विकास व्यवस्थापन क्षेत्र

विकास क्षेत्र अन्तर्गत योजना, तथ्याङ्क तथा नतिजा व्यवस्थापन महाशाखा, आर्थिक तथा सामाजिक विकास महाशाखा र पूर्वाधार विकास महाशाखा गरी ३ वटा महाशाखाहरु रहेका छन्।विकास व्यवस्थापन क्षेत्र र अन्तर्गतका महाशाखा तथा शाखाहरुको कार्यविवरण देहायबमोजिम रहेको छ।

  • नेपाल सरकारका विकास मामिला तथा सामाजिक क्षेत्रसम्बन्धी मन्त्रालय र निकायहरूका कार्यको उच्चस्तरीय समन्वय, नीतिगत मार्गदर्शन र सहजीकरण।
  • नेपाल सरकारको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, आवधिक योजना, रणनीति तथा नीति प्रयोगशाला (Policy Lab) सम्बन्धी नीतिगत मार्गदर्शन।
  • मुलुकका राजनीतिक, आर्थिक, सामाजिक र पूर्वाधार सम्बद्ध गतिविधिहरूको अद्यावधिक स्थिति विश्लेषण, निर्देशन र समन्वय।
  • राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनको उच्चस्तरीय अनुगमन, सहजीकरण र समस्या समाधान।
  • राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन;
  • विकास सम्बद्ध मन्त्रालय, निकाय र आयोजनाहरूसँग प्रधानमन्त्रीको सम्पर्क र सञ्चार सहजीकरण।
  • विकास व्यवस्थापन सम्बन्धी प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने, गराउने कार्य।
  • राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र नेपाल ट्रष्टको कार्यालयसँग नीतिगत तथा शासकीय समन्वय।
  • गैरसरकारी संस्थाको नियमनसम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा र नीतिगत समन्वय।
  • विपद् व्यवस्थापन र जलवायु अनुकूलनसम्बन्धी अन्तर-निकाय उच्चस्तरीय समन्वय।
  • केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिसम्बन्धी कार्य।
  • प्रत्यक्ष संवाद कक्ष (Action Room) मार्फत ठूला आयोजना तथा विकास अवरोधहरूको तत्काल समाधानसम्बन्धी कार्य।
  • प्रचलित कानून तथा नेपाल सरकार (कार्य-विभाजन) नियमावलीले तोकेका अन्य कार्यहरू।

.. योजना, तथ्याङ्क तथा नतिजा व्यवस्थापन महाशाखा

योजना, तथ्याङ्क तथा नतिजा व्यवस्थापन महाशाखा अन्तर्गत नतिजा व्यवस्थापन शाखा, योजना तथा अनुगमन शाखा र तथ्याङ् शाखा गरी ३ वटा शाखाहरु रहने छन् । योजना, तथ्याङ्क तथा नतिजा व्यवस्थापन महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण देहायबमोजिम रहनेछ।

  • नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तयारी, बजेट कार्यान्वयनको कार्यसम्पादन सूचक तयारी र सोको नतिजा विश्लेषण तथा अनुगमन।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूका आवधिक योजना, वार्षिक कार्यक्रम र बजेट तर्जुमा, संशोधन तथा समीक्षा।
  • केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सचिवालयसम्बन्धी कार्य।
  • विकास आयोजना र कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी भएका निकायहरूको अनुगमन प्रभावकारितामाथि निगरानी।
  • विभिन्न निकायबाट प्राप्त तथ्याङ्क एवं सङ्कलित प्रमुख सूचनाहरूको एकीकृत भण्डारण, अध्ययन, विश्लेषण र तथ्याङ्क नीतिगत समन्वय।
  • दिगो विकास लक्ष्यलगायत नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रगति नतिजा सूचकका आधारमा विश्लेषण एवं प्रतिवेदन।
  • PM Delivery Unit (प्रधानमन्त्री कार्यसम्पादन एकाइ) को सञ्चालन, व्यवस्थापन र सहजीकरण।
  • सङ्घीय संसदका समितिहरूबाट प्राप्त योजना, नतिजा तथा दिगो विकाससम्बन्धी निर्देशन एवं सुझाव कार्यान्वयन, गराउने कार्य।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा योजना तथा नतिजा व्यवस्थापनसम्बन्धी कार्य।
  • कार्यक्रम तथा आयोजनाको कार्यान्वयनमा आइपरेका जटिल समस्याहरू तत्कालै प्रधानमन्त्रीलाई प्रतिवेदन गरी समाधान गर्ने व्यवस्था मिलाउने।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य।
  • नतिजा व्यवस्थापन तथा योजना अनुगमनसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य।

