३. कानून तथा मानवअधिकार क्षेत्र
कानून तथा मानवअधिकार क्षेत्र अन्तर्गत कानून तथा फैसला कार्यान्वयन महाशाखा र मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा गरी २ वटा महाशाखाहरु रहेका छन्। कानून तथा मानवअधिकार क्षेत्र र अन्तर्गतका महाशाखा र शाखाहरुको कार्यविवरण देहायबमोजिम रहेको छ।
- नेपाल सरकारका कानून र मानवअधिकार सम्बद्ध मन्त्रालय तथा निकायका कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय;
- सङघीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी;
- द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन;
- कानून र मानवअधिकारको क्षेत्रमा प्रधानमन्त्रीको सम्पर्क र सञ्चार;
- कानून र मानव अधिकार;
- सम्बन्धीत क्षेत्रमा प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
- मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समन्वय र प्रतिवेदन;
- राष्ट्रिय मानवअधिकार आयोग;
- महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय;
- सूचना वर्गीकरणसम्बन्धी कार्य;
- अदालतको फैसला कार्यान्वयन तथा अनुगमन;
- सम्पत्ति शुद्धिकरणसम्बन्धी पारस्परिक मूल्याङ्कनको कार्य;
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
- प्रचलित कानूनले तोकेका अन्य कार्यहरू।
३.१. कानून तथा फैसला कार्यान्वयन महाशाखा
- कार्यालयको तर्फबाट अदालतसमक्ष पेस गर्नुपर्ने लिखित जवाफ, प्रतिउत्तरपत्र र पुनरावेदनपत्रसम्बन्धी कार्य गर्ने।
- अदालतको आदेश तथा फैसला कार्यान्वयन र सोको प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- फैसला कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया, अनुगमन तथा अन्य कार्यहरू गर्ने।
- कानूनी राय तथा परामर्श प्रदान गर्ने।
- कार्यालयको क्षेत्राधिकारभित्रका विषयमा सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधि लगायतका कानून तर्जुमासम्बन्धी कार्य गर्ने।
- नेपाल राजपत्रमा सूचना प्रकाशनसम्बन्धी कार्य गर्ने।
- नेपाल सरकार, मन्त्रिपरिषद्मा पुनरावेदन लाग्ने विषयमा पुनरावेदन सचिवालयको रुपमा काम गर्ने।
- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी कार्य गर्ने।
- कानूनहरूको अभिलेख व्यवस्थापन गर्ने, गराउने।
- सूचना वर्गीकरणसम्बन्धी कार्य गर्ने, गराउने।
- सङ्घीय संसदका सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
३.१.१. कानून शाखा
- लिखित जवाफ, प्रतिउत्तरपत्र र पुनरावेदनपत्रसम्बन्धी कार्य गर्ने।
- कानूनी राय तथा परामर्श प्रदान गर्ने।
- सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधि लगायतका कानून तर्जुमासम्बन्धी कार्य गर्ने।
- नेपाल राजपत्रमा सूचना प्रकाशनसम्बन्धी कार्य गर्ने।
- नेपाल सरकार, मन्त्रिपरिषद्मा पुनरावेदन लाग्ने विषयमा पुनरावेदन सचिवालयको रुपमा काम गर्ने।
- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी कार्य गर्ने।
- प्रचलित कानून बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखतसम्बन्धी कार्य गर्ने।
- कानूनहरूको अभिलेख राख्ने।
- सूचना वर्गीकरणसम्बन्धी कार्य गर्ने।
- कानूनसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।
३.१.२. फैसला कार्यान्वयन शाखा
- अदालतको आदेश तथा फैसला कार्यान्वयनसम्बन्धी कार्य गर्ने।
- फैसला कार्यान्वयनको अनुगमन तथा प्रतिवेदन तयार गर्ने।
- अदालतको आदेश बमोजिम प्रतिवेदन तयार गरी पठाउने।
- मन्त्रिपरिषद्मा पुनरावेदन लाग्ने विषयमा पुनरावेदन सचिवालयको रुपमा काम गर्ने।
- सङ्घीय संसदका सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने।
- अदालतको फैसला कार्यान्वयनको अनुगमन समितिको सचिवालयको रुपमा काम गर्ने।
- फैसला कार्यान्वयनको क्रममा आइपरेका समस्याको समाधानका उपायहरूको खोजी र सहजीकरण गर्ने।
- अदालत, महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिलको कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
- फैसला कार्यान्वयनसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।
३.२. मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा
- मानव अधिकारसम्बन्धी विद्यमान सरकारी नीति तथा योजनाहरूको समीक्षा तथा मूल्याङ्कन गर्ने।
- मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्ने।
- मानव अधिकारसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग परराष्ट्र मन्त्रालयमार्फत सहयोग आदान प्रदान गर्ने।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा पक्ष बन्ने सम्बन्धमा राय परामर्श उपलब्ध गराउने।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूको कार्यान्वयनको अवस्थाको आवधिक प्रतिवेदन तथा पूरक प्रतिवेदनको तयारी तथा सोको सम्बन्धीत सन्धिजनित निकायमा प्रतिरक्षा गर्नेसम्बन्धी कार्य गर्ने।
