन्त्रण, मूल्याङ्‌कन तथा तहगत प्रतिवेदन सम्बन्धी कार्यको समन्वय र सहजीकरण गर्ने।
  • शान्ति र द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यहरूको समन्वय गर्ने।
  • रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धीत कार्य गर्ने।
  • राष्ट्रिय तथा आन्तरिक सुरक्षासम्बन्धी कार्यको समन्वय, सहजीकरण र अनुगमन गर्ने।
  • राष्ट्रिय सुरक्षासम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।

१.३.२ सुशासन प्रवर्द्धन शाखा

  • सार्वजनिक प्रशासन सुधारसम्बन्धी नीति, कानून, मापदण्ड तथा कार्यक्रमको विश्लेषण एवं समीक्षा गरी परिमार्जन तथा सुधारको लागि सुझाव पेस गर्ने।
  • सार्वजनिक सेवालाई गुणस्तरीय, छिटो, छरितो चुस्त बनाई सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा सम्बन्धीत निकायहरूसँग समन्वय गर्ने।
  • सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी गर्न आवश्यक नीति तथा रणनीति तर्जुमा, परिमार्जन विश्लेषण गरी कार्यान्वयन गर्ने।
  • सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग राष्ट्रिय सतर्कता केन्द्रको सम्पर्क शाखाको रूपमा आवश्यक कार्यहरू गर्ने।
  • नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन सुशासन प्रतिवेदन तयारी गर्ने।
  • कर्मचारीको नेतृत्व मूल्याङ्कन समितिको सचिवालय शाखाको रूपमा आवश्यक कार्य गर्ने।
  • सङ्घीय संसदको सुशासन राज्य व्यवस्था समितिबाट भएका निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने।
  • भ्रष्टाचारजन्य तथा अनियमिततासम्बन्धी प्राप्त उजुरी व्यवस्थापन गर्ने।
  • सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी नेपाल सरकारको वार्षिक, मध्यकालीन दीर्घकालीन नीति तथा रणनीति तर्जुमा, परिमार्जन विश्लेषण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
  • भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको प्रावधान अनुरूप सिर्जित दायित्व पूरा गर्न तथा महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय सहजीकरण गर्ने।
  • सार्वजनिक क्षेत्रमा कार्यान्वयनमा रहेका मौजुदा आचारसंहिता आचरणसम्बन्धी मापदण्डहरूलाई सङ्घीय ढाँचा अनुरूप परिमार्जन गरी कार्यान्वयनमा ल्याउने।
  • संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रपतिबाट मनोनित तथा नियुक्त पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरू राष्ट्रिय योजना आयोगका सदस्यहरूको सम्पत्ति विवरण सङ्कलन तथा अभिलेख व्यवस्थापन गर्ने।
  • सार्वजनिक सेवामा रहेका बहालवाला निवृत्त राष्ट्रसेवक कर्मचारीको गुनासो व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानीसम्बन्धी तोकिएबमोजिम अन्य आवश्यक कार्य गर्ने।

