१. शासकीय मामिला क्षेत्रबाट सम्पादन हुने कार्यहरू
- मन्त्रीपरिषद्सम्बन्धी;
- नेपाल सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली तर्जुमा र कार्यान्वयन;
- नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन;
- नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन;
- नेपाल सरकारका शासकीय मामिला क्षेत्रका मन्त्रालयहरूको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय;
- प्रचलित कानुन बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखतसम्बन्धी कार्य गर्ने;
- मुलुकको राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ती, निर्देशन र समन्वय;
- शासकीय प्रबन्ध, सुशासन प्रबर्द्धन र शासकीय सुधार;
- सङ्घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य;
- प्रधानमन्त्रीको सम्पर्क र सञ्चार;
- प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन;
- भ्रष्ट्राचार विरूद्धको नीति, योजना र कार्यान्वयन;
- राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी;
- संवैधानिक परिषद्;
- सङ्घीय संसदको अधिवेशन आह्वान र अन्त्य;
- प्रदेश प्रमुखसम्बन्धी;
- परराष्ट्र तथा सुरक्षा मामिला;
- अख्तियार दुरूपयोग अनुसन्धान आयोग;
- लोक सेवा आयोग;
- राष्ट्रिय सतर्कता केन्द्र;
- सार्वजनिक खरिद अनुगमन कार्यालय;
- राष्ट्रिय अनुसन्धान विभाग;
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग;
- राजस्व अनुसन्धान विभाग;
- विषय विज्ञ समूह;
- प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड;
- भ्रष्ट्राचार निगरानी, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद सम्बन्धी नीति, कानून र मापदण्ड;
- विपद् व्यवस्थापनसम्बन्धी कोष परिचालनको कार्य;
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्था, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन;
- नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन;
- प्रचलित कानुनले तोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू;
- अवशिष्ट अधिकारको प्रयोग ।
१.१. मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखा
- मन्त्रिपरिषद्मा पेस हुने प्रस्ताव तथा बैठकको कार्यसूची तयारी, बैठकको निर्णय लेखन, सोको अभिलेखन तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद् समितिमा पेस हुन आउने प्रस्ताव, बैठकको कार्यसूची र निर्णय तयारीसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद्बाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको अनुगमन र प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- संवैधानिक परिषद्को बैठक व्यवस्थापन, बैठकको निर्णय अभिलेख व्यवस्थापन, सञ्चार, संसदीय सुनुवाइ, नियुक्ति तथा अवकाशसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायहरूसँग सम्बन्धित कार्यहरूमा समन्वय एवं सहजीकरण गर्ने।
- संवैधानिक निकायहरूले पेस गर्ने प्रतिवेदन सङ्कलन, अभिलेख व्यवस्थापन तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायमा नियुक्ति हुने सम्भाव्य उम्मेदवारको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- राजदूत र गैरआवासीय राजदूत नियुक्ति, सिफारिस र सहमतिसम्बन्धी कार्यमा सहयोग गर्ने।
- मन्त्रिपरिषद्बाट हुने राजनैतिक नियुक्तिसम्बन्धी कार्यमा सहयोग गर्ने।
- राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायसँग सम्बद्ध कार्य गर्ने।
- मन्त्रीको शपथग्रहण, राजीनामा, पदमुक्ति र कार्यभारसम्बन्धी कार्य गर्ने।
- मन्त्रालयहरूको गठन, विघटन तथा सङ्गठन संरचना हेरफेरसम्बन्धी कार्य गर्ने।
- सङ्घीय संसदको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्ने।
- प्रमाणीकरण गरिएका सरकारी कागजात र अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद् र यसका समितिहरूको बैठक व्यवस्थापनसम्बन्धी आवश्यक कार्यहरू गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
१.१.१ मन्त्रिपरिषद् बैठक शाखा
- मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको दर्ता, बैठकको कार्यसूची तयारी, बैठकको निर्णय लेखन, सोको अभिलेखसम्बन्धी कार्य गर्ने।
- नेपाल सरकार (कार्यसम्पादन) नियमावली बमोजिम प्रस्ताव तयार गर्न मन्त्रालयहरूलाई सहजीकरण गर्ने।