- मानव अधिकारको विश्वव्यापी आवधिक प्रतिवेदनको कार्यान्वयनको लागि समन्वय गर्ने तथा तत् सम्बन्धी संयुक्त राष्ट्रसंघसमक्ष पेस गर्नु पर्ने प्रतिवेदन तयार गर्ने।
- मानव अधिकारको संरक्षण र प्रवर्द्धनका विषयमा नेपाल सरकारको सम्पर्क तथा समन्वय बिन्दु, राष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न सरकारी निकायहरूमा रहेका मानव अधिकार इकाइहरूबीच समन्वय तथा सम्पर्क इकाइको रूपमा कार्य गर्ने।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सन्धि, सम्झौता, सम्पर्क र समन्वय गर्ने।
- द्विपक्षीय तथा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयनको सहजीकरण समन्वय र अनुगमन गर्ने।
- सम्पत्ति शुद्धिकरणसम्बन्धी पारस्परिक मूल्याङ्कनको कार्य गर्ने, गराउने।
- सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीति, कानून, योजना सम्बन्धी कार्य एवं सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धीत निकायका कार्यको रेखदेख, निरीक्षण, समन्वय र प्रतिवेदनसम्बन्धी कार्य गर्ने;
- सङ्घीय संसदका सम्बन्धीत समितिहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता सम्बन्धी अन्य आवश्यक कार्य गर्ने।
- महाशाखासँग सम्बन्धीत वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
३.२.१ मानव अधिकार शाखा
- मानव अधिकारसम्बन्धी विद्यमान सरकारी नीति तथा योजनाहरूको समीक्षा तथा मूल्याङ्कन गर्ने।
- मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तर्जुमा र कार्यान्वयनसम्बन्धी कार्य गर्ने।
- मानव अधिकारसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग परराष्ट्र मन्त्रालयमार्फत सहयोग आदान प्रदान गर्ने।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा पक्ष बन्ने सम्बन्धमा राय परामर्श उपलब्ध गराउने।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूको कार्यान्वयन अवस्थाको आवधिक प्रतिवेदन तथा पूरक प्रतिवेदनको तयारी तथा सोको सम्बन्धीत सन्धिजनित निकायमा प्रतिरक्षा गर्नेसम्बन्धी कार्य गर्ने।
- मानव अधिकारको विश्वव्यापी आवधिक प्रतिवेदनको कार्यान्वयनको लागि समन्वय गर्ने तथा तत् सम्बन्धी संयुक्त राष्ट्रसंघसमक्ष पेस गर्नु पर्ने प्रतिवेदन तयार गर्ने।
- मानव अधिकारको संरक्षण र प्रवर्द्धनका विषयमा नेपाल सरकारको सम्पर्क तथा समन्वय बिन्दु, राष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न सरकारी निकायहरूमा रहेका मानव अधिकार इकाइहरूबीच समन्वय तथा सम्पर्क इकाइको रूपमा कार्य गर्ने।
- मानव अधिकार प्रवर्द्धनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालनमा समन्वय गर्ने।
- राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयनमा सहयोग पुर्याउने।
- मानव अधिकारको विश्वव्यापी आवधिक प्रतिवेदनको कार्यान्वयनको लागि समन्वय गर्ने र प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसंघसमक्ष पेस गर्ने।
- मानव अधिकारसम्बन्धी विभिन्न विषयका प्रतिवेदनहरू वा विज्ञ समितिको भ्रमणका क्रममा वा प्रश्नावलीमार्फत उठाइएका प्रश्नहरूको जवाफ तयार पार्ने।
- मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नेपाल पक्ष भएपछि सिर्जना हुने दायित्व कार्यान्वयनमा सघाउ पुर्याउने।
- नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी सन्धि, सम्झौता, प्रतिबद्धतालगायतका कागजपत्र एकीकृत र सुरक्षित राख्ने/राख्न लगाउने।
- मानव अधिकारसम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
३.२.२. अन्तराष्ट्रिय कानून र सन्धी सम्झौता शाखा
- द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन गर्ने।
- नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, प्रतिवद्धतालगायतका कागजपत्र एकीकृत र सुरक्षित राख्ने तथा राख्न लगाउने।
- अन्तर्राष्ट्रिय कानून र सन्धि सम्झौतासम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
३.२.३ सम्पत्ति शुद्धीकरण निवारण समन्वय शाखा
- सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी नीति, कानून, योजना, रणनीति, मापदण्ड र नियमनसम्बन्धी कार्य एवं सोको सहजीकरण र अनुगमन गर्ने।
- राजस्व चुहावटको अनुसन्धान र नियन्त्रणसम्बन्धी नीति, कानून, योजना, रणनीति, मापदण्ड र नियमनसम्बन्धी कार्य एवं सोको सहजीकरण र अनुगमन गर्ने।
- विदेशी विनिमयको अवैध ओसार पसार र अपचलन नियन्त्रणसम्बन्धी कार्यमा सहजीकरण र अनुगमन गर्ने।
- वित्तीय कारबाही कार्यदलसम्बन्धी कार्य र राष्ट्रिय समन्वय समितिसम्बन्धी कार्य गर्ने।
- APG (Asia Pacific Group on Money Laundering) लगायत सम्बन्धीत अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायसँग सम्पर्क, समन्वय एवं प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषयमा तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।