.१.१ नतिजा व्यवस्थापन शाखा

  • नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कार्ययोजना, कार्यसम्पादन सूचक तथा मापदण्ड तयार गरी कार्यान्वयन गराउने।
  • विषयगत मन्त्रालय तथा निकायहरूका लागि तोकिएका कार्यसम्पादन सूचकको आवधिक मूल्याङ्कन र नतिजा विश्लेषण गर्ने।
  • एकीकृत अनुगमन प्रणाली (Integrated Monitoring System - IMS) को विकास, सञ्चालन र प्रयोग गर्ने।
  • दिगो विकास लक्ष्य एवं अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको नतिजा सूचकका आधारमा आवधिक प्रगति प्रतिवेदन तयार गर्ने।
  • एकभन्दा बढी प्रदेशमा सञ्चालित बहु-प्रादेशिक विकास कार्यक्रम र आयोजनाहरूको नतिजामूलक अनुगमन गर्ने।
  • विषयगत निकायहरूले गर्ने अनुगमन तथा मूल्याङ्कन कार्यको प्रभावकारितामाथि निगरानी राख्ने।
  • दिगो विकासको लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरू हासिल भए नभएको सम्बन्धमा नतिजा सूचकका आधारमा प्रतिवेदन गर्ने।
  • विकास आयोजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्‌कन गर्ने जिम्मेवारी भएका निकायले प्रभावकारी रूपमा अनुगमन गरे नगरेको विषयमा निगरानी गर्ने।
  • नतिजा व्यवस्थापन तथा विश्लेषणसम्बन्धी तोकिएका अन्य कार्यहरू गर्ने।

.१.२ योजना तथा अनुगमन शाखा

  • नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने कार्यमा सहयोग गर्ने।
  • कार्यालय र अन्तर्गत निकायको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट तर्जुमा, रकमान्तर, श्रोतान्तर तथा संशोधनसम्बन्धी कार्य गर्ने।
  • कार्यालय र अन्तर्गत निकायको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गरी आवधिक समीक्षा आयोजना गर्ने।
  • कार्यालयको कार्यसम्पादन सूचकका आधारमा प्रगति प्रतिवेदन सङ्कलन र आन्तरिक अनुगमन गर्ने।
  • कार्यालय र अन्तर्गत निकायको कार्यसम्पादन सूचक तयार गरी सोको आधारमा प्रगति प्रतिवेदन लिने र अनुगमन गर्ने।
  • मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (M-MDAC) को सचिवालयको रूपमा कार्य गर्ने।
  • योजना तथा अनुगमनसम्बन्धी तोकिएका अन्य कार्यहरू गर्ने।

.१.३ तथ्याङ्‌क शाखा

  • राष्ट्रिय तथ्याङ्‌क कार्यालय तथा अन्य निकायबाट भएका गणना, सर्वेक्षण र विभिन्न सरकारी निकायहरूले व्यवस्थापन सूचना प्रणालीमार्फत सङ्कलन गरेका प्रमुख सूचनाहरूको एकीकृत भण्डारण गरी अध्ययन तथा विश्लेषण गर्ने।
  • सरकारको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, योजना, बजेट तथा कार्यक्रमहरूको आवधिक प्रगति सङ्‌ग्रह गरी अभिलेख राख्ने ।
  • तथ्यमा आधारित नीति निर्माण (Evidence-based Policy Making) का लागि सङ्कलित तथ्याङ्कको विश्लेषण गरी सम्बन्धीत महाशाखा/शाखालाई उपलब्ध गराउने।
  • राष्ट्रिय तथ्याङ्‌क कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
  • मन्त्रिपरिषद्‌को स्वीकृतिको लागि पेस गरिने तथ्याङ्‌क सम्बन्धी नीति तथा दीर्घकालीन योजनाहरूको अध्ययन एवं विश्लेषण गरी आवश्यकता अनुसार राय दिने।
  • तथ्याङ्‌क संकलन, उपयोग सार्वजनिक गर्न तोकिएबमोजिम अन्य आवश्यक कार्य गर्ने।