- मन्त्रिपरिषद् बैठकको एजेण्डा लगायतका कागजातको अभिलेख राख्ने र धुल्याउनेसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति र मन्त्रिपरिषद्का सदस्यहरूलाई जानकारी गराउने कार्यमा सहजीकरण गर्ने।
- मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयका सचिवलाई पठाउने।
- मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा अद्यावधिक गर्ने।
- मन्त्रिपरिषद्को तर्फबाट जारी गर्नुपर्ने प्रेस विज्ञप्ति, सूचना, समाचार आदि तयारीसम्बन्धी कार्य गर्ने।
- राजदूत र गैरआवासीय राजदूत नियुक्ति, सिफारिस र सहमति तथा संसदीय सुनुवाइसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- मन्त्रीको शपथग्रहण, राजीनामा, पदमुक्ति र विभागीय मन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीलाई कार्यभार तोक्नेसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- सङ्घीय संसदको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्ने।
- प्रमाणीकरण गरिएका सरकारी कागजात र अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।
१.१.२ मन्त्रिपरिषद् समिति, संवैधानिक निकाय तथा निर्णय कार्यान्वयन शाखा
- मन्त्रिपरिषद् समितिमा पेस हुने प्रस्ताव तथा कार्यसूचीको तयारी, बैठकको निर्णय लेखन, निकासा र सोको अभिलेखसम्बन्धी कार्य गर्ने।
- संवैधानिक परिषद्को बैठक व्यवस्थापन, बैठकको निर्णय अभिलेखन तथा सञ्चार, संसदीय सुनुवाइ तथा नियुक्ति र अवकाशसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायमा नियुक्ति हुने सम्भाव्य उम्मेदवारको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- संवैधानिक निकायका पदाधिकारीहरूबाट प्राप्त सम्पत्ति विवरण अभिलेख व्यवस्थापनका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखामा पठाउने।
- संवैधानिक निकायका पदाधिकारीहरूको राजीनामा र अवकाशसम्बन्धी कार्यमा समन्वय गर्ने।
- संवैधानिक निकायहरूको प्रतिवेदन सङ्घीय संसद्मा पठाउनेसम्बन्धी कार्य गर्ने।
- मन्त्रिपरिषद् समिति र संवैधानिक परिषद्को बैठक व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने।
- मन्त्रिपरिषद्बाट भएको निर्णय कार्यान्वयनसम्बन्धी कार्ययोजना तयार गर्ने।
- मन्त्रिपरिषद्बाट भएका निर्णयको कार्यान्वयन अवस्था र प्रगतिको अनुगमन गरी प्रतिवेदन तयार गर्ने।
- निर्णय कार्यान्वयनको क्रममा आइपरेका समस्याहरूको पहिचान, समाधानका उपायहरूको खोजी र सहजीकरण गर्ने।
- मन्त्रिपरिषद्ले गरेका राजनैतिक नियुक्तिको अभिलेख तथा विवरण अद्यावधिक गर्ने।
- मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।
१.२ सूचना प्रविधि महाशाखा
- विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान तथा नीति, कानुन र मापदण्ड निर्माण, कार्यान्वयन, सहजीकरण, नियमन एवं अनुगमन सम्बन्धी कार्य गर्ने।
- विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, र विद्युतीय सुशासन सम्बन्धी कार्य गर्ने निकायको सम्पर्क महाशाखाको रुपमा काम गर्ने।
- विद्युतीय सुशासन, स्वचालित कार्यालय प्रणाली र केन्द्रीय ईमेल प्रणाली सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण, कार्यान्वयन, सहजीकरण, नियमन एवं अनुगमन गर्ने।
- विद्युतीय सुशासन प्रणालीको प्रवर्द्धन र प्रयोगका लागि आवश्यक सफ्टवेयरको विकास, उपयोग, रेखदेख, मर्मतसम्भार तथा यससम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने।
- सबै मन्त्रालय र केन्द्रीय निकाय समेटिने गरी कम्प्युटराइज्ड सूचना प्रणाली स्थापना गरी सूचना सञ्जालमा आवद्ध गर्न समन्वय र सहजीकरण गर्ने।
- कार्यालयको वेबसाइट व्यवस्थापन गर्ने र महत्वपूर्ण गतिविधि तथा सूचनाहरू वेबसाइटमा अद्यावधिक गर्ने।
- कार्यालयको विभिन्न महाशाखा र शाखाहरूलाई आवश्यक पर्ने कम्प्युटर सफ्टवेयरको व्यवस्थापन गर्ने।
- कार्यालयका सूचना प्रविधिसम्बन्धी उपकरणहरूको सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने।
- कार्यालयमा प्रयोग भएका हार्डवेयर तथा सफ्टवेयरको सुरक्षा, गुणस्तर व्यवस्थापन एवं नियमनसम्बन्धी कार्य गर्ने।
- कार्यालयमा व्यवस्थापन सूचना प्रणालीको विकाससम्बन्धी कार्य गर्ने।