१.३.३ हेलो सरकार शाखा

  • हेलो सरकार कक्षमा सञ्चार प्रणाली उपकरण एवं जनशक्तिको समुचित परिचालन गरी कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • टेलिफोन, सामाजिक सञ्जाल, पत्र, फ्याक्स, ईमेललगायत माध्यमहरूबाट प्राप्त व्यक्ति तथा संस्थाका गुनासा, सुझाव एवं उजुरीहरू सङ्कलन गर्ने अभिलेख राख्ने।
  • सङ्कलित गुनासा सुझावहरू अध्ययन गरी प्राथमिकता निर्धारण गरी निर्देशनसहित कार्यार्थ सम्बन्धीत निकायमा पठाउने।
  • प्रधानमन्त्री एवं मुख्यसचिवलाई सम्बोधन गरी प्राप्त भएका गुनासा, सुझाव एवं उजुरीहरू सम्बन्धीत तहमा पेस गरी निर्देशन बमोजिम कार्यार्थ सम्बन्धीत निकायमा पठाउने।
  • सम्बन्धीत निकायमा कारबाहीका लागि पठाइएका गुनासा एवं उजुरीउपर भएको कारवाहीको प्रगतिको अनुगमन गर्ने प्रतिवेदन तयार गर्ने।
  • हेलो सरकार कार्यक्रमका कार्यहरूको व्यवस्थापन गर्ने हेलो सरकारमा आएका सम्पूर्ण गुनासा तथा सुझावहरूको तथ्याङ् भण्डार सुरक्षित राख्ने।
  • गुनासो समाधानको लागि थप कार्य गर्नुपर्ने भएमा कार्ययोजना बनार्इ पेस गर्ने, स्वीकृत कार्ययोजनाको सम्पर्क बिन्दु (Focal Point) को रूपमा काम गर्ने।
  • हेलो सरकार कार्यक्रमको कुशल विद्युतीय सञ्जाल स्थापना गर्ने।
  • सङ्घीय संरचना अनुरुप हेलो सरकारका कार्यक्रमलार्इ प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्न समन्वय सहजीकरण गर्ने।
  • प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार प्रेस सल्लाहकारसँगको समन्वयमा गुनासो व्यवस्थापन तथा जनसम्पर्कसम्बन्धी तोकिए बमोजिम अन्य आवश्यक कार्य गर्ने।
  • हेलो सरकार कार्यक्रमको प्रचारप्रसार तथा "सफलताको कथा"बारे जानकारी सार्वजनिक गर्ने।
  • हेलो सरकारसम्बन्धी अन्य आवश्यक कार्य गर्ने।

१.४ डिजिटल शासन तथा सूचना प्रविधि महाशाखा

डिजिटल शासन तथा सूचना प्रविधि महाशाखा अन्तर्गतसूचना प्रविधि शाखा र ए.आई तथा नवीन प्रविधि शाखा गरी २ वटा शाखाहरु रहने छन् । डिजिटल शासन तथा सूचना प्रविधि महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण देहायबमोजिम रहनेछ।

  • सूचना प्रविधि र डिजिटल शासन सम्बन्धी अनुसन्धान तथा नीति, कानुन र मापदण्ड निर्माण, कार्यान्वयन, सहजीकरण, नियमन एवं अनुगमन सम्बन्धी कार्य गर्ने।
  • साइबर सुरक्षा, डाटा सुरक्षा, डाटा गभर्नेन्स सम्बन्धी नीति, कानुन र मापदण्ड निर्माण, कार्यान्वयन, सहजीकरण, नियमन एवं अनुगमन सम्बन्धी कार्य गर्ने।
  • सूचना प्रविधि र डिजिटल शासन सम्बन्धी कार्य गर्ने निकायहरुको सम्पर्क महाशाखाको रुपमा काम गर्ने।
  • संघीय, प्रादेशिक तथा स्थानीय तहमा डिजिटल माध्यमबाट कुशल सरकारी सेवा प्रवाह सुनिश्चित गर्न सरल, पारदर्शी र उत्तरदायी बनाउन नीतिगत व्यवस्था तथा कार्यान्वयनमा आवश्यक समन्वय गर्ने।
  • (महत्वपूर्ण सूचना पूर्वाधार) Critical Information Infrastructure (CII) सहित सूचना प्रविधि सम्बन्धी पूर्वधारहरूको विकासका लागि आवश्यक नीति तयारी व्यवस्था, समन्वय एवम् सहजीकरण गर्ने। साझा पूर्वाधार, सूचना प्रविधिप्रणाली, डिजिटल सेवा तथा नवीन प्रविधिलाइ प्रवर्द्धन गर्ने।
  • सङ्‌घीय संसदका समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
  • अन्तर्राष्ट्रिय तथा क्षेत्रीय निकायहरूसँग सूचना प्रविधि क्षेत्रमा साझेदारी तथा ज्ञान आदान-प्रदान गर्न कार्यहरूको लागि आवश्यक समन्वय र सहकार्य गर्ने।
  • सूचना प्रविधि सम्बन्धी उद्योग (IT Industry) को विकास र विस्तारमा आवश्यक समन्वय गर्ने।
  • शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार, भुक्तानी लगायतका विभिन्न क्षेत्रका लागि Digital Transformation, Service Design, Business Process Re-engineering (BPR),Digital Public Infrastructure सम्बन्धी कार्यक्रम तथा परियोजनाहरू पहिचान, तर्जुमा र कार्यान्वयनमा समन्वय तथा सहजीकरण गर्ने।
  • ए.आई सम्बन्धी अनुसन्धान,विकास र उपयोगमका कार्यको नीतिगत व्यवस्था गर्ने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
  • सूचना प्रविधि सम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।