.. आर्थिक तथा सामाजिक विकास महाशाखा

आर्थिक तथा सामाजिक विकास महाशाखा अन्तर्गत आर्थिक मामिला शाखा, सामाजिक विकास शाखा र नीति विश्लेषण शाखा गरी ३ वटा शाखाहरु रहने छन् । आर्थिक तथा सामाजिक विकास महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण देहायबमोजिम रहनेछ।

  • आर्थिक तथा सामाजिक विकाससँग सम्बन्धीत मन्त्रालय तथा निकायहरूको नीति, कानून, मापदण्ड कार्यको विषयमा समन्वय, सहजीकरण, अनुगमन।
  • आर्थिक तथा सामाजिक क्षेत्रका राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध, सामञ्जस्यता र नीतिगत पुनरावलोकन।
  • आर्थिक तथा सामाजिक रूपान्तरणका लागि वैदेशिक लगानी र सहायता परिचालनका सम्बन्धमा सम्बन्धीत मन्त्रालय तथा निकायहरूसँग सहकार्य।
  • मन्त्रिपरिषद्मा पेस हुने आर्थिक तथा सामाजिक विकाससम्बन्धी नीति, कानून र प्रतिवेदनहरूको अध्ययन, विश्लेषण र राय/सुझाव।
  • शासकीय व्यवस्था, सामाजिक न्याय, सामाजिक सुरक्षा र सेवा प्रवाहका क्षेत्रमा देखिएका समस्या पहिचान, अध्ययन, विश्लेषण प्रतिवेदन।
  • गैरसरकारी संस्थाको नियमन र मापदण्ड कार्यान्वयनको अनुगमन, समन्वय र सहजीकरण।
  • सामाजिक विभेद, छुवाछुत, अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद लगायत विकृति अन्त्यका लागि क्षेत्रगत मन्त्रालय तथा निकायहरूसँग समन्वय।
  • सङ्घीय संसदका सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने कार्य।
  • मुलुकको सन्तुलित आर्थिक, सामाजिक तथा बहुआयामिक विकास, त्यसको गुणस्तरीयता समन्यायिक उपभोगको अनुगमन।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूबाट सङ्कलित तथा प्रकाशित मुलुकका विकाससँग सम्बन्धीत सूचना, तथ्याङ् तथा प्रमुख सूचकहरूको अभिलेखन तथा विश्लेषण।
  • आर्थिक तथा सामाजिक क्षेत्रसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका विभिन्न मन्त्रालय, समिति, परिषद्, कार्यदलबाट तयार पारिएका प्रतिवेदनहरू अध्ययन, विश्लेषण र राय सुझाव तयारी
  • आर्थिक तथा सामाजिक विकासका क्षेत्रसँग सम्बन्धी अल्पकालीन, मध्यकालीन दीर्घकालीन नीतिहरूको कार्यान्वयनको अनुगमन मूल्याङ्कन।
  • सामाजिक न्याय तथा सुरक्षाको प्रवर्द्धनका लागि सबै सामाजिक समूह, लिङ्ग, वर्ग क्षेत्रका विषयहरूको सम्बोधनसम्बन्धी कार्यको अनुगमन गर्ने।
  • नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धीत मौलिक हक, अधिकार, नीति कर्तव्य अनुरूप सम्बद्ध निकायले गरेका कार्यको अनुगमन गर्ने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा आर्थिक तथा सामाजिक विकाससम्बन्धी तोकिएका कार्य।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।