- हेलो सरकारको संयन्त्र व्यवस्थापन, सञ्चालन र विभिन्न माध्यमबाट प्राप्त गुनासो, सुझाव एवं उजुरीहरूको व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएका गुनासा एवं उजुरीउपर भएको कारबाहीको प्रगतिको अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने।
- हेलो सरकार कार्यक्रमका कार्यहरूको व्यवस्थापन गर्ने र हेलो सरकारमा आएका सम्पूर्ण गुनासा तथा सुझावहरूको तथ्याङ्क भण्डार सुरक्षित राख्ने।
- हेलो सरकार कार्यक्रमको कुशल विद्युतीय सञ्जाल स्थापना गर्ने।
- सङ्घीय संरचना अनुरुप हेलो सरकारका कार्यक्रमलार्इ प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्न समन्वय र सहजीकरण गर्ने।
- प्रत्यक्ष संवाद कक्ष (Action Room), स्टुडियो र मिडिया हल चालु हालतमा राखी सञ्चालन गर्ने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- सङ्घीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
- सूचना प्रविधि र हेलो सरकारसम्बन्धी तोकिएबमोजिमका अन्य आवश्यक कार्य गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
१.२.१. सूचना प्रविधि शाखा
- विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचना प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान, नीति, कानुन, मापदण्डसम्बन्धी कार्यको व्यवस्थापन, सहजीकरण र नियमनसम्बन्धी कार्य गर्ने।
- विद्युतीय सुशासन, स्वचालित कार्यालय प्रणाली र केन्द्रीय ईमेल प्रणाली सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण, कार्यान्वयन, सहजीकरण र नियमन गर्ने।
- सबै मन्त्रालय र केन्द्रीय निकाय समेटिने गरी कम्प्युटराइज्ड सूचना प्रणाली स्थापना गरी सबै निकायहरूलार्इ सूचना सञ्जालमा आवद्ध गर्ने।
- सम्बन्धित शाखासँगको समन्वयमा तथ्याङ्क बैंक सूचना प्रणाली निर्माण र सञ्चालनसम्बन्धी कार्य गर्ने ।
- कार्यालयको वेबसाइट व्यवस्थापन गर्ने एवं महत्त्वपूर्ण गतिविधि तथा सूचनाहरू वेबसाइटमा अद्यावधिक गर्ने।
- कार्यालयको विभिन्न महाशाखा र शाखाहरूलाई आवश्यक पर्ने कम्प्युटर सफ्टवेयरको व्यवस्थापन गर्ने।
- विद्युतीय सुशासन प्रणालीको प्रवर्द्धन र प्रयोगका लागि आवश्यक सफ्टवेयरको विकास, प्रयोग मर्मत सम्भार तथा यससम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने।
- कार्यालयमा रहेका सूचना प्रविधिसम्बन्धी उपकरणहरूको सञ्चालन तथा मर्मत सम्भार गर्ने।
- कार्यालयमा प्रयोग भएका हार्डवेयर र सफ्टवेयरको सुरक्षा, गुणस्तर व्यवस्थापन र नियमनसम्बन्धी कार्य गर्ने।
- व्यवस्थापन सूचना प्रणाली (MIS) को विकाससम्बन्धी कार्य गर्ने।
- मिडिया सेन्टर, एक्सन रुम र स्टुडियो कक्षको सञ्चालन गर्ने ।
- सूचना प्रविधि सम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।
१.२.२ हेलो सरकार शाखा
- हेलो सरकार कक्षमा सञ्चार प्रणाली र उपकरण एवं जनशक्तिको समुचित परिचालन गरी कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- टेलिफोन, सामाजिक सञ्जाल, पत्र, फ्याक्स र ईमेललगायत माध्यमहरूबाट प्राप्त व्यक्ति तथा संस्थाका गुनासा, सुझाव एवं उजुरीहरू सङ्कलन गर्ने र अभिलेख राख्ने।
- सङ्कलित गुनासा र सुझावहरू अध्ययन गरी प्राथमिकता निर्धारण गरी निर्देशनसहित कार्यार्थ सम्बन्धित निकायमा पठाउने।
- प्रधानमन्त्री एवं मुख्यसचिवलाई सम्बोधन गरी प्राप्त भएका गुनासा, सुझाव एवं उजुरीहरू सम्बन्धित तहमा पेस गरी निर्देशन बमोजिम कार्यार्थ सम्बन्धित निकायमा पठाउने।
- सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएका गुनासा एवं उजुरीउपर भएको कारवाहीको प्रगतिको अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने।
- हेलो सरकार कार्यक्रमका कार्यहरूको व्यवस्थापन गर्ने र हेलो सरकारमा आएका सम्पूर्ण गुनासा तथा सुझावहरूको तथ्याङ्क भण्डार सुरक्षित राख्ने।
- गुनासो समाधानको लागि थप कार्य गर्नुपर्ने भएमा कार्ययोजना बनार्इ पेस गर्ने, स्वीकृत कार्ययोजनाको सम्पर्क विन्दु (Focal Point) को रूपमा काम गर्ने।
- हेलो सरकार कार्यक्रमको कुशल विद्युतीय सञ्जाल स्थापना गर्ने।
- सङ्घीय संरचना अनुरुप हेलो सरकारका कार्यक्रमलार्इ प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्न समन्वय र सहजीकरण गर्ने।
- प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र प्रेस सल्लाहकारसँगको समन्वयमा गुनासो व्यवस्थापन तथा जनसम्पर्कसम्बन्धी तोकिए बमोजिम अन्य आवश्यक कार्य गर्ने।