१.४.१ सूचना प्रविधि शाखा

  • सूचना प्रविधि र डिजिटल शासन सम्बन्धी अनुसन्धान तथा नीति, कानून र मापदण्ड निर्माण, कार्यान्वयन, सहजीकरण, नियमन एवं अनुगमन सम्बन्धी कार्य गर्ने।
  • संघीय, प्रादेशिक तथा स्थानीय तहमा डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाहलाई सरल, पारदर्शी र उत्तरदायी बनाउन नीतिगत व्यवस्था गर्ने र सूचना प्रविधि सम्बद्ध कार्यहरूमा आवश्यक समन्वय तथा सहकार्य गर्ने।
  • शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार, भुक्तानी लगायतका विभिन्न क्षेत्रका लागि Digital Transformation, Service Design, Business Process Re-engineering (BPR),Digital Public Infrastructure सम्बन्धी कार्यक्रम तथा परियोजनाहरू पहिचान, तर्जुमा र कार्यान्वयनमा समन्वय गर्ने।
  • डिजिटल नेपाल फ्रेमवर्क, सूचना प्रविधि नीति, ए.आई नीति लगायत सूचना प्रविधिसम्बन्धी नीतिहरूको आवधिक विश्लेषण गरी समयानुकूल परिमार्जन गर्ने।
  • परिमार्जित नीतिहरूको कार्यान्वयनतर्फ सम्बन्धीत निकायलाई सहजीकरण गर्ने।
  • साइबर सुरक्षा नीति तथा साइबर सुरक्षा सम्बन्धी नवीनतम प्रविधि सम्बद्ध नीतिको आवधिक विश्लेषण, प्रभाव मूल्याङ्कन तथा समयानुकूल पुनरावलोकन गर्ने।
  • राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग समन्वय गरी साइबर जोखिम न्यूनीकरण, साइबर घटना व्यवस्थापन (Incident Response) तथा साइबर सुरक्षा नीतिको कार्यान्वयनमा सहजीकरण गर्ने।
  • साइबर सुरक्षाको स्तर अभिवृद्धि तथा साइबर अपराध नियन्त्रणका लागि आवश्यक नीतिगत व्यवस्थाको समन्वय गर्ने।
  • राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने।
  • डिजिटल सिग्नेचर, प्रमाणीकरण प्रणाली तथा अन्य साझा डिजिटल पूर्वाधारको प्रयोग, विस्तार र सुरक्षित सञ्चालनमा समन्वय र सहजीकरण गर्ने।
  • साइबर सुरक्षा क्षेत्रमा कार्यरत सरकारी, निजी, शैक्षिक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा तिनीहरुका कार्यको अनुगमन गर्ने।
  • नवीनतम प्रविधिको प्रयोगका लागि मानव संशाधन क्षमता विकास कार्यक्रम सञ्चालन गर्न नीति तयारी गर्ने र सो सम्बन्धमा आवश्यक समन्वय गर्ने।
  • डिजिटल प्रणाली तथा सेवा प्रवाहका लागि आवश्यक प्राविधिक मापदण्ड, निर्देशिका तथा कार्यविधिहरू तर्जुमा गर्ने र तीनै तहमा उक्त मापदण्डहरूको कार्यान्वयनमा सहजीकरण गर्ने।
  • सूचना प्रविधि नीतिमा उल्लिखित सरोकारवाला मन्त्रालय, निकाय तथा संघसंस्थाहरूसँग समन्वय गरी कार्यक्रम तथा कार्ययोजना तर्जुमा गर्ने।
  • सबै मन्त्रालय र केन्द्रीय निकाय समेटिने सूचना प्रणाली स्थापना तथा सञ्जालमा समन्वय र सहजीकरण गर्ने।
  • क्षेत्रीय,संघीय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सूचना प्रविधि प्रणाली, टेक्लोलोजी साझेदारी तथा ज्ञान आदान-प्रदानका कार्यहरूको समन्वय र सहकार्य गर्ने।
  • नेपाल सरकारका निकायहरूले कार्यान्वयन गर्ने सूचना प्रविधिसम्बन्धी कार्यक्रमहरूको प्रगति विवरण संकलन गरी विश्लेषण सहित प्रतिवेदन पेश गर्ने।
  • कार्यालयका सूचना प्रविधिसम्बन्धी उपकरण तथा सफ्टवेयर ब्यवस्थापन, सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने गराउने ।
  • सूचना प्रविधिको क्षेत्रमा आवश्यक हुने अन्य कार्य गर्ने।