.२.१ आर्थिक मामिला शाखा

  • आर्थिक मामिला क्षेत्रसँग सम्बन्धीत राज्यका नीतिहरू तथा औद्योगिक विकास, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धनसम्बन्धी राष्ट्रिय नीतिहरूको अध्ययन, विश्लेषण गरी सामञ्जस्यता कायम गर्ने र समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने, गराउने।
  • आर्थिक मामिला क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्क एवं प्रकाशित प्रतिवेदनहरूको सङ्कलन, अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने, गराउने।
  • आर्थिक मामिला क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायता परिचालनको रणनीति निर्माण गर्न सम्बन्धीत मन्त्रालयहरूसँग सहकार्य, समन्वय तथा आवश्यक सहजीकरण गर्ने।
  • आर्थिक मामिला क्षेत्रसँग सम्बन्धीत सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्थाको अनुगमन गर्ने।
  • आर्थिक मामिला क्षेत्रसम्बद्ध मन्त्रालय, सरकारी, निजी र सहकारी क्षेत्र, बैंक तथा वित्तीय संस्था एवं विकास साझेदारहरूसँग सम्पर्क शाखाका रूपमा कार्य गरी आवश्यक समन्वय र सहजीकरण गर्ने।
  • वित्त तथा मौद्रिक नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्ने, गराउने।
  • आर्थिक मामिला क्षेत्रमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।

.२.२. सामाजिक विकास शाखा

  • सामाजिक विकास क्षेत्र सम्बन्धी नीति, कानुन र मापदण्डका विषयमा समन्वय, सहजीकरण, अनुगमन र विश्लेषण गर्ने।
  • सामाजिक विकास क्षेत्रसँग सम्बन्धीत मन्त्रालय तथा निकायहरूको सम्पर्क शाखाको रुपमा कार्य एवं समन्वय र अनुगमनसम्बन्धी कार्य गर्ने।
  • सामाजिक विकास क्षेत्रका मन्त्रालयहरूबाट मन्त्रिपरिषद्‌मा निर्णयको लागि पेस हुने नीतिगत विषयमा आवश्यकता अनुसार राय परामर्श दिने।
  • सामाजिक रुपान्तरणका लागि समाजमा विद्यमान जातीय भेदभाव, छुवाछुत, अपाङ्गता भएका व्यक्तिहरूमा भएको विभेदलगायतका विकृति, विसङ्गतिको अन्त्य गर्न क्षेत्रगत मन्त्रालय/निकायसँग समन्वय र सहकार्य गर्ने।
  • सामाजिक न्याय तथा सामाजिक सुरक्षासम्बन्धी नीति तथा योजनाको अध्ययन, विश्लेषण र प्रतिवेदन गर्ने।
  • सरकारी, गैरसरकारी संस्थासँग समन्वय, सहकार्य र पहलमा यस क्षेत्रसँग सम्बन्धित नवीन नीति र सुधारका लागि सहजीकरणको कार्य गर्ने।
  • नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धीत मौलिक हक, अधिकार, नीति र कर्तव्य अनुरूप सम्बद्ध निकायले गरेको कार्यको अनुगमन गर्ने।
  • सामाजिक क्षेत्रसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका विभिन्न मन्त्रालय, समिति, परिषद्, कार्यदलद्वारा तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी सुझाव पेस गर्ने।
  • सङ्‌घीय संसदको सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने गराउने।
  • सामाजिक विकास क्षेत्रसँग सम्बन्धीत तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने।