- हेलो सरकारसम्बन्धी अन्य आवश्यक कार्य गर्ने।
१.३ जनशक्ति व्यवस्थापन महाशाखा
- कार्यालय र मातहतका विभागको संगठन संरचना र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- कार्यालय अन्तर्गतका निकायहरूको संगठन संरचना र जनशक्ति व्यवस्थापन एवं आर्थिक तथा प्रशासनिक कार्यमा समन्वय र सहजीकरण गर्ने ।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय, निजी सचिवालय र प्रधानमन्त्री निवासमा रहेको सचिवालयको काममा सहजीकरण र समन्वय गर्ने।
- कार्यालयको वार्षिक बजेट तर्जुमा गर्ने, आम्दानी खर्च र धरौटीको हिसाब राख्ने, फाँटवारी तथा आर्थिक विवरण तयार गरी सम्बन्धित निकायमा पेश गर्ने, सोधभर्ना सम्बन्धी कार्य गर्ने, बेरूजुको लगत राख्ने, बेरूजु फर्छ्यौट गर्ने र केन्द्रीय लेखा तयार गर्ने ।
- कार्यालयमा वित्तीय अनुशासन कायम गर्ने, सार्वजनिक खरिद, दैनिक आर्थिक प्रशासन सञ्चालन र जिन्सी व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने।
- सिंहदरबारभित्रको सरसफार्इ व्यवस्थापनको अनुगमनसम्बन्धी कार्य गर्ने।
- कार्यालयको कार्यसञ्चालनको सिलसिलामा आवश्यक विभिन्न विज्ञ सेवाहरू आपूर्तिसम्बन्धी कार्य गर्ने।
- कार्यालय व्यवस्थापन र दैनिक सामान्य प्रशासन सञ्चालनसम्बन्धी आवश्यक कार्य गर्ने।
- कार्यालयको सूचना तथा सञ्चार सम्बन्धी कार्य गर्ने।
- कार्यालयको सूचना समयबद्ध प्रकाशन तथा प्रसारण गर्ने, गराउने।
- सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन नेपाल सरकारका अन्य निकायहरूसँग समेत समन्वय गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने।
- प्रधानमन्त्रीको मन्तव्य, शुभकामना लगायतका सामग्री तयारीमा संयोजन र समन्वय गर्ने एवं सङ्घीय संसदमा उठेका सरोकारहरूको जवाफ तयारीसम्बन्धी कार्य गर्ने।
- लोक सेवा आयोग, महालेखापरीक्षकको कार्यालय, राष्ट्रिय सूचना आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुमगन कार्यालय तथा सङ्घीय संसद सचिवालयसँगको सम्पर्क निकायको रुपमा कार्य गर्ने।
- नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन गर्ने।
- सरकारी कागजात धुल्याउनेसम्बन्धी कार्य गर्ने ।
- सङ्घीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- अन्य महाशाखाको कार्यविवरणमा नपरेका कार्यालयसम्बन्धी कार्यहरू गर्ने ।
१.३.१ प्रशासन शाखा
- कार्यालयको संगठन संरचना सम्बन्धी कार्य गर्ने।
- कार्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- कर्मचारीको नियुक्ति, सरुवा, काज, कार्यसम्पादन मूल्याङ्कन, हाजिरी, बिदा, बढुवा, पुरस्कार, विभागीय कारवाही, निवृत्तिभरण, अवकाश र उपदानलगायत जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने।
- कार्यालयका विभिन्न पदाधिकारी र कर्मचारीहरूको कार्यविवरण र जिम्मेवारी तोक्नेसम्बन्धी कार्य गर्ने।
- कर्मचारीहरूको हाजिरी तथा सोको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- कार्यालय अन्तर्गतका निकायहरूको जनशक्ति व्यवस्थापन एवं प्रशासनिक कार्यहरूमा समन्वय र सहजीकरण गर्ने ।
- कार्यालय र अन्तर्गतका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई स्वदेशी तथा वैदेशिक तालिम, छात्रवृति र भ्रमणमा मनोनयन एवं सोको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- निजामती सेवा पुरस्कार लगायत अन्य पुरस्कार र पदकको सिफारिससम्बन्धी कार्य गर्ने।
- कार्यालय र कार्यालय परिसर सरसफाइ तथा सुरक्षा सम्बन्धी कार्य गर्ने।
- कार्यालयको लागि आवश्यक पर्ने वस्तु तथा सेवाको खरिद योजनाको तयारी, सार्वजनिक खरिद, मौज्दातबाट खर्च गर्ने अनुमति, जिन्सी अभिलेख अद्यावधिक एवं निरीक्षण र सोको प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- सरकारी कागज धुल्याउनेसम्बन्धी कार्य गर्ने।
- विषयगत विज्ञहरूको व्यक्तिगत विवरण तयारी, माग र आवश्यकताका आधारमा विज्ञहरूको नियुक्ति तथा उनीहरूको पारिश्रमिक र सुविधाको मापदण्ड लगायत विज्ञ व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने।
- विषय विज्ञबाट प्राप्त अध्ययन, अनुसन्धानसम्बन्धी प्रतिवेदन तथा अन्य दस्तावेजको अभिलेख राख्ने।