१.४.२. ए.आई. तथा नवीन प्रविधि शाखा

  • ए.आई र नवीनतम प्रविधिको खोज, अनुसन्धान, विकास र नैतिक उपयोग सम्बन्धी कार्यमा आवश्यक पर्ने नीतिगत व्यवस्था पहिचान गर्ने।
  • ए.आई सम्बन्धी अनुसन्धान, विकास र उपयोग सम्बन्धी कार्यको लागि विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक क्षेत्रसँग समन्वय, सहकार्य र सहजीकरण गर्ने।
  • सरकारी डिजिटल पूर्वाधारको सुरक्षित र भरपर्दो सञ्चालनका लागि डाटा सेन्टर पूर्वाधार, क्लाउड संरचना, नेटवर्क तथा डिजिटल प्लेटफर्महरूको विकास, सुदृढीकरण र सुरक्षा व्यवस्थापन गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने र आवश्यकताबमोजिम समन्वय गर्ने।
  • साइबर सुरक्षा तथा डिजिटल पूर्वाधारसम्बन्धी नवीनतम प्रविधि, नीतिगत सुधारका लागि आवश्यक सुझाव तथा सिफारिस गर्ने।
  • साझा डिजिटल प्लेटफर्म, डाटा आदान-प्रदान प्रणाली तथा डिजिटल सेवा एकीकरण सुनिश्चित गर्न सहजीकरण गर्ने।
  • सूचना प्रविधि नीतिमा उल्लिखित सरोकारवाला मन्त्रालय, निकाय तथा संघसंस्थाहरूसँग समन्वय गरी कार्यक्रम तथा कार्ययोजना तर्जुमा गर्ने।
  • नेपाल सरकारका निकायहरूले कार्यान्वयन गर्ने सूचना प्रविधिसम्बन्धी कार्यक्रमहरूको प्रगति विवरण संकलन र विश्लेषण गरी प्रतिवेदन पेश गर्ने।
  • डाटा एक्सचेन्ज, डाटा सुरक्षा, डाटा भण्डारण तथा प्रयोग सम्बन्धी नीति निर्माणमा सहजीकरण गर्ने र आवश्यकताबमोजिम समन्वय गर्ने।
  • सरकारी डिजिटल प्रणालीहरूबीच अन्तरआबद्धता सुनिश्चित गर्न Digital Public Infrastructure (DPI) को प्रयोग र एकीकरणमा समन्वय तथा सहजीकरण गर्ने।
  • सूचना प्रविधि क्षेत्रका (Start-ups) तथा सञ्चार प्रविधि क्षेत्रमा नवप्रवर्तन (Innovation) लाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने गराउने।
  • सूचना प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास (Research and Development गर्न नीतिगत व्यवस्था गर्नुको साथै आवश्यक समन्वय तथा सहजीकरण गर्ने।
  • डोमेन व्यवस्थापन सम्बन्धी आवश्यक नीतिगत व्यवस्था गर्ने।
  • Critical Information Infrastructure (CII), डाटा सेन्टर पूर्वाधार, क्लाउड संरचना र नेटवर्क पूर्वाधारको सुरक्षित र भरपर्दो सञ्चालनका लागि नीति तयारी गर्ने।यी पूर्वाधारलाई थप सुदृढीकरण गर्ने।
  • सूचना प्रविधि सम्बन्धी उद्योग (IT Industry) को विकास र विस्तारमा आवश्यक समन्वय गर्ने।
  • क्षेत्रीय,संघीय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग ए.आई तथा नवीन प्रविधि, पूर्वाधार एवम् प्रविधि साझेदारी तथा ज्ञान आदान-प्रदानका कार्य गर्ने।
  • ए.आई तथा नवीन प्रविधिको क्षेत्रमा तोकिएबमोजिमका अन्य कार्य गर्ने।