.२.३ नीति विश्लेषण शाखा

  • आर्थिक, सामाजिक, भौतिक पूर्वाधारलगायत विविध क्षेत्रमा नेपाल सरकारले लिने नीतिहरूका सम्बन्धमा अध्ययन/विश्लेषण र समन्वय गर्ने गराउने सम्बन्धी कार्य गर्ने।
  • नेपाल सरकारले जारी गरेका विद्यमान नीतिहरूको अध्ययन, विश्लेषण गरी आवश्यक परिमार्जनको लागि राय पेश गर्ने।
  • सार्वजनिक नीतिका सम्बन्धमा सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय गर्ने।
  • राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान र सम्बन्धीत मन्त्रालयसँग समन्वय गरी नीति कार्यान्वयन पक्षको परीक्षण (Policy Auditing) तथा नीति कार्यान्वयनको प्रभावकारिता अध्ययन गर्ने।
  • नेपाल सरकारका विद्यमान नीतिहरू सङ्कलन तथा वर्गीकरण गरी अभिलेख राख्ने।
  • राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
  • नेपाल सरकारको वार्षिक, मध्यकालीन र दीर्घकालीन नीतिलगायत अन्य विभिन्न नीतिहरूको कार्यान्वयनको नतिजामूलक अनुगमन तथा मूल्याङ्‌कन गर्ने, गराउने।
  • राष्ट्रिय नीतिहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यताको पहिचान गर्ने तथा मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन एवं विश्लेषण गरी आवश्यकता अनुसार राय दिने।
  • सार्वजनिक नीतिको तर्जुमा विश्लेषण कार्यान्वयन तथा अनुगमन एवं मूल्याङ्‌कन प्रक्रियालाई प्रभावकारी बनाउन नीति प्रयोगशाला (Policy Lab) को स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्ने।
  • नीति विश्लेषणका क्षेत्रमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।

.. पूर्वाधार विकास महाशाखा

पूर्वाधार विकास महाशाखा अन्तर्गत ठूला आयोजना अनुगमन तथा समन्वय शाखा , वातावरण तथा विपद् समन्वय शाखा र पूर्वाधार विकास शाखा गरी ३ वटा शाखाहरु रहने छन् । पूर्वाधार विकास महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण देहायबमोजिम रहनेछ।

  • भौतिक पूर्वाधार विकाससँग सम्बन्धीत मन्त्रालय तथा निकायहरूको नीति, कानुन, मापदण्ड र कार्यको विषयमा समन्वय, सहजीकरण, अनुगमन र विश्लेषण गर्ने।
  • भौतिक पूर्वाधार विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहायता परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धीत मन्त्रालय/ निकायसँग सहकार्य गर्ने ।
  • मुलुकको सन्तुलित भौतिक पूर्वाधार विकास, त्यसको गुणस्तरीयता र समन्यायिक उपभोगको अनुगमन गर्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूबाट सङ्कलित तथा प्रकाशित मुलुकका भौतिक पूर्वाधार विकाससँग सम्बन्धीत सूचना, तथ्याङ्‌क तथा प्रमुख सूचकहरूको अभिलेखन तथा विश्लेषण गर्ने ।
  • भौतिक पूर्वाधार विकाससँग सम्बद्ध मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी आवश्यकता अनुसार राय सुझाव पेश गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका विभिन्न मन्त्रालय, समिति, परिषद्, कार्यदलबाट तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी आवश्यकता अनुसार राय सुझाव पेश गर्ने।
  • भौतिक पूर्वाधारसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरूको कार्यान्वयनको अनुगमन र मूल्याङ्‌कन गर्ने।
  • नेपालको संविधानले व्यवस्था गरेका यस क्षेत्रसँग सम्बन्धीत मौलिक हक, अधिकार, नीति र कर्तव्य अनुरूप सम्बद्ध निकायले गरेको कार्यको अनुगमन गर्ने।
  • राष्ट्रिय गौरवलगायत प्राथमिकताप्राप्त विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनमा देखापरेका समस्याको बारेमा नियमित प्रतिवेदन लिने।त्यस्ता आयोजनाहरूको आवश्यकता अनुसार उच्च पदाधिकारीहरू समेतबाट स्थलगत अनुगमन गरी गराई देखिएका समस्याको समाधानका लागि आवश्यक कार्य गर्ने गराउने।
  • लगानी वोर्ड अन्तर्गतका परियोजनाहरूमा आइपरेका समस्याहरूको समाधानका लागि आवश्यक पर्ने सहजीकरण र समन्वयका कार्य गर्ने।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा विपद्सँग सम्बन्धीत अन्य निकायहरूसँग समन्वय गर्ने र विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
  • सङ्‌घीय संसदको सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
  • प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
  • महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।