- प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजना हुने विभिन्न समारोह तथा कार्यक्रमको व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्रीको सरकारी निवासको भौतिक व्यवस्थापनमा सहजीकरण गर्ने।
- कार्यालय तथा कार्यालय परिसरको मर्मत सम्भार, रङ्गरोगन, सरसफाइ, हरियाली प्रवर्द्धन, बगैंचा व्यवस्थापन तथा आन्तरिक सजावटसम्बन्धी कार्य गर्ने।
- सिंहदरबारभित्रको सरसफार्इ व्यवस्थापनको अनुगमनसम्बन्धी कार्य गर्ने।
- टेलिफोन, धारा, विद्युत आपूर्ति र खानेपानीसम्बन्धी कार्य र अन्य आवश्यक वस्तु तथा सेवा खरिद व्यवस्थापन र भण्डारणसम्बन्धी कार्य गर्ने।
- सवारी साधन व्यवस्थापन, मर्मत सम्भार एवं इन्धन व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने।
- कार्यालयको सम्पत्तिको संरक्षण र मर्मत सम्भारसम्बन्धी कार्यहरू गर्ने।
- कार्यालयका जिन्सी सामग्रीको अभिलेख, जिन्सी निरीक्षण, मर्मत संभार, लिलामी तथा मिन्हा सम्बन्धी कार्य गर्ने।
- कार्यालयको सवारी साधन पार्किङ्ग, कार्यालय लेआउट र चमेनागृह व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- कम्प्युटर, फोटोकपी मेसिन, फ्याक्सलगायतका मेसिनरी औजारको मर्मत सम्भारसम्बन्धी कार्य गर्ने।
- कार्यालयका चिठीपत्रहरूको दर्ता चलानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- लोक सेवा आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयको सम्पर्क शाखाको रुपमा कार्य गर्ने।
- नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन गर्ने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- अन्य शाखाको कार्य विवरणमा नपरेका कार्यालयसम्बद्ध अन्य कार्यहरू गर्ने।
१.३.२ सूचना, प्रेस तथा संसद समन्वय शाखा
- कार्यालयको सूचना तथा सञ्चारसम्बन्धी कार्य गर्ने।
- कार्यालयको सहायक प्रवक्ता एवं सूचना अधिकारीको रुपमा कार्य गर्ने।
- कार्यालयको तर्फबाट आयोजना हुने प्रेस मिटको संयोजन सम्बन्धी कार्य गर्ने।
- संसदमा सहभागी हुने, टिपोट गर्ने, संसदमा उठेका यस कार्यालयसँग सम्बन्धित विषयको जवाफ तयार गर्ने सम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्रीले संसदमा व्यक्त गर्ने मन्तव्य, शुभकामना प्रश्नोत्तर, लगायतका सामग्री तयारीसम्बन्धी कार्य गर्ने।
- सूचना वर्गीकरण समितिको कार्यमा समन्वय र सहजीकरण गर्ने एवम् कार्यालयको सूचना समयवद्ध प्रकाशन गर्ने।
- सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन नेपाल सरकारका अन्य निकायहरूसँग समेत समन्वय एवं सहजीकरण गर्ने।
- सूचनाको हकसँग सम्बन्धित कार्यालयबाट प्रकाशित हुने मासिक, आवधिक र वार्षिक प्रतिवेदन प्रकाशन र व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- कार्यालयबाट हुने पत्रकार भेटघाटसम्बन्धी कार्यको समन्वय र सहजीकरण गर्ने ।
- मिडिया सेन्टरको व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- राष्ट्रिय सूचना आयोग र सङ्घीय संसद सचिवालयको सम्पर्क शाखाको रुपमा काम गर्ने।
- प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा सूचना तथा सञ्चारसम्बन्धी विज्ञको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
१.३.३ आर्थिक प्रशासन शाखा
- कार्यालयका कर्मचारीहरूको तलवभत्ता, सञ्चयकोष, नागरिक लगानी कोष, बिमालगायत अन्य कोषसम्बन्धी कार्य गर्ने।
- प्रधानमन्त्री, सल्लाहकार, र निजी सचिवालयका कर्मचारीहरूको पारिश्रमिक र सेवा सुविधा भुक्तानीसम्बन्धी कार्य गर्ने।
- कार्यालय र अन्तर्गतका निकायहरूको वार्षिक बजेट तयारी गर्ने/गराउने एवम् बजेट कार्यान्वयनमा सम्बन्धित शाखासँग समन्वय र सहजीकरण गर्ने।
- कार्यालयको दैनिक आर्थिक प्रशासन सञ्चालनसम्बन्धी कार्य गर्ने।
- आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई वित्तीय अनुशासन कायम गर्ने ।
- आर्थिक विषयमा राय परामर्श उपलब्ध गराउने।
- प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष, प्रधानमन्त्री दैवी प्रकोप राहत कोष लगायतका कोषहरूको सञ्चालन तथा लेखा राख्ने।
- कार्यालयको आम्दानी, खर्च र धरौटीको हिसाब राख्ने, फाँटवारी तथा आर्थिक विवरण तयार गरी सम्बन्धित निकायमा पेश गर्ने, सोधभर्नासम्बन्धी कार्य गर्ने, बेरूजुको लगत राख्ने, बेरूजु फर्छ्यौट तथा सम्परीक्षण गर्ने, केन्द्रीय लेखा तयार गर्ने र आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउनेसम्बन्धी कार्य गर्ने।
- महालेखापरीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयको सम्पर्क शाखाको रूपमा कार्य गर्ने।
- आर्थिक कारोबारको मासिक, चौमासिक, आवधिक र वार्षिक प्रतिवेदन तयार गर्ने।
- आर्थिक प्रशासन र लेखा व्यवस्थापनसम्बन्धी आवश्यक अन्य कार्य गर्ने।
१.३.४ प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्रधानमन्त्री सरकारी निवास)
- प्रधानमन्त्रीको सरकारी निवासमा खटिएका जनशक्तिको व्यवस्थापन गर्ने।
- प्रधानमन्त्रीको सरकारी निवासमा हुने बैठक व्यवस्थापन गर्ने।
- प्रधानमन्त्रीको सरकारी निवासको आन्तरिक सजावट, पानी, विद्युत, टेलिफोनलगायतका भौतिक सुविधाहरू र सरसफाइसम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने।
- प्रधानमन्त्रीको सरकारी निवासको मर्मत सम्भार कार्यमा सम्बन्धित मन्त्रालयसँग समन्वय र सहजीकरण गर्ने।
- प्रधानमन्त्रीको सरकारी निवासमा आवश्यक सवारी साधन र इन्धनको व्यवस्थापनमा समन्वय गर्ने।
- प्रधानमन्त्रीको सरकारी निवासको सुरक्षासम्बन्धी कार्यमा समन्वय गर्ने।
- प्रधानमन्त्रीको सरकारी निवासको आन्तरिक व्यवस्थापनसम्बन्धी अन्य कार्य गर्ने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र प्रधानमन्त्रीको निजी सचिवालयसँगको समन्वयमा सचिवालय व्यवस्थापनसम्बन्धी अन्य आवश्यक कार्य गर्ने।
१.४ शासकीय सुधार महाशाखा
- शासकीय सुधारसम्बन्धी नीति, कानुन, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, सहजीकरण तथा नियमनसम्बन्धी कार्य गर्ने ।
- सार्वजनिक सेवालाई गुणस्तरीय, छिटो, छरितो र चुस्त बनाई सुशासनको प्रत्याभूति दिनेसम्बन्धी कार्यको समन्वय, सहजीकरण र अनुगमन गर्ने।
- मुलुकको सार्वजनिक व्यवस्थापनको सुदृढीकरणका लागि अध्ययन, अनुसन्धान र सुधारका क्षेत्रहरूको पहिचान एवम् सुधारसम्बन्धी कार्य गर्ने।
- सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी गर्न आवश्यक नीति तथा रणनीति तर्जुमा, परिमार्जन र विश्लेषण गरी कार्यान्वयन गर्ने, गराउने।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको कार्यमा समन्वय, सहजीकरण र अनुगमन गर्ने।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय र लोकसेवा आयोगका वार्षिक प्रतिवेदनमा औंल्याइएका सुझावहरू कार्यान्वयन गर्ने गराउने।
- शासकीय सुधारसँग सम्बद्ध मन्त्रालय/निकायहरूबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेस गरिने नीतिहरू अध्ययन, विश्लेषण गरी राय दिने।
- सम्पत्ति शुद्धीकरण निवारण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनसम्बन्धी कार्य गर्ने।
- वित्तीय कारबाही कार्यदल (Financial Action Taskforce) र एसिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ्ग (APG) सम्बन्धी कार्य गर्ने।
- कसूरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- राजस्व चुहावटको अनुसन्धान र नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड तर्जुमा तथा नियमनसम्बन्धी कार्य गर्ने।
- विदेशी विनिमयको अवैध ओसार पसार र अपचलन नियन्त्रणसम्बन्धी कार्यमा सहजीकरण र अनुगमन गर्ने।
- नेपालको संविधानको धारा ५३ बमोजिम सम्माननीय राष्ट्रपतिमार्फत सङ्घीय संसदमा प्रस्तुत हुने प्रतिवेदनको विवरण सङ्कलन तथा तयारीसम्बन्धी कार्य गर्ने।
- तहगत सरकारबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटसम्बन्धी कार्य गर्ने गराउने।
- संघ र प्रदेश तथा प्रदेश-प्रदेशबीच समन्वयका लागि आवश्यक आधार तथा मापदण्ड तयार गर्ने।
- अन्तरप्रदेश परिषद्को सचिवालय र बैठक व्यवस्थापन, निर्णय कार्यान्वयनमा सहयोग¸ समन्वय र सहजीकरण गर्ने।
- अन्तरप्रदेश समन्वयका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने निर्णयसम्बन्धी कार्य
गर्ने।
- प्रदेश प्रमुख तथा प्रदेश प्रमुखको कार्यालय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पर्क महाशाखाको रूपमा कार्य गर्ने एवं आवश्यक समन्वय र सहजीकरण गर्ने।
- प्रदेश तथा स्थानीय तह बीचका विवाद समाधानसम्बन्धी कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने।
- प्रदेशका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारणसम्बन्धी कार्य गर्ने।