.३.१. ठूला आयोजना अनुगमन तथा समन्वय शाखा

  • राष्ट्रिय गौरवलगायत प्राथमिकताप्राप्त विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनमा देखापरेका समस्याको बारेमा नियमित प्रतिवेदन लिने।
  • ठूला आयोजनाहरूमा उच्च पदाधिकारीहरूको स्थलगत अनुगमनको प्रबन्ध र समन्वय गर्ने।
  • राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति तथा कार्यान्वयनमा आई परेका समस्याहरु अभिलेखिकरण गर्ने र समाधानका लागि सम्बन्धीत आवश्यक समन्वय गर्ने।
  • राष्ट्रिय गौरव तथा ठुला प्राथमिकता प्राप्त भौतिक पूर्वाधार विकाससम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।

.३.२. वातावरण तथा विपद् समन्वय शाखा

  • वातावरण व्यवस्थापन र दिगो विकाससँग सम्बन्धीत नीति, कानून, कार्यक्रम तथा वातावरणीय प्रभाव मूल्याङ्कनमा समन्वय सम्बन्धी कार्य,
  • विपद व्यवस्थापन तथा जलवायु अनुकुलन सम्बन्धी नीति तथा कार्यक्रमको सहजिकरण र समन्वय सम्बन्धी कार्य,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण संरक्षणसँग सम्बन्धीत संस्थाहरुबीचको सम्बन्ध, सहयोग र समन्वय कायम गर्ने सम्बन्धी कार्य,
  • वातावरण प्रदूषण र व्यवस्थापन सम्बन्धी मापदण्डहरु निर्धारण तथा सोको कार्यान्वयनमा सहजिकरण र अनुगमन गर्ने सम्बन्धी कार्य,
  • विकास आयोजना र कार्यक्रम कार्यान्वयनमा वातावरणसँग सम्बन्धीत देखिएका समस्याहरूलाई सम्बन्धीत मन्त्रालय तथा निकायहरूसँग समन्वय गरी तत्काल समाधान गर्ने, गराउने।
  • तत्काल समस्या समाधान उच्चस्तरीय समिति र तत्काल समस्या समाधान समितिको सचिवालयको रूपमा कार्य गर्ने।
  • विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सहजीकरण गर्ने ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा विपद्सँग सम्बन्धीत अन्य निकायहरूसँग समन्वय गर्ने ।
  • वातावरण र विपद् व्यवस्थापन सम्बन्धी तोकिएका अन्य कार्य गर्ने।

.३.३. भौतिक पूर्वाधार विकास शाखा

  • भौतिक पूर्वाधार (भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत तथा सिञ्चाई, खानेपानी, सहरी विकास तथा सञ्चार) क्षेत्रमा राज्यले अवलम्बन गरेका राष्ट्रिय नीतिहरूको अध्ययन, विश्लेषण गरी समग्र अर्थतन्त्रमा पर्न गएको असरको लेखाजोखा गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रमा भएको स्वदेशी तथा विदेशी लगानी, उत्पादन, उत्पादकत्व तथा रोजगारीको स्थितिसम्बन्धी तथ्याङ्‌क तथा प्रकाशित प्रतिवेदनहरूको सङ्कलन, अध्ययन र विश्लेषण गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको कार्यसूची तयार गरी अध्ययन अनुसन्धान गर्ने गराउने।
  • भौतिक पूर्वाधार क्षेत्रसम्बन्धी राष्ट्रिय नीतिहरूको अन्तर-सम्बन्ध तथा सामञ्जस्यता कायम गर्नका लागि सहजीकरण गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रको प्रवर्द्धनका लागि वैदेशिक सहायताको परिचालनका रणनीतिहरू निर्माण गर्न सम्बन्धीत मन्त्रालयसँग सहकार्य गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धीत सेवाहरूको सरल, सहज र गुणस्तरीय आपूर्ति तथा न्यायोचित वितरण सम्बन्धमा भएको व्यवस्था र सोसम्बन्धी कार्यको अनुगमन गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धीत मन्त्रालय तथा निकायहरूको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
  • भौतिक पूर्वाधार क्षेत्रको विकाससम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।