- प्रदेश र स्थानीय तहमा सम्पत्ति, दायित्व तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने।
- संघ, प्रदेश र स्थानीय तह बीच बहुआयामिक अन्तरसम्बन्ध कायम गर्ने सम्बन्धमा आवश्यक कार्य एवं संघ र प्रदेशबीच अन्तरसरकारी सहयोग र समन्वयसम्बन्धी कार्य गर्ने।
- कार्यालयको तर्फबाट विदेशी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क तथा समन्वय गर्ने।
- नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकका राजदूतले पेस गर्ने ओहदाको प्रमाणपत्र प्राप्तिसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- प्रधानमन्त्री संलग्न रहने विभिन्न वैदेशिक भ्रमण कार्यक्रम र प्रधानमन्त्रीको निमन्त्रणामा हुने विदेशी मुलुकका सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमण कार्यक्रम व्यवस्थापनको समन्वय गर्ने।
- सार्वजनिक सेवामा रहेका बहालवाला र निवृत्त राष्ट्रसेवक कर्मचारीको गुनासो व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- राष्ट्रिय तथा आन्तरिक सुरक्षा र राष्ट्रिय हितसम्बन्धी नीति, मापदण्ड र योजना तथा नियमनसम्बन्धी कार्य एवं यससम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण, रेखदेख र नियन्त्रण मूल्याङ्कन तथा तहगत प्रतिवेदन सम्बन्धी कार्यको समन्वय र सहजीकरण गर्ने।
- शान्ति र द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यहरूको समन्वय र सहजीकरण गर्ने।
- शासकीय सुधारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय एवं नेपाल सरकारका सम्बद्ध मन्त्रालय, समिति, परिषद्, कार्यदलद्वारा तयार पारिएका प्रतिवेदनहरू अध्ययन गरी सुझाव पेस गर्ने।
- संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रपतिबाट मनोनित तथा नियुक्त पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरू र राष्ट्रिय योजना आयोगका सदस्यहरूको सम्पत्ति विवरण सङ्कलन तथा अभिलेख व्यवस्थापन गर्ने।
- सङ्घीय संसदको सम्बन्धित समितिहरूबाट प्राप्त निर्देशन एवं सुझाव कार्यान्वयन गर्ने, गराउने।
- प्रधानमन्त्रीको सल्लाहकार सचिवालय र निजी सचिवालयसँगको समन्वयमा यस क्षेत्रसम्बन्धी अन्य कार्य गर्ने।
- महाशाखासँग सम्बन्धित वार्षिक कार्यक्रमको प्रस्ताव, कार्यान्वयन तथा प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
१.४.१ सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखा
- सार्वजनिक प्रशासन सुधारसम्बन्धी नीति, कानून, मापदण्ड तथा कार्यक्रमको विश्लेषण एवं समीक्षा गरी परिमार्जन तथा सुधारको लागि सुझाव पेस गर्ने।
- सार्वजनिक सेवालाई गुणस्तरीय, छिटो, छरितो र चुस्त बनाई सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा सम्बन्धित निकायहरूसँग समन्वय गर्ने।
- सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी गर्न आवश्यक नीति तथा रणनीति तर्जुमा, परिमार्जन र विश्लेषण गरी कार्यान्वयन गर्ने।
- सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र राष्ट्रिय सतर्कता केन्द्रको सम्पर्क शाखाको रूपमा आवश्यक कार्यहरू गर्ने।
- नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुशासन प्रतिवेदन तयारी गर्ने।
- कर्मचारीको नेतृत्व मूल्याङ्कन समितिको सचिवालय शाखाको रूपमा आवश्यक कार्य गर्ने।
- सङ्घीय संसदको सुशासन र राज्य व्यवस्था समितिबाट भएका निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने।
- भ्रष्टाचारजन्य तथा अनियमिततासम्बन्धी प्राप्त उजुरी व्यवस्थापन गर्ने।
- सदाचार प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी नेपाल सरकारको वार्षिक, मध्यकालीन र दीर्घकालीन नीति तथा रणनीति तर्जुमा, परिमार्जन र विश्लेषण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
- भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको प्रावधान अनुरूप सिर्जित दायित्व पूरा गर्न तथा महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय सहजीकरण गर्ने।
- सार्वजनिक क्षेत्रमा कार्यान्वयनमा रहेका मौजुदा आचारसंहिता र आचरणसम्बन्धी मापदण्डहरूलाई सङ्घीय ढाँचा अनुरूप परिमार्जन गरी कार्यान्वयनमा ल्याउने।
- संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रपतिबाट मनोनित तथा नियुक्त पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट नियुक्त पदाधिकारीहरू र राष्ट्रिय योजना आयोगका सदस्यहरूको सम्पत्ति विवरण सङ्कलन तथा अभिलेख व्यवस्थापन गर्ने।
- सार्वजनिक सेवामा रहेका बहालवाला र निवृत्त राष्ट्रसेवक कर्मचारीको गुनासो व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानीसम्बन्धी तोकिएबमोजिम अन्य आवश्यक कार्य गर्ने।
१.४.२ प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मामिला शाखा
- संघ र प्रदेश तथा प्रदेश-प्रदेशबीच समन्वयका लागि आवश्यक आधार तथा मापदण्ड तयार तथा परिमार्जनसम्बन्धी कार्य गर्ने।
- तहगत सरकारबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटसम्बन्धी कार्य गर्ने।
- अन्तरप्रदेश परिषद्को सचिवालय तथा राष्ट्रिय समन्वय परिषद्को सचिवालयको बैठक व्यवस्थापन, निर्णय कार्यान्वयनमा सहयोग¸ समन्वय र सहजीकरण गर्ने।
- अन्तरप्रदेश समन्वयका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने निर्णयसम्बन्धी कार्य
गर्ने।
- प्रदेश प्रमुख तथा प्रदेश प्रमुखको कार्यालय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क, समन्वय एवं सहजीकरण गर्ने।
- प्रदेश तथा स्थानीय तह बीचका विवाद समाधानसम्बन्धी कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने।
- प्रदेशका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारणसम्बन्धी कार्य गर्ने।
- प्रदेश र स्थानीय तहमा सम्पत्ति, दायित्व तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने।
- संघ, प्रदेश र स्थानीय तह बीच बहुआयामिक अन्तरसम्बन्ध कायम गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने।
- संघ र प्रदेशबीच अन्तरसरकारी सहयोग र समन्वयसम्बन्धी कार्य गर्ने।
- कार्यालयको तर्फबाट विदेशी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क तथा समन्वय गर्ने।
- नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकका राजदूतले पेस गर्ने ओहदाको प्रमाणपत्र प्राप्तिसम्बन्धी कार्यमा सहजीकरण गर्ने।
- प्रधानमन्त्री संलग्न रहने विभिन्न वैदेशिक भ्रमण कार्यक्रम व्यवस्थापनको समन्वय गर्ने।
- प्रधानमन्त्रीको निमन्त्रणामा हुने सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूको नेपाल भ्रमणको समन्वय गर्ने।
- कार्यालयको तर्फबाट विदेशी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क तथा समन्वय गर्ने।
- राष्ट्रिय तथा आन्तरिक सुरक्षा र राष्ट्रिय हितसम्बन्धी नीति, मापदण्ड र योजना तथा नियमनसम्बन्धी कार्य एवं यससम्बन्धी सूचना सङ्कलन तथा विश्लेषण, रेखदेख र नियन्त्रण, मूल्याङ्कन तथा तहगत प्रतिवेदन सम्बन्धी कार्यको समन्वय र सहजीकरण गर्ने।
- शान्ति र द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यहरूको समन्वय गर्ने।
- रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी कार्य गर्ने।
- राष्ट्रिय तथा आन्तरिक सुरक्षासम्बन्धी कार्यको समन्वय, सहजीकरण र अनुगमन गर्ने।
- राष्ट्रिय सुरक्षासम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।
१.४.३ सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान शाखा
- सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी नीति, कानुन, योजना, रणनीति, मापदण्ड र नियमनसम्बन्धी कार्य एवं सोको सहजीकरण र अनुगमन गर्ने।
- राजस्व चुहावटको अनुसन्धान र नियन्त्रणसम्बन्धी नीति, कानुन, योजना, रणनीति, मापदण्ड र नियमनसम्बन्धी कार्य एवं सोको सहजीकरण र अनुगमन गर्ने।
- विदेशी विनिमयको अवैध ओसार पसार र अपचलन नियन्त्रणसम्बन्धी कार्यमा सहजीकरण र अनुगमन गर्ने।
- वित्तीय कारबाही कार्यदलसम्बन्धी कार्य र राष्ट्रिय समन्वय समितिसम्बन्धी कार्य गर्ने।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागसम्बन्धी कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वयसम्बन्धी कार्य गर्ने।
- कसूरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी सहजीकरणको कार्य गर्ने।
- APG (Asia Pacific Group on Money Laundering) लगायत सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायसँग सम्पर्क, समन्वय एवं प्रतिवेदनसम्बन्धी कार्य गर्ने।
- सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धानसम्बन्धी तